“सउल सांगीतिक साँझ”मा विकास लिम्बु लगायत आधा दर्जन चर्चित कलाकारहरु आउने
“सउल सांगीतिक साँझ” मा द भ्वाइस् अफ नेपालको टप फाइनलिस्ट विकास लिम्बु ल्याउने भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ कोरियाको साँस्कृतिक विभागको आयोजनामा कोरियनहरुको चाड सलनालको पहिलो विदाको दिन साँझ हुने कार्यक्रममा गायक विकाससहित आधा दर्जन कलाकारको सांगीतिक मनोरञ्जन हुने बताएको छ । गत आइतबार सउलमा पोस्टर सार्वजानिक गर्दै कलाकारको नाम समेत सार्वजानिक गरेको थियो ।
सांगीतिक साँझमा गायक विकाससँगै गायिका संगीता थापा मगर, बबिना किराँती, गायक सित्तल गुरुङ, दिनेश राई, डान्सर भुमिका राई र डिजे एपी तेन्जिङको प्रस्तुतिमा भरपुर मनोरञ्जन लिन सक्ने आयोजकले बताएको छ । पहिलो चरणमा लोकदोहोरी कलाकारको लाइभ दोहोरी ब्याटल हुनेछ । त्यसपछि रातभर डिजेमा रमाइलो गर्न सक्ने छ ।
‘असहाय बालबालिकाहरुको शिक्षामा हाम्रो साँझ अभियान’ भन्ने मुल नाराका साथ कार्यक्रम आयोजना गर्न लागेको छ । नेपाल आदिवासी जनजाति महासंघ कोरियाले हाल पोखरामा दुई असहाय विद्यार्थीको शिक्षामा आर्थिक सहयोग गरिरहेको छ ।