Advertisement
SKIP THIS

कोरियामा ‘म्हेनिङ’को शुभकामना आदानप्रदान


कोरियामा रहेका तामाङहरुले अाफ्नाे मौलिक पर्व ‘म्हेनिङ’ पर्वको शुभकामना आदानप्रदान गरेको छ । असाेजमा पर्ने याे चाड तामाङ समुदायकाे झै मान्ने चलन छ ।

सउलमा नेपाल तामाङ संघले एक कार्यक्रम गर्दै म्हेनिङको शुभकामना आदानप्रदानसँगै छलफल गरेको थियो । छलफलको क्रममा बक्ताहरुले म्हेनिङको बारेमा रहेका विभिन्न पुस्तक, अनुसन्धानमुलक लेख रचना सबैले अध्ययन गरी तामाङ समुदायले विधिगत रुपमा मनाउनुपर्ने बताए । उनीहरुको अनुसर यो हाम्रो मौलिक, पहिचान र पुर्खाको पर्व भएको कारणले अहिले यो पुस्ताका समुदायले पनि मनाउनु पर्ने बताए ।
सम्भवतः प्रवासी भूमिमा यस पर्व बारे यो पहिलो शुभकामना आदानप्रदान कार्यक्रम रहेको अतिथिहरुको भनाइ थियो । आयोजक संस्था तामाङ संघका अध्यक्ष मेघप्रसाद वाइबाले अबको दिनमा पर्वको बारेमा छलफल तथा शुभकामना आदानप्रदानलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा हालै निर्वाचित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय पदिषदका उपाध्यक्ष सोमबहादुर वाइबा, सचिव राजकुमार स्याङ्तान, नेपाल आदिवासी जनजाती महासंघ कोरियाका पूर्वाध्यक्ष चित्रबहादुर मोक्तान, सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ लामा, प्रदेश नं.३ एकता समाजका अध्यक्ष किशोर ब्लोन ‘नियोग’, काभ्रे सम्पर्क समितिका अध्यक्ष सानु लामा, नुवाकोट समाजका अध्यक्ष राज दोङ र पाँसका अध्यक्ष भवश्वी बम्जनले अाअाफ्नाे भनाइ राखेका थिए ।

कार्यक्रममा हालै निर्वाचित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय पदिषदका उपाध्यक्ष सोमबहादुर वाइबा र सचिव राजकुमार स्याङ्तानलाई नेपाल तामाङ संघले दोसल्ला र खादा लगाएर सम्मान गर्दै कार्य सफलताकाे शुभकामना दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...