Advertisement
SKIP THIS

ईपीएस सम्बन्धी थाहा पाउनैपर्ने कुराहरु


ईपीएस छिन्गु

कोरीयन भाषा परिक्षा उत्तिर्ण गर्दैमा गणतन्त्र कोरीयामा रोजगारिको ग्यारेन्टी हुदैन । भाषा परीक्षा पास गर्नु भनेको कोरीयामा रोजगारका लागी आवेदन गर्न योग्य हुनु मात्र हो रोजगारीको ग्यारेन्टी हैन । भाषा परीक्षा उत्तिर्ण सवैले कोरीयामा रोजगारीको अवसर प्राप्त गर्न नसक्ने र भाषा परीक्षाको म्याद दुइ वर्ष मात्र हुने र म्याद समाप्त भएपछि स्वतः रोष्टरवाट नाम हटने र रोष्टर अवधि समाप्त भै नाम हटी सकेपछि कोरीया रोजगारका कुनै संभावना हुदैन । कस्ले रोजगार अवसर पाउने वा नपाउने भन्ने सम्बन्धमा कोरीयाको अर्थतन्त्रको अवस्था र कोरीयन रोजगारदाताको छनौट नै निर्णायक हुने र अन्य कुनै कुरावाट प्रभावित नहुने हुदा भाषा परीक्षा उत्तिर्ण गरी रोष्टरमा नाम रहेका सवै व्यक्तिहरुले श्रम सम्झौता प्राप्त भै कोरीयन भिषा प्राप्त नहदासम्म आफुले गरी आएको वा गनुपर्ने काम , पेशा, व्यवसाय , अध्ययन आदि नियमित राख्नु पर्ने छ । विगतमा भाषा परीक्षा पास गरेर प्रतिक्षा सूचिमा रहेका व्यक्तिहरुले आफ्नो नियमित कार्य छाडी वस्ने गरेको र अन्तसम्म कुर्दा समेत कोरीयामा रोजगार अवसर प्राप्त गर्न नसकि निरास वनेको पाइर्एकोले यस्तो अवस्था नदोहोरियोस् भन्ने तफै समयमै विशेष चनाखो रहनु जरुरी छ ।

 

१.  रोजगार अनुमति प्रणाली (Employment Permit System) अर्थात इ.पि.एस. भनेको के हो ?

 

ईपीएस प्रणाली भनेको कोरीयन कामदार नपाएका कोरीयाका साना तथा मझौला कम्पनीहरुलाई कानुनी रुपमा विदेशी कामदार प्रयोग गर्न अनुमति दिने प्रणाली हो । हाल यस प्रणाली अन्तर्गत निम्न ३ किसिमका कामदार कोरीया गैरहेका छन ।

              

कोरीयन भाषा परीक्षा ( इ.पि.एस. टपिकं) दिएर जाने नब प्रवेसी कामदार ।

 

कोरीयामा इ.पि.एस. अन्तर्गत ३ वर्ष काम गरेपछि पुन रोजगारी प्राप्त गरी थपिएको अबधि भित्रै स्वैच्छीक रुपले फर्केकाले कम्प्युटरमा आधारीत विशेष कोरीयन भाषा परिक्षा दिई पुन रोजगारीमा जाने कामदार ।

 

कार्यस्थल परिवर्तन नगरी ४ बर्ष १० महिना काम गरी रोजगारदातासँग श्रम सम्झौता गरेर फर्केका इमान्दार बिदेशी कामदारका लागि पुन रोजगारी सम्बन्धी बिशेष ब्यवस्था अन्तर्गत पर्ने कामदार ।

 

२ कोरीयामा रोजगार अनुमति प्रणाली किन र कहिले देखि लागु गरियो ?

 

कोरीयाले सन् १९९३ देखि प्रशिक्षार्थि कामदार प्रणाली अन्तर्गत विभिन्न १८ मुलुकवाट निजिक्षेत्र मार्फत कामदार आपुर्ति गर्ने गरेकोमा सो प्रणालीमा विभिन्न कमी कमजोरी महशुस गरी विदेशी कामदारहरुको आधारभुत मानव अधिकारलाई शसक्त वनाउदै विदेशी कामदारहरुमाथि गरिने विभेद अन्त गर्दै व्यवस्थित र नियमितरुपले विदेशी कामदारहरु आपुर्ति गर्ने उद्देश्यले सन् २००४ देखि कोरीयाले रोजगार अनुमति प्रणाली लागु गरेको हो ।

 

३. ई पि एस अन्तर्गत कोरीयामा कुन कुन देशहरुवाट कामदार आपुर्ति भैइरहेका छन ?

