नुवाकोट समाजले औद्योगीक दुर्घटनामा परेर उपचार गराइ रहेका अर्जुनलाई सहयोग गर्यो

कोरिया अाएकाे दुई महिनामै औधोगिक दुर्घटनामा परि एउटा खुट्टा गुमाएर लामो समयदेखि अस्पतालमा उपचाररत नुवाकोट मेघाङ गाउँ पालिका निबासी अर्जुन तामाङलाइ नुवाकाेट समाज दक्षिण काेरियाले सहयाेग गरेकाे छ । विहीबार अर्जुन बस्ने याेङसानमा नै पुगेर समाजले सहयाेग गरेकाे हाे ।
‘हाम्राे याे सहयाेग अभियानमा जोडिनु भएका विभिन्न संघसंस्था तथा समाजसेवी अनि मानबप्रेमि मनहरुमा अग्रणी संस्था नुवाकोट समाज साउथ कोरियाद्वारा हार्दिक आभार र धन्यबाद भन्न चाहान्छु ।’ नुवाकोट समाज दक्षिण कोरियाका अध्यक्ष राज दोङ तामाङले भने । ‘हाम्रो संस्था नुवाकोट समाज दक्षिण कोरियाले बिगत १ महिना अघिदेखि अर्जुन तामाङ कृत्रिम खुट्टा राख्ने अभियान संचालन गरेको थियाैं । कोरिया मै उपचारत रहेकाे उहाँलाइ सहयोग गर्नका निमित्त सहयोग अभियान गर्ने उदेश्यले संस्थाका पदाधिकारी तथा सम्पुर्ण सामाजिक अभियान्ताहरुसङ्गको पहलमा यो अभियान संचालन गरेका थियौ। जसमा नुवाकोट समाजका सल्लाहकार तथा पदाधिकारी अनि अन्य सामाजिक संस्थाबाट करिब १९ लाख वन संकलन गरेका थियौ । साथमा समाजको कोषबाट ३ लाख वन थप गरेर अर्जुन तामाङलाई सहयोगार्थ हाम्रो संस्थाका वरिष्ठ सल्लाहकार तथा न्यु लिटल रेस्टुरेन्ट बुसानका सन्चालक गोबिन्द पान्डेले हस्तान्तरण गर्नु भएको हाे ।’ उनले थपे ।
साथै संस्थाले आगामी दिनमा कोरियामा रहेका नुवाकोट जिल्लाबासी तथा सम्पुर्ण नेपालीहरुको दु:खद बिपत अबस्थामा निरन्तर सामाजिक सेवा तथा सहयोगमा लागिरहने प्रतिबद्धता पनि ब्यक्त गरेको छ।