Advertisement
SKIP THIS

कोरियास्थित मुस्ताङ परिवारद्वारा १२० थान न्यानो कपडा सहित दुई लाख त्रिचालिस हजार रुपैंया सहयोग


बोम्जन गुरुङ, दक्षिण कोरिया ।

२८ नोभेम्बर २०२०

मुस्ताङ परिवार दक्षिण कोरियाले गत २४ जनवरी २०२० मा कोरियाको राजधानी सउलस्थित छियोङ्न्याङी सिदेकोरियामा आयोजना गरेको “लोसार डान्स पार्टी” बाट बचत भएको रकमले आफ्नो गृह जिल्ला मुस्ताङ जिल्लाको छुसाङ गाउँ स्थितको श्री जननर्मल आधारभूत विद्यालयमा अध्ययनरत १२० जना विद्यार्थीलाई मुस्ताङ ब्राण्ड हुड (न्यानोकपडा) र लो-छोदुन समाज पोखरा भवनलाई दुई लाख त्रिचालिस हजार रुपैंया आर्थिक सहयोग गरेको छ । मुस्ताङ जिल्लाको दुर्गम भेगमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगार्थ “लोसार डान्स पार्टी”को उद्धेश्य अनुरुप सो सहयोग हस्तान्तरण गरिएको हो ।

मुस्ताङको विकट गाउँमा आधारभूत आवश्यकता र सुविधाबाट बञ्चित ती बालबालिकाहरुका लागि सानो सहयोग जुटाउन पाउँदा मुस्ताङ परिवारका अध्यक्ष छिरिङ गुरुङले खुशी व्यक्त गर्दै उक्त उपलब्ध गराइएको रकम मध्ये एक लाख रुपैंया कार्यक्रम मुनाफाबाट र एक लाख त्रिचालिस हजार रुपैंया कोरियामा भवनको लागी कोरियामा सहयोग जुटाइएको धारणा अध्यक्ष गुरुङले स्पष्ट पारे । संस्थाका उपाध्यक्ष पेमा गुरुङ भन्छन्- “महामारी कोरोनाको कारण सहयोग वितरणमा केही ढिलाई भएपनि अन्ततः हाम्रो उद्धेश्य पूरा भएको छ ।” मुस्ताङ परिवारको प्रतिनिधित्व गर्दै सो विद्यालय र समाज भवनका लागि पासाङ गुरुङ र श्याम गुरुङ स्वयं उपस्थित भएर सम्बन्धित व्यक्ति समक्ष उक्त सहयोग उपलब्ध गराएका थिए ।

उक्त “लोसार डान्स पार्टी” को लागी नेपालबाट चर्चित डिजे सुस्मिता महर्जन (DJ NANI) र भर्सटायल गायक विनोद बानियाँ आएका थिए भने कोरियाभरि नै एकछत्र लोकप्रियता कमाईरहेका पुरानो डिजे DJ C Man सहितको प्रस्तुति रहेको थियो । कोरिया स्थित विभिन्न संस्थाहरुसँग समन्वय र सहकार्य गर्दै आइरहेको मुस्ताङ परिवारले यस भन्दा अघि राजु लामाको “मंगोलियन हार्ट” कन्सर्ट आयोजना गरेको थियो । “लोसार डान्स पार्टी” कार्यक्रमलाई सफल बनाउन दक्षिण कोरियास्थित विभिन्न संघ-संस्थाहरु, नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लगायत आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग सम्पूर्ण महानुभावहरुलाई मुस्ताङ परिवार दक्षिण कोरियाले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...