मृत सपना (कविता)
आफ्नै सपनाले एकोहोरो
लखेटेको दशकौं भईसक्यो।
मैले हिँडिरहने गोरेटो गल्ली
भन्दा लाखौं माईल टाढा !
बेशीमा खेत जोत्नु थिएछ..
बरु रातै माटोले पोत्नु थिएछ..
चिटिक्क पारेर आफ्नै घर !
धमिरोले आफ्नै घर ढलेपछी
पछुतो किन लाग्दैन
थुक्क जिन्दगी!
लागीरहेको छ यति खेर
पश्चताप
तर घामले नपर्खदो रहेछ
उज्यालो भईरहनलाई
थाह पाएको थिँए भने
बिहानै घामको जन्म अघी
म उठि सकेको हुने थिँए
र घामलाई पछी-पछी
लगाएर म अघि-अघि
हिँडीसकेको हुने थिँए।
संसारको उपल्लो छेउसम्म
बिज्ञान र प्रविधीको चरम
युगमा म र मरो देश !
तर
ल्यायो त यहाँ सम्म ठेलाम
ठेल,मोल तोल ,नाप जाप गरी
प्रबिधीको यन्त्रहरुसंग काँधे
लगाउन आफ्नै बेकुप सपनाले
अनि किन लाग्दैन त पछुतो
थुक्क जिन्दगी!
मन बिनाको थोत्रा अस्थिपञ्जरको
ईशाराले चलाई रहेको छ जिन्दगी
बुझिरहेको हुन्छ केही नबुझे जस्तो
बनाउछ मानव अस्थिपञ्जरहरुले
र पो परदेश हुने रहेछ टाढाको देश
अनि पो हुने रहेछ एउटै संसार बिदेश
गिज्याउछ यति बेला आफ्नै सपनाले
र भन्छ मन
थुक्क जिन्दगी।
कवि इतर आवाज साहित्य समाज कोरियाका अभियन्ता हुनुहुन्छ।