ठकुरी समाज कोरियाद्वारा १० परिवारलाई टहरा
फोनिज कोरिया संवाददाता
सोल-ठकुरी समाज दक्षिण कोरियाद्वारा सिन्धुपाल्चोकको कुभिन्डेमा अति बिपन्न अनि आबश्यक भएको १० परिवारको लागि १० टहरा निर्माण गरिदिएको छ |
उक्त टहराहरु ठकुरी समाज कोरियाले ठकुरी सहयोग संजालको सहयोगमा निर्माण गरिएको कुरा अध्यक्ष सर्बजित शाहले जनकारी दिए |
ठकुरीले आर्थिक भौतिक अनि मानसिक रुपमा सहयोग गर्ने सम्पुर्ण सहयोगि मनहरुप्रती हार्दिक धन्यवाद प्रकट गर्नुका साथै आउने दिनहरुमा नि यस्तो किसिमको समस्या अनि बिपत्तिहरुमा समाजले सहयोग गर्ने प्रतिबद्धता प्रकट गरेका छन् |