Advertisement
SKIP THIS

कुलमान घिसिङकालाई पुनःनियुक्ति गर्न आदिवासी जनजातिको माग


गत हप्ता नेपाल विद्युत प्राधिकरणको प्रमुख बाट आफ्नो कार्यकाल पूरा गर्दै कुलमान घिसिङ बिदा भए । सबैको अनुमान थियो उज्यालो नेपालको महानायकको रुपमा स्थापित भैसकेको कुलमानलाई वर्तमान सरकारले निरन्तरता दिनेछ । तर सबैको अनुमान बिपरित सरकारले कुलमानको कार्यकाल थपिएन । त्यस पश्चात् चौतर्फी रुपमा सरकारको आलोचना मात्रै हैन स्वस्फूर्त सडकमा समेत आउन थालेको छ । यसै क्रममा आदिवासी जनजातिहरुको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघ(नेफिन)ले पनि एक प्रेस विज्ञप्ति जारी गर्दै कुलमान घिसिङलाई पुनःनियुक्ति गर्न माग गरेको छ ।

शनिबार (असोज ३ गते) जारी प्रेस विज्ञप्तिमा १८ घण्टासम्म लोडसेडिङका कारण अन्धकारमा बस्नु परिरहेको अवस्थामा कुलमानको नियुक्ति लगत्तै देशलाई अन्धकारबाट मुक्त गराउनुका साथै घाटामा गएको प्राधिकरणलाई नाफामा समेत लान सकेकोले फेरि नियुक्ति गर्नुपर्ने माग गरेको छ । साथै यो कुनै राजनीतिक चमत्कारले सम्भव भएको नभै कुलमानको कुशल व्यवस्थापनकै कारण सम्भव भएको बताएको छ ।

“घिसिङजस्तो कुशल नेतृत्वलाई कामका लागि पुनःअवसर दिनु नागरिकको आवाज मात्र नभई मुलुकको सुखी नेपाली र समृद्ध नेपालको सपनालाई साकार पार्न तथा विकास र समृद्धिका लागि कोसेढुङ्गा सावित हुने प्रष्ट पार्दछौं ।” प्रेस विज्ञप्तिमा लेखिएको छ ।

प्रेस विज्ञप्तिको पुर्ण पाठ
नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पुनःनियुक्तिको सम्बन्धमा राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमा आवाज उठिरहेको सन्दर्भमा उहाँको कार्यकाल पुरा भएको यतिका दिन बितिसक्दा समेत नेपाल सरकारले आजसम्म कुनै निर्णय नलिएकोप्रति नेपाल आदिवासी जनजाति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
कुनैबेला नेपाली जनताले १८ घण्टासम्म लोडसेडिङका कारण अन्धकारमा बस्नु परिरहेको अवस्थामा उहाँको नियुक्ति लगत्तै देशलाई अन्धकारबाट मुक्त गराउनुका साथै घाटामा गएको प्राधिकरणलाई नाफामा लान सक्नु कुनै राजनीतिक चमत्कार नभई घिसिङको नेतृत्वमा कुशल व्यवस्थापकीय कार्य सम्पादनकै कारण उहाँ नेपाली जनजन र मनमनमा बस्नुभएको छर्लङ्ग छ ।
अहिले पनि नेपाली जनतामा कतै असक्षम व्यवस्थापनका कारण लोडसेडिङ फेरि भोग्नुपर्ने त होइन भन्ने त्रास र अविश्वास कायम रहिरहेको अवस्थामा घिसिङजस्तो कुशल नेतृत्वलाई कामका लागि पुनःअवसर दिनु नागरिकको आवाज मात्र नभई मुलुकको सुखी नेपाली र समृद्ध नेपालको सपनालाई साकार पार्न तथा विकास र समृद्धिका लागि कोसेढुङ्गा सावित हुने प्रष्ट पार्दछौं ।
लोडसेडिङ मुक्त उज्यालो नेपाल बनाउन सफल नेतृत्वको रूपमा चिरपरिचित पहिचान बनाएका कुशल व्यवस्थापक कुलमान घिसिङलाई पुनःनियुक्त नगर्नु र आनकानी गर्नुमा सदिऔँदेखि राज्यबाट हेपिएका–सीमान्तकृत बनाइएका आदिवासी जनजाति समुदायका व्यक्ति भएकै कारणले त होइन भन्ने पर्याप्त आशंका सरकारको ढिलासुस्ती र आनकानीले उत्पन्न गराएको छ । यदि त्यसो हुन गएमा जनताको मतबाट निर्वाचित सुविधाजनक बहुमत प्राप्त सरकारले जनताकै भावना र चाहनालाई अवमूल्यन् गरेको र नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक समावेशी सिद्धान्तविपरित भएको ठहरसँगै यस विरुद्ध हामी आदिवासी जनजातिहरुको विरोध हुने स्पष्ट पार्दछौं ।
तसर्थ, सफल एक कार्यकाल पुरा गरेर परिक्षणबाटै लोकप्रिय भइरहेका घिसिङलाई विविधितायुक्त नेपाली जनताको मनोभावनालाई सम्बोधन गर्न नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनःनियुक्त गर्न गराउन हामी नेपालका सम्पूर्ण आदिवासी जनजातिहरूको साझा संगठन नेपाल आदिवासी जनजाति महासंघ र नेपालका सम्पूर्ण आदिवासी जनताको तर्फबाट सरकारसँग जोड्दार आग्रह गर्दछौ ।

कोभिड–१९को विरुद्ध सबै एकजुट हुन हार्दिक अपीलसहित ।
जय आदिवासी जनजाति ।

…………………………………………..
श्री जगतबहादुर बराम
अध्यक्ष

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • गम्भिर रोगसँग संघर्षरत विरामी डिस्चार्जका लागि सहयोग अपिल
  • गम्भिर रोगसँग संघर्षरत विरामीलाई सहयोगको अपिल
  • पोखरा युनाइटेड बन्यो NRNA कपको च्याम्पियन
  • खोटाङ हलेसी सांगितिक सौगातको आयव्यय सार्वजनिक
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...