 

ईपिएस अन्तर्गत हालसम्म विभिन्न १५ वटा देशवाट कोरीयामा कामदारहरु आपुर्ति भै रहेको छ जसमा नेपाल, इन्डोनेशिया, मंगोलिया, श्रीलंका, फिलिपिन्स, थाइल्याण्ड, भियतनाम, उजवेकिस्तान, पाकिस्तान, कम्वोडिया, चिन, वंगलादेश, किर्गिजस्थान,म्यानमार, र इष्टटिमोर रहेका छन् । सन २०१४ बाट लाओस सँग सम्झौता गर्ने योजना रहेको छ ।

 

४. नेपालमा रोजगार अनुमति प्रणाली कहिले र कसरी लागु भयो ?

 

नेपाल सरकार,श्रम तथा रोजगार मन्त्रालय र कोरीयाको रोजगार तथा श्रम मन्त्रालय वीच २००७ को जुलाई २३ मा मन्त्रीस्तरमा समझदारी पत्र (Memory of understanding ) हस्ताक्षर पश्चात नेपालमा रोजगार अनुमति प्रणाली लागु भएको हो । प्रत्येक २ वर्षमा यो समझदारी पत्र नविकरण हुदै आएको छ । ((साथै समझदारी पत्र कार्यान्वयनका लागी विभागीयस्तरमा दुई छुट्टा छुट्टै सम्झौता (Implementation Agreement र Service commitment agreement )समेत भएका छन् । )) नेपालले वैदेशिक रोजगारका लागी १०९ मुलुक खुला गरेता पनि हालसम्म सरकारीस्तरवाट (G to G ) कोरीयामा मात्र कामदारहरु पठाउने कार्य गरिन्छ । यस प्रकृयामा निजी क्षेत्रको कुनै भूमिका रहदैन ।

५. ई. पि. एस. अन्तर्गत कोरीया जान के प्रकृया पुरा गर्नुपर्दछ ?

 

बैदेशिक रोजगार विभाग, ई पि एस कोरिया शाखाले सामान्यत प्रत्येक वर्ष कोरियन भाषा परिक्षा (EPS TOPIK) को लागी आवेदन माग गर्दै सूचना प्रकाशित गर्दछ । भाषा परीक्षाका लागी आवेदन दिने व्यक्तिहरुले २०० पुर्णाड०कको परिक्षा दिनु पर्ने हुन्छ । सो भाषा परिक्षामा सफल हुने व्यक्तिहरुले मात्र दक्षिण कोरीयामा ई पि एस अन्तर्गत रोजगारीको लागी रोजगार आवेदन पेश गर्न पाउने व्यवस्था छ । रोजगार आवेदन फारामका साथ पासपोर्ट, प्रहरी प्रतिवेदन र स्वास्थ्य प्रतिवेदन समेत संलग्न गर्नु पर्दछ । रित पुर्वक भरिएका रोजगार आवेदनहरुलाई मानव संशाधन विकास सेवा कोरीया(एच. आर. डि. कोरीया ) ले स्वीकृत गरी रोजगार चाहनेहरुको रोष्टरमा नाम समावेश गर्दछ र सोही रोष्टमध्ये रोजगारदाताको छनौटमा परी श्रम सम्झौता प्राप्त भएका व्यक्तिहरुले कोरीयामा रोजगार अवसर प्राप्त गर्दछन् ।

 

६. कस्ता व्यक्तिहरुले कोरीयन भाषा परीक्षामा सहभागी भै कोरीयामा कामदारको रुपमा जन सक्दछन ?

 

१८ वर्ष उमेर पुरा भै ३९ वर्ष ननाघेको, मानव संशाधन विकास सेवा ( एच आर डि) कोरीया र ई पि एस शाखावाट संचालन हुने कोरीयन भाषा परीक्षा (EPS TOPIK ) उत्तिर्ण गरेको, स्वास्थ्य जांचमा उत्तिर्ण भएको, यस भन्दा अघि कोरीयामा गैह्रकानूनीरुपमा नवसेको, प्रहरे प्रतिवेदन राम्रो भएको व्यक्तिहरु कोरीयामा कामदारकोरुपमा जान योग्य हुन्छन् । भाषा परीक्षाको म्याद दुई वर्षको हुने हुदा भाषा परीक्षा उत्तिर्ण भै रोष्टरमा नाम समावेश भएको दुई वर्ष सम्म श्रम सम्झौता प्राप्त नभएमा त्यस्ता व्यक्तिहरुको नाम स्वतः रोष्टरवाट हटने व्यवस्था छ ।

 

७. कोरीयन भाषा परीक्षा पास गर्दैमा रोजगार ग्यारेन्टी हुन्छ वा हुदैन ?

