थेगुमा कबड्डी ३ चलचित्र तिन शाे नै खचाखच


नेपाल मगर सङ्घ थेगु शाखाले  अक्टुबर १३ तारिख आइतबार थेगुमा  प्रदर्शन गरेकाे चलचित्र ” कबड्डि ३ ”  तीन शाे नै खचाखच भरिएकाे छ।

आयाेजकले २ शाे काे लागि प्रचार गरेकाे भए पनि दर्शककाे अत्यधिक चापका कारण तीन शाे प्रदर्शन गरिएकाे जानकारी संघका सचिब चिरन थापाले बताए। हलकाे क्षमता केहि सानाे भएता पनि ३ शाेमा गरेर ६५० बढि दर्शकहरूकाे उपस्थिति भएकाेले आयाेजक खुशी भएका छाै, याे एतिहासिक सफलता  नै भएकाेछ। संघका अध्यक्ष कुमार गर्बुजाले बताए।

यस वर्षको बहुप्रतिक्षित नेपाली चलचित्र “कबड्डी ३” थेगु शहरको  , 대구역 अगाडि 동성아트 हलमा प्रदर्शन  भएको छ । संस्थाको आपतकालीन राहतकोष निर्माण गर्नका लागि उक्त  चलचित्र प्रदर्शन  गरिएकाे कुरा  शाखाका अध्यक्ष  गर्बुजाले बताए ।

“पोखरा, मुस्ताङ र अन्नपूर्ण आधार शिविर वरपर छायांकन गरिएको नेपाली सिनेमा क्षेत्रमा दर्शकहरुले निकै रुचाएको ब्राण्ड नै बनेको सिरिज हