Advertisement
SKIP THIS

गत छुसकमा भएको सेवा-सेवारो सांगीतिक कार्यक्रमको आयव्यय सार्वजनिक


बुसान कोरिया/ किरात याक्थुङ चुम्लुङ र किरात राई यायोख्का बुसान शाखा दक्षिण कोरियाले गत छुसकमा गरेको सेवा-सेवारो साङ्गितिक कार्यक्रमको आयव्याय सार्वजनिक गरेको छ ।

गत आईतबार लुम्बिनी रेस्टुरेन्ट किम्हेको सभाहलमा विभिन्न संघ-सस्थाहरुको उपस्थितिमा एक अन्तरकृया कार्यक्रम संगै सार्वजानिक गरेको हो । आयोजकले सो कार्यक्रमबाट ३०३२७४५६ वन सङ्कलन गरेको र कार्यक्रममा २९९३४८८० वन खर्च भएको जनाएको छ ।

“हाम्रो पहिचान संस्कार निकाश सहितको अभियान नेपाली कला संस्कृतिलाई गरौं सम्मान” भन्ने मुल नाराका साथ नेपालमा रहेको अनाथ बाल आश्रम सहयोगार्थ गत छुसक अर्थात २०१९ सेप्टेम्बर १२ का दिन बुसान किम्हेमा “सेवा-सेवारो साङ्गितिक कार्यक्रम” गरेको थियो । यस आयव्यय सार्वजनिक अगाबै ईलाम नगर पालिका ९ ईलाममा अबस्थित २०६८ सालमा स्थापित भइ ८ छोरा र ७ छोरी रहेको “राहसल बाल अनाथालय” लाई सहयोग स्वरुप ४००००० वन सहयोग गरेका जनाएको छ ।

किरात याक्थुङ चुम्लुङ र किरात राई यायोख्खा बुसान शाखा दक्षिण कोरियाले अयोजना गरेको कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल तुल्याउन सहयोग गर्ने सम्पुर्ण संघ सस्था, मिडिया, प्रायोजक, शुभेच्छुक तथा दर्शकलाई समेत धन्यवाद ज्ञापन गरेको छ । आयोजकले भने । ‘बाकी रहेको मुनाफा घोषित उद्देश्य मै खर्च गरिने छ । आफुले घोषणा गरेको सहयोग रकम अविलम्ब बुझाएर सहयोग गरिदिनु हुन पनि हार्दिक आग्रह गर्दछौ ।’

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...