Advertisement
SKIP THIS

गायक जीवन शर्माकाे छाेराकाे उपचारमा काेरियाबाट ९ लाख ५० हजार सहयाेग


जीवनभर जनताका दु:खका गीत गाएर अमुल्य सम्पत्ती स्वरुप जनताको अपार माया पाइराखेका जनगायक जीवन शर्मालाई यतिबेला ठूलो बिपत्ति आई परेको छ । माइला छोरा अमृत अाचार्यकाे खाना खादा हड्डि अड्किएकाेले स्वास्थ्यमा आकस्मिक समस्या आएकोले एकपछी अर्को जटिल शल्यकृया गर्नुपरेकाे छ। सोको लागी ठूलो धनराशि खर्च भैसकेकोछ। अझै धेरै खर्च लाग्ने अस्पतालले बताएको छ। उक्त आर्थिक समस्यालाई बहन गर्नु सिङ्गो परिवारको सामर्थ्य बाहिरको कुरा भएकोले यो दुखमा देश बिदेशबाट समेत स्वत स्फुर्त रूपमा साथ दिइ सहयोग गरेका छन्।

यसै क्रममा काेरिया बाट मात्र ९ लाख ५० हजार रूपैया सहयाेग भएकाे छ।

बाग्लुङ समाज काेरिया तथा नेपाली एकता समाज कारियाकाे सकृयतामा बाग्लुङ समाजका सल्लाहकार तथा नेपाली एकता समाज काेरयाकाे अध्यक्ष बिदुर शर्माकाे नेतृत्वमा , बाग्लुङ समाज काेरियाका अध्यक्ष राम प्रशाद शर्मा,समाजका सचिब प्रेमसागर शर्मा,काेषाध्यक्ष केदार गाैतम र खेलकुद संयाेजक ज्ञानेन्द्र कार्कीकाे संयाेजनमा ४२,००,३१४ वन अर्थात नेरू ४१०६५८ संकलन भएकाे थियाे।१५२ जना सहयाेगी मनहरूले संकलन गरेकाे रकम रेमिट बाट बिरामीका दाजुकाे बैंक खातामा नाेवेम्बर ९ तारिख पठाईएकाे संयाेजक बिदुर शर्माले बताए।

त्यसै गरि काेरियामा राेजगार गरिरहेका पत्रकार अर्जुन बराल, समाजसेबि बैरागी माईला, चन्द्र लामा, मीन बिक, गान्धिब सुवेदी, गुरूदत्त न्याैपाने र डाेलिन केसिकाे नेतृत्वमा १६९ जनाले ३९१४१२२ वाेन अर्थात नेरू ३७५३२६ संकलन गरेका थिए। उक्त रकम पनि रेमिट मार्फत अक्टुबर ३१तारिख बिरामिकाे खातामा नेपाल पठाईएकाे कुरा संयाेजक बैरागी माईलाले बताए।

त्यसै गरि काेरियामा राेजगार गरिरहेका बिरू लामाकाे पहलमा ४५ जनाकाे ११५०००० वन अर्थात १११९९० रूपैयाँ संकलन गरि बिरामिकै खाताका नेपाल पठाइएकाे लामाले बताए।

उता नेपाल राष्ट्रिय लाेक दाेहाेरी गीत प्रतिष्ठान काेरिया शाखाले केन्द्र मार्फत रू ५०००० सहयाेग प्रदान गरकाे कुरा शाखाका अध्यक्ष जीतन भाइ श्रीसले बताए।
यी सबै रकम गरेर ९४७९७४ रूपैयाँ बिरामीकाे खातामा पुगेकाेछ।

याे बाहेक ब्यक्तिगत रूपमा पनि केही ब्यक्तिहरूले सहयाेग रकम पठाईएकाे बुझिएकाे छ।
यस अापत बिपतमा सहयाेग गर्ने सम्पुर्ण सहयाेगी महानुभाबहरूलाई अभियन्ताहरूले विशेष धन्यबाद प्रदान गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • गम्भिर रोगसँग संघर्षरत विरामी डिस्चार्जका लागि सहयोग अपिल
  • गम्भिर रोगसँग संघर्षरत विरामीलाई सहयोगको अपिल
  • पोखरा युनाइटेड बन्यो NRNA कपको च्याम्पियन
  • खोटाङ हलेसी सांगितिक सौगातको आयव्यय सार्वजनिक
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...