Advertisement
SKIP THIS

महिला आवास गृह संचालनार्थ किम्हे बुसानमा चलचित्र “छ माया छपक्कै” प्रदर्शन हुने


दक्षिण कोरियाको किम्हे बुसानमा संचालन भैरहेको महिला आवास गृह(नानाआङा धिम)को दीर्घकालीन ब्यबस्थापन गर्ने उदेश्यले चलचित्र “छ माया छपक्कै” प्रदर्शन गर्ने भएको छ । तामाङ समाज ख्यङसाङ बुसानले गर्न लागेको यस चलचित्रको प्रदर्शन नोवेम्बर १७ मा किम्हेको मुन्ह्वावन हलमा हुने जनाएको छ ।

दक्षिण कोरियाकै औद्योगिक क्षेत्रको रुपमा परिचित किम्हे बुसान क्षेत्रमा विदेशी कामदारहरुको बाक्लो उपस्थिति रहेको छ । त्यस्तै वैदेशिक रोजगारीको लागी आएका नेपालीहरु पनि उल्लेख मात्रामा रहेको यस क्षेत्रमा केहि आवास गृह(सेल्टर) संचालनमा रहेपनि महिलाहरूका लागी भनेर छुट्टै आवास गृह थिएन । यसै कुरालाई मध्यनजर गर्दै करिब १० महिना अगाडि तामाङ समाज ख्यङसाङ बुसानले महिलाहरुलाई लक्षित गरि “नाना आङा दिम किम्हे”को स्थापना गरेको हो । यसै आवास गृहलाई दीर्घकालीन ब्यबस्थापन गर्ने उदेश्यले उक्त चलचित्र प्रदर्शन गर्न लागेको संस्थाका अध्यक्ष सुजित घिसिङले जानकारी दिएका छन् ।

“सेवानै धर्म हो” भन्ने भनाईलाई आत्मसात गर्दै कोहि पनि काम छाडेको, बिरामी परेर कम्पनी बाहिर बस्नु परेको र अन्य जुनसुकै समस्यामा परेको दिदीबहिनीहरूलाई सहयोग पुगोस् भन्ने उदेश्यले नाना आङा धिमको सुरुवात गरेको जानकारी दिदै यसमा सबैले सहयोग गर्न अध्यक्ष घिसिङले अनुरोध गरेका छन् । “समाजिक भावनाले गर्न लागेको यस चलचित्र प्रदर्शनबाट प्राप्त सम्पुर्ण आमदानी नानाआङा धिमको दीर्घकालीन ब्यबस्थापनमा खर्च गर्नेछौं । त्यसैले किम्हे बुसान क्षेत्रमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई उक्त दिन उपस्थित भएर मनोरन्जनको साथमा सामाजिक कार्यमा सहभागी हुन विनम्र अनुरोध गर्दछु।” घिसिङले भने ।

हाल सम्ममा करिब ४० जना भन्दा बढी महिला दिदिबहिनीहरुले उक्त आवास गृहबाट सुबिधा लिइसकेको तामाङ समाज ख्यङसाङ बुसानले जनाएको छ ।

दिप्रेन्द्र लामाको कथा र निर्देशनमा बनेको उक्त चलचित्रमा दिपकराज गिरी, केकी अधिकारी, केदार प्रसाद घिमिरे (माग्ने बुढा), जितु नेपाल (मुन्द्रे), स्वपुष्प भट्टा, बुध्दि तामाङ (हैट), प्रकाश घिमिरे, रमा थपालिया, शिशिर भडेल, अनुराघ कुवाँर, बिष्णु सापकोटा, सबिन बास्तोला, बसन्त भट्टा, शारदा गिरी, दिपक क्षेत्री, सुनिता गौतम, राजनी गुरूङ, कुमार गजुरेल, सन्देश लामिछाने, देव जोशी, प्रदिप न्यौपाने र भिम श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...