Advertisement
SKIP THIS

कोरोनाभाइरस: दक्षिण कोरियामा सङ्क्रमण बढ्दा रोकथाम गर्ने उपाय तीव्र


दक्षिण कोरियाले घातक नयाँ कोरोनाभाइरसको सङ्क्रमण अझ फैलिन नदिने उद्देश्यले विभिन्न सुरक्षाका विभिन्न उपायहरू अवलम्बन गरेको छ। त्यहाँ दोस्रो दिन पनि उक्त भाइरसबाट सङ्क्रमित भएका मानिसको सङ्ख्या ह्वात्तै बढेको देखिएको छ।

प्रधानमन्त्री चुङ स्ये-क्यूनले अहिले देशमा सङ्कटकालीन अवस्था भएको टिप्पणी गरेका छन्। दक्षिणी सहरहरू थेगु र चेओङ्डोलाई “विशेष हेरचाह क्षेत्र” घोषणा गरिएको छ। थेगुका सडकहरू अहिले प्राय: सुनसान छन्।

परीक्षणमा कतिपय सैनिकहरूमा पनि कोरोनाभाइरस सङ्क्रमण भएको पाइएपछि दक्षिण कोरियाले सेनालाई पनि निश्चित घेरामा सीमित गरेको छ।

दक्षिण कोरियाको स्थिति के छ?

एउटा धार्मिक समूहका सदस्यहरूमा कोरोनाभाइरसको सङ्क्रमण व्याप्त रहेको पाइएपछि अधिकारीहरूले त्यसका ९,००० सदस्यलाई आफैँ क्वारन्टीनमा बस्न भनेका छन्। त्यहाँ शुक्रवार १ सय जनामा कोरोनाभाइरस देखिएको पुष्टि भएको छ। अघिल्लो दिन ५३ मानिसमा सङ्क्रमण भएका बताइएको थियो।

दक्षिण कोरियामा अब कुल २ सय ४ जनामा कोरोनाभाइरस रहेको पुष्टि भएको छ। चीनबाहिर र जापानको तटनजिकै रोकिएको एउटा क्रूज पानीजहाजमा भएका सङ्क्रमित मानिसको सङ्ख्यापछि त्यो ठूलो सङ्ख्या हो। यसै हप्ता केहीअघि चेओङ्डो सहरमा अधिकारीहरूले दक्षिण कोरियामा पहिलो पल्ट एक मानिसको मृत्यु कोरोनाभाइरसका कारण भएको जनाएका थिए। ती पुरुष एउटा मानसिक स्वास्थ्य उपचार केन्द्रमा लामो समयदेखि उपचाररत बिरामी थिए। त्यहाँ उनीसहित अन्य १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो।

अहिले अन्यत्रको स्थिति के छ?

विश्वमा अहिलेसम्म ७६,००० भन्दा बढी मानिसमा कोभिड-१९ भएको पुष्टि भएको छ भने २,२४७ जनाको मृत्यु भएको छ। अधिकांश सङ्क्रमण र मृत्युका घटना चीनमा भएका छन्। चीनमा ७५,००० जनामा सङ्क्रमण भएको र २,२३६ जनाको मृत्यु भएको तथ्याङ्क छ। उक्त भाइरस विश्वका विभिन्न देशमा पनि फैलिएको छ। एशिया, युरोप, अमेरिका र अफ्रिकामा केही व्यक्तिको मृत्यु पनि भएको छ।(हामीले याे समाचार बीबीसी नेपाली सेवाबाट साभार गरेका हाै । )

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...