Advertisement
SKIP THIS

असंवैधानिक,अलोकतान्त्रिक एवं प्रतिगामी कदम प्रतिनिधिसभा विघटनको विरुद्ध एकजुट हौं। अाे एन यू एफ काेरियाकाे अपिल र बिज्ञप्ति।


असंवैधानिक,अलोकतान्त्रिक एवं प्रतिगामी कदम प्रतिनिधिसभा विघटनको विरुद्ध एकजुट हौं भन्दै प्रवासि नेपाली एकता मञ्च काेरियाले एक अपिल र बिज्ञप्ति निकालेकाेछ।प्रवासि नेपाली एकता मञ्च काेरियाकाे समानान्तर समिति गठन गर्ने प्रतिगामि तत्वका मतियारहरूलाई संगठनकाे साधारण सदस्य समेत नरहने गरि साथिहरूलाई कारवाहि गरिएकाेछ। बिज्ञप्तिमा भनिएकाेछ। कार्बाहि हुनेमा सृजना नेपालि,अञ्जन राई,बिनाेद खनाल,माधव अर्याल,दिलिप दाहाल,बिष्णुमणि अधिकारि र सुजन पण्डित रहेकाे जनाईएकाे छ।
अपिल
आदरणिय कोरियावासि नेपाली दाजुभाइ एवं दिदिबहिनीहरु,विगत केही समयदेखि देशको राजनैतिक वृत्तमा देखिएको अस्वस्थ गतिविधिप्रति तपाईहामि केही जानकार नै छौं।दशवर्षे जनयुद्ध ,विभिन्न जनआन्दोलन र संघर्षहरु मार्फत प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्र र त्यसैको जगमा वनेको नेपालको संविधानलाई लत्याउदै देशलाई पुन अस्थिरतातर्फ धकेल्ने प्रयासप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएकोछ।
कम्युनिस्ट विग्रहको तितो यथार्थलाई वुझेर राजनैतिक स्थायित्व र समृद्धिको लागि जनतासंग प्रतिवद्दता गरेर मागिएको जनमतलाई आफ्नै पार्टिभित्रको विवादका कारण ध्वस्त वनाउनु अत्यन्तै गैरराजनैतिक एवं निकृष्ठ कदम हो भन्ने हाम्रो ठम्याइ छ।जिवन्त पार्टिमा वहस,छलफल एवं उतारचढाव आउनु स्वभाविक हो त्यसलाई हल गर्ने पार्टीको आन्तरिक विधि एवं प्रक्रियाहरु प्रशस्तै हुदाहुदै प्रधानमन्त्रीको सनक अहंकारपुर्ण दम्भ र पार्टी भित्रको अधिनायकवादी एवं व्यक्तिवादी चरित्रको कारण सिंगो देश,जनता र अर्थतन्त्रमाथि नै वोझ थपिदिनु अत्यन्तै खेदजनक छ।
हामी सवैलाई थाहा छ संविधान देशको सर्वोच्च लिखित दस्तावेज हो,देश र जनतालाई सुसूचित गराउदै सुशासनको दिशामा निर्देशित गर्ने लिखित दस्तावेज नै च्यात्तिएको छ।संविधानको पालक प्रधानमन्त्री र रक्षक राष्टपतिको असंवैधानिक कदमको कारण देशमा संवैधानिक संकट उत्पन्नभई ,हालसम्म प्राप्त उपलब्धिसमेत गुम्ने र देशले अर्को ठुलो क्षति वेहोर्नुपर्ने अवस्था देखिनु चिन्ताको विषय हो। तसर्थ अब यो विषय सर्वोच्च अदालतसम्म पुगिसकेको अवस्थामा सम्मानित अदालतलाई न्यायसंगत रूपमा जनभावनाको कदर गर्दै कसैको प्रभावमा नपरि अविलम्ब प्रतिनिधिसभा पुनर्स्थापना गराउन जोडदार माग गर्दछौं।
साथै कोरियामा रहनुहुने विभिन्न राजनैतिक संगठन तथा संघसंस्थाहरुलाई संविधानको रक्षार्थ एक भएर प्रतिगामी कदमको विरुद्धमा आवाज वुलंद गर्दै प्राप्त उपलब्धिको रक्षाको लागि सशक्त भएर लाग्नुहुन हार्दिक अपिल गर्दछौं। अभिवादन
प्रवासी नेपाली एकता (ONUF)मञ्च दक्षिण कोरिया ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...