 

मानव संशाधन विकास सेवा ( एच आर डि) कोरीया र ई पि एस शाखावाट सञ्चालन गरिने कोरीयन भाषा परीक्षा ( EPS TOPIK ) उत्तिर्ण गर्नु भनेको कोरीयामा रोजगारीका लागी आवेदन दिन योग्य हुनु मात्र हो । कुन देश वाट के कति कामदारहरु लिने भन्ने विषय कोरीयन वजारमा कामदारको आवश्यकता र रोजगारदाताको छनौटमा नै निर्भरा गर्ने भएकोले भाषा परीक्षा उत्तिर्ण सवैको कोरीयामा रोजगारीको ग्यारेन्टी हुदैन । त्यसैले कोरीयन भाषा परीक्षा उत्तिर्ण भै रोष्टरमा नाम समावेश भएका व्यक्तिहरुलेश्रम सम्झौता तथा प्रवेषाशाज्ञा प्राप्त नहुदासम्म साविकदेखि आफूले गरी आएको वा गर्नु पर्ने पेशा, व्यवसाय वा अध्ययन आदिलाई नियमित राख्नु राम्रो हुन्छ ।

 

८. ई पि एस अन्तर्गत हालसम्म कोरीयामा कति नेपाली कामदारहरु रहेका छन ?

 

इं पि एस अन्तर्गत सन् २००८ को अगस्त ११ मा पहिलो पटक ५५ जना कामदारहरु कोरीया प्रस्थान गरेकामा सन् २०१४ को फ्रेवुअरी सम्म करिव २३ ह्जार नेपाली कामदारहरु कोरिया ((मा कार्यरत) रहेका ) गएका छन् ।

 

९. ईपीएस अन्तर्गत नेपाली कामदारले काम गर्न पाउने क्षेत्र ?

 

कोरीयामा नेपाली कामदारहरुका लागी दुई वटा क्षेत्रमा काम गर्न पाउने व्यवस्था छ । जस अन्तर्गत ३०० जना भन्दा कम कामदार रहेका साना तथा मझौला उत्पादन मुलक कम्पनीहरु (Manufacturing) र कृषि र पशुपालन (Agriculture & livestock ) क्षेत्र संग सम्बन्धीत कम्पनीहरु रहेका छन ।

 

१०. इ.पि.एस.प्रर्णालीको बिशेषता के के हुन ?

– कामदार छनौट र ब्यबस्थापन सरकारी निकायले गर्ने (श्रम मन्त्रालय र HRD Korea )

– न्युनतम लागत (अघोसित रकम आवश्यक नपर्ने )

– पारदर्शि रोजगार प्रकृया

– बिदेशी कामदारका आधारभुत मानबअधिकारको ग्यारेन्टी (विभेद गर्न निषेध, स्वदेसी कामदारा सरह ब्यबहारा गरिने )

 

११. ई. पि. एस. अन्तर्गत कोरीया जान नेपालीलाई कति खर्च लाग्दछ ?

 

कोरीयामा रोजगारी चाहाने नेपालीले कोरीयन भाषा परिक्षा शुल्क बापत २४ डलर, पासपोर्ट वनाउन रु५०००। स्वास्थ्य परिक्षण शुल्क ५६ डलर, रोजगार आवेदन फारम भर्न ५ डलर, भिषा बापत रु ६०००।रुपैंया , अभिमुखिकरण तालिम शुल्क ६३ डलर, व्यवस्थापकिय खर्च वापत ४६ ।२० डलर, जहाज भाडा ५४१ डलर, ५ वर्षे वैदेशिक रोजगारा विमा वापत रु३५५०। देखि रु ४९००। सम्म, वैदेशिक रोजगार कल्याणकारी कोषमा रु १०००। गरी लगभग ९०० अमेरिकी डलर ( करिब ९० हजार रुपियाँ ) जति खर्च गर्नु पर्छ । इ.पि.एस. (कोरीया र नेपाल) दुबै देशका सरकार संलग्न भै संचालन गर्ने प्रणाली (G2G) भएकोले नियमानुसार तोकिए देखि बाहेकको अन्य कुनै पनि अनौपचारिक खर्च लाग्दैन ।

