Advertisement
SKIP THIS

आफ्नो जिल्लाको कोरोना आहतमा राहत बन्दै स्याङ्जा परिवार


बोम्जन गुरुङ, सउल कोरिया
१९ जून २०२१

कोरियामा अति क्रियाशिल संस्था स्याङ्जा परिवारले कोभिड-१९ यो विषम परिस्थितिमा आफ्नो गृह जिल्लाका एघार वटै पालिकाहरुलाई कोरोना रोकथाम र न्यूनीकरणका लागि आवश्यक स्वास्थ्य सामाग्री प्रदान गरेको छ । स्याङ्जा परिवार दक्षिण कोरियाको पहलमा संकलित रकम करिब पौने पाँच लाख रुपैंया बराबरको स्वास्थ्य सामाग्री सबै स्थानीय तहका प्रमुख र प्रतिनिधिहरु समक्ष यहि जून १९ तारिक जिल्लाका विभिन्न ठाउँमा हस्तान्तरण गरिएको हो ।

स्याङ्जा जिल्ला भित्रको कोरोनाको रोकथाम र विपत व्यवस्थापनमा सघाउ पुर्याउने उद्धेश्यले सञ्चालित आर्थिक संकलन अभियान सम्पन्न पछि जिल्लाका ५ नगरपालिका र ६ गाउँपालिकाहरुको प्रमुखहरु र स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष जीवन न्यौपानेलाई गत ०६ जूनमा जूम भर्चुअल मार्फत विशेष अतिथि र वक्ताको रुपमा आमन्त्रण गर्दै स्याङ्जा परिवारको आयोजनामा वर्तमान कोभिड-१९ को प्रभाव र यसको न्यूनीकरण विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा पालिका प्रमुख/वक्ताहरुले जनजीवनमा पारेको प्रभावबारे बोल्दै कोभिड १९ को वर्तमान अवस्था, रोकथामका उपाय, उपलब्ध श्रोत साधन र प्रयासहरु, सम्भावित समस्या र चुनौतीहरुबारे स्पष्ट रुपमा आ-आफ्नो धारणा राखेका थिए ।

संस्थासँग समन्वय गर्दै सामान खरीद सम्बन्धी सम्पूर्ण तारताम्य डिल्लु बिरकट्टा मगरले मिलाएका थिए भने संस्थाको प्रतिनिधित्व गर्दै भूपू अध्यक्ष तथा निवर्तमान वरिष्ठ सल्लाहकार धर्म गुरुङ, भूपू सहकोषाध्यक्ष प्रकाश भट्टराई, भूपू सदस्यहरु डिल्लु बिरकट्टा मगर, सितल राना, बिष्णु प्रसाद न्यौपाने, युगचन्द्र भट्टराई, स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका प्रतिनिधिको उपस्थितिमा स्वास्थ्य सामाग्री वितरण गरिएको थियो ।

सहयोग गरिएका सामाग्रीहरुको विवरण यसप्रकार छन् ।

* पुतलीबजार नगरपालिका – अक्सिजन सिलिण्डर २ थान
* भीरकोट नगरपालिका – अक्सिजन सिलिण्डर २ थान
* वालिङ नगरपालिका – अक्सिजन सिलिण्डर २ थान
* गल्याङ नगरपालिका – वेड २ थान
* चापाकोट नगरपालिका – अक्सिजन सिलिण्डर- १ Nथान, पल्स अक्समिटर, माक्स र सेनिटाईजर
* बिरुवा गाउँपालिका -वेड २ थान
* फेदीखोला गाउँपालिका – अक्सिजन सिलिण्डर २ थान
* आँधीखोला गाउँपालिका – अक्सिजन सिलिण्डर २ थान
* हरिनाश गाउँपालिका – अक्सिजन सिलिण्डर २ थान
* अर्जुनचौपारी गाउँपालिका – अक्सिजन सिलिण्डर २ थान
* कालिगण्डकी गाउँपालिका – वेड २ थान

यस अघि स्याङ्जा जिल्लाभित्र दुईवटा एम्बुलेन्स भ्यानसहित एक्स-रे मेसिन, विभिन्न अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान गरेर संस्थाले सूवर्ण इतिहास रचेको केन्द्रीय सचिव माधव अर्यालले बताए । हरेक दुःखद घटना र सबै खाले प्राकृतिक विपत्तिहरुमा समेत राहत वितरण गर्दै आइरहेको सन्दर्भ संस्थाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष बिपना गुरुङले थपे । कोरियामा मात्र नभएर विशेषत: कोरियामा रहेका स्याङ्जाली र आफ्नो गृह जिल्लाको हरेक दुःख सुखमा संस्था सदैव कटिबद्ध रहेको स्याङ्जा परिवार दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष श्री विजय थापाले बताए । कोरोनाको यो विषम कहर र मानवीय संकटमा मातृभूमिप्रतिको माया दर्शाउँदै आर्थिक संकलन देखि वितरण अभियानमा जुट्नुहुने तमाम मनकारी व्यक्तित्वहरुलाई स्याङ्जा परिवार दक्षिण कोरियाले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ती विशेष भेटघाट एवम वनभोज कार्यक्रम’ अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...