ब्रेन ट्युमर भएका जीबनलाई यसरि सहयोग गर्न सकिन्छ
फोनिज कोरिया संवाददाता
सोल-ईपीएसबाट ४ महीनाअघि मात्र कोरिया आएका गोरखा फुजेलका जिबन दुवाडीलाई ब्रेन ट्युमर भएको छ | उनको उपचार हाल इन्च्छनस्थित गाछान गिल विश्वविद्यालयको अस्पतालमा भइरहेको छ |
उनको उपचारमा संलग्न चिकित्सकहरुले करीब ८० लाख वोन भन्दाबढी खर्च लाग्ने हुने बताएका छन् | कोरिया आएको पनि धेरै समय नभएको र पारिवारिकस्थिति पनि कमज़ोर भएकोले उनलाई आर्थिक सहयोग आवश्यक भएको हो |
दुवाडीलाई आर्थिक सहयोग गर्नका लागि गोरखा परिवारको बिशेष सक्रियतामा एनआरएन र सपोर्ट नेपाल फाउंडेशनसँग समन्वय गरि आर्थीक सहयोग संकलन अभियान सञ्चालन सुरु गरिएको छ |
सहयोग गर्न इच्छुक महानुभाबहरुले निम्न खातामा रकम जम्मा गर्न सक्नुहुनेछ ।
A/C 40880101250249(NRN)
kookmin bank
1002149536255(bhatta suresh)
woori bank
थप जानकारीको लागी :-
बिनोद कुँवर(अध्यक्ष एनआरएन)- 01032814786
राजेन्द्र श्रेस्ठ (अध्यक्ष गोरखा परिवार)-01029870415
यज्ञराज सुबेदी (अध्यक्ष सपोर्ट नेपाल फाउंडेशन)-01063000902