 

सरकार मार्फत संचालन हुने प्रणाली भएको हुदा ब्रोकर वा दलाल ले केही भुमिका खेल्न सक्दैनन् । त्यसैले गैर कानुनी रुपले कसैले भाषा परिक्षा उर्तिण गराउने वा छिटो रोजगारी मिलाइ दिने ग्यारेन्टी गर्ने जस्ता झुटो प्रलोभन देखाएमा त्यस्ता बाट बच्नु पर्छ ।

 

१२. ईपीएस अन्तर्गत कोरीया जान नेपालीलाई कति खर्च लाग्दछ?

 

कोरीयामा रोजगारी चाहाने नेपालीले कोरीयन भाषा परिक्षा शुल्क बापत २४ डलर, पासपोर्ट वनाउन रु५०००। स्वास्थ्य परिक्षण शुल्क ५६ डलर, रोजगार आवेदन फारम भर्न ५ डलर, भिषा बापत रु ६०००।रुपैंया , अभिमुखिकरण तालिम शुल्क ६३ डलर, व्यवस्थापकिय खर्च वापत ४६ ।२० डलर, जहाज भाडा ५४१ डलर, ५ वर्षे वैदेशिक रोजगारा विमा वापत रु३५५०। देखि रु ४९००। सम्म, वैदेशिक रोजगार कल्याणकारी कोषमा रु १०००। गरी लगभग ९०० अमेरिकी डलर ( करिब ९० हजार रुपियाँ ) जति खर्च गर्नु पर्छ । इ.पि.एस. (कोरीया र नेपाल) दुबै देशका सरकार संलग्न भै संचालन गर्ने प्रणाली (G2G) भएकोले नियमानुसार तोकिए देखि बाहेकको अन्य कुनै पनि अनौपचारिक खर्च लाग्दैन ।

 

सरकार मार्फत संचालन हुने प्रणाली भएको हुदा ब्रोकर वा दलाल ले केही भुमिका खेल्न सक्दैनन् । त्यसैले गैर कानुनी रुपले कसैले भाषा परिक्षा उर्तिण गराउने वा छिटो रोजगारी मिलाइ दिने ग्यारेन्टी गर्ने जस्ता झुटो प्रलोभन देखाएमा त्यस्ता बाट बच्नु पर्छ ।

 

१३. ई. पि. एस. प्रर्णाली मार्फत कोरीयामा रोजगार गर्न पाईने अबधि के कति हो ?

 

बिदेसि कामदार रोजगार सम्बन्धी कानुनको सँशोधन प्रावधान अनुसार शुरुमा ३ बर्षका लागि बिदेशी कामदार लिने भएता पनि रोजगार दाताले पुन माग गरे १ बर्ष १० महिना थप्न सकिने भएको छ । यसरी अधिकतम ४ बर्ष १० महिना लगातार काम गर्न पाइन्छ ।

 

उल्लेखित प्रावधान वाहेक ३ वर्ष भन्दा वढी कोरीयामा कार्य गरेका अनुभवी र इमान्दार विदेशी कामदारहरुलाई प्रोत्साहित गर्दै पुनः कोरीया प्रवेशका लागी कम्प्युटरमा आधारित परिक्षा दिएरा (सिविटि) वा ४ वर्ष १० महिनासम्म कम्पनी परिवर्तन नगरी एउटै कम्पनीमा विताएका ई पि एस कामदारहरुलाई स्वदेश फिर्ता भए पछि समेत पुनः अर्को ४ वर्ष १० महिनाका लागी प्रतिवद्ध कामदारका रुपमा काम गर्न अवसर दिने प्रावधान समेत रहेको छ ।

 

१४. कस्तो अवस्थामा गैर कानूनी बसाई प्रमाणित हुन सक्छ ?

 

सामान्यतया कामदारहरु कामबाट अनपस्थित रहनु हुदैन । ब्याख्या गर्न सकिने उपयुक्त कारण नभई आप्रवासी कामदार ५ (पांच) दिन भन्दा बढी कार्यस्थलबाट लगातार अनुपस्थित भएमा त्यस्तो कामदारलाई दर्ता नगरिएको (गैर- कानूनी)बसाई प्रमाणित गर्न सकिने व्यवस्था छ । यस्तो गैह्र कानूनी कामदारलाई पक्राउ गरी कानून वमोजिम कारवाही समेत गरिने छ । खास गरी आफूले काम गरिरहेमको कम्पनीको श्रम करार अवधि समाप्त भएको १ महिना भित्र स्थानीय रोजगार सर्पोट सेन्टरमा निवेदन नगरेमा रोजगार दाताको अनुमति वेगर कार्यस्थल छाडेमा, सम्बन्धीत रोजगार सर्पोट कार्यालय देखि वाहेक चिनेजानेका मानिस, एजेन्ट वा अन्य माध्यमवाट अनेत्र रोजगारी खोजी गएको अवस्थामा समेत गैह्र कानूनी वसेको मानी कारवाही गरिने छ ।

 

१५. कस्तो अवस्थामा गैर कानूनी बसाई प्रमाणित हुन सक्छ ?

 

सामान्यतया कामदारहरु कामबाट अनपस्थित रहनु हुदैन । ब्याख्या गर्न सकिने उपयुक्त कारण नभई आप्रवासी कामदार ५ (पांच) दिन भन्दा बढी कार्यस्थलबाट लगातार अनुपस्थित भएमा त्यस्तो कामदारलाई दर्ता नगरिएको (गैर- कानूनी)बसाई प्रमाणित गर्न सकिने व्यवस्था छ । यस्तो गैह्र कानूनी कामदारलाई पक्राउ गरी कानून वमोजिम कारवाही समेत गरिने छ । खास गरी आफूले काम गरिरहेमको कम्पनीको श्रम करार अवधि समाप्त भएको १ महिना भित्र स्थानीय रोजगार सर्पोट सेन्टरमा निवेदन नगरेमा रोजगार दाताको अनुमति वेगर कार्यस्थल छाडेमा, सम्बन्धीत रोजगार सर्पोट कार्यालय देखि वाहेक चिनेजानेका मानिस, एजेन्ट वा अन्य माध्यमवाट अनेत्र रोजगारी खोजी गएको अवस्थामा समेत गैह्र कानूनी वसेको मानी कारवाही गरिने छ ।

 

१६. गैह्रकानूनी रुपमा कोरीया बसेमा हुने हानी नोक्सानी ?

 

श्रम सम्झौतामा उल्लेखित प्रावधानहरु अक्षरसः पालना गर्ने शर्त सहित स्वीकार गरी कोरीया प्रस्थान गर्ने सम्पूर्ण इपिएस कामदारको प्राथमिक कर्तव्य भनेको सम्झौताको परिपालना गनु नै हो । सम्झौताको प्रावधान विपरित गैह्रकानूनीरुपले कोरीया वसेमा त्यस्ता कामदारहरुलाई पक्राउ गरी नेपाल र कोरीया सरकारको कानून वमोजिम कारवाहीको भागिदार हुनुपर्ने, सामाजिक प्रतिष्ठा र आर्थिक क्षति हुन सक्ने , गैह्रकानूनी कामदारहरु विभिन्न शोषणमा पर्न सक्ने र उनिहरुको उद्दार तथा कानूनी उपचारमा जटिलता आउन सक्ने भएकोले गैह्र कानूनीरुपले कोरीयामा वस्नु हुदैन । साथै गैह्रकानूनी कामदारहरु वसेको देशवाट कोरीया सरकारले न्यून कामदार लिने वा कामदार नै नलिने नीति लिने गरेको समेत पाईन्छ । यसर्थ कोरीयामा कार्यरत इपिएस कामदारहरुले गैह्रकानूनी वसाई गरेमा आकर्षक रोजगार गन्तव्य कोरीया नेपालले गुमाउनु पर्ने र दुई देश वीचको सम्बन्धमा समेत असमझदारी श्रृजना हुन सक्दछ ।

 

१७. ईपीएस कामदारहरुले पालन गर्नु पर्ने मुख्य कर्तव्य के हो ?

 

ई पि एस कामदारहरु सरकारी तवरवाटै कोरीया जाने हुदा कामदारको काम र व्यवहारको आधारमा रोजगारदाताहरुले नेपाल र नेपाली कामदारप्रतिको धारणा वनाउने र सोही आधारमा भविष्यमा नेपालले कति रोजगार कोटा वा अवसर प्राप्त गर्ने भन्ने निक्र्यौल समेत गर्ने भएकोले ई पि एस कामदारहरुले श्रम करार वमोजिम तोकिएको काम कर्तव्य अनुशासित, लगनशिल भैं समयवद्धरुपमा निष्ठापुर्वक पालन गर्नु पर्दछ । श्रम करार मा तोकिएको अवधि समाप्त पश्चात Alien registration card Immigrtation मा वुझाई स्वदेश फिर्ता हुनु पर्दछ । गैह्र कानूनीरुपमा कोरीया वस्ने कामदारहरु विभिन्न शोषणमा पर्ने उनिहरुको कानुनी उपचार वा उद्धारमा कठिनाई हुने, भविष्यमा पुन कोरीया जाने अवसरवाट वञ्चित हुने, सामाजिक प्रतिष्ठा तथा आर्थिक क्षति हुन सक्ने तथा कोरीया एवं नेपाल सरकारले कानून वमोजिम गर्ने कारवाहीको भागिदार समेत हुन पर्नेछ ।

 

१८. कोरीया पुगी सकेपछि कामदारहरुलाई आवश्यक सूचना तथा जानकारी लिन वा दिन के व्यवस्था छ ?

 

– कोरीया सरकारले विदेशी कामदारहरुलाई कुनै समस्या भएमा आवश्यक सल्लाह तथा सुझाव दिन तथा आवश्यक सहयोग गर्न Foreign workers counseling center स्थापना गरेको छ । सो केन्द्रमा आफ्नै देशको मातृभाषा वोल्ने व्यक्तिहरुलाई नै कर्मचारीको रुपमा राखेको छ । यसवाट नेपाली कामदारहरुले केन्द्रमा रहेका नेपाली कर्मचारी मार्फत नेपाली भाषामा नै आवश्यक सहयोग लिन सक्दछन । यसको लागी सो सेन्टरको टोल फ्रि नम्वरा १५७७- ००७१ मा फोन गरी १४ नम्बर थिचेर नेपाली भाषा छनोट गरी स्टार चिन्ह(*) थिचेर समेत थप जानकारी लिन सकिन्छ । विदेशीकामदारका लागि खुलेका गैरसरकारी सस्थाहरु मार्फत पनी सहयोग पाउन सकिन्छ ।

 

१९. नेपाली कामदारले प्राप्त गर्न सक्ने तलब सुबिधा के के छन ?

 

कोरीयामा काम गर्ने स्वदेशी वा बिदेशी कामदारले बिना भेदभाव निर्धारित न्युनतम तलब ((सन २०१५ बाट घन्टाको ५५८० वन , ४४६४० दिनको , ८ घणटा, महिनाको – ११, ६६,२२० / ४० हप्ता ) ( सन् २०१४ वाट घण्टाको ५,२१० वन का दरले मासीक करिव १०,९०,००० वन न्यूनतम पारिश्रमिक प्राप्त गर्न सक्दछन् ।

 

यस बाहेक ओभर टाइम र बिदाको दिन काम गरे अलग्गै भत्ता पाइन्छ । नेपाल प्रस्थान गर्नु अघि ५ वर्षे वैदेशिक रोजगार विमा गर्नु पर्दछ भने कोरीया पुगे पछि बिदेशी कामदारले स्वास्थ्य बिमा, स्वदेस फिर्ता बिमा, दुर्घटना बिमा आदी गर्नु पर्छ ।

 

२०. ई. पि. एस. प्रणाली सम्बन्धमा थप जानकारी कसरी लिन सकिन्छ ?

 

ईपीएस सम्बन्धमा जानकारी लिनको लागी देहाय वमोजिम गर्न सकिन्छ |

– ईपीएसकोरीया शाखाको फोन नं ०१५००६३५० वा ०१५००६३४९

– ईपीएस सेन्टर नेपाल को फोन नं ०१५००७५६५

– ईपिएस कोरीया शाखाको वेभ साईट www.epsnepal.gov.np

– ईपिएस नेपाल सेन्टरको वेभ साईट www.epsnepal.org

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • दक्षिण कोरियामा ‘लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५’ सम्पन्न, सउल नेपाल गुम्बाले बुद्ध जन्जयन्ती कार्यक्रम मे ११ मा गर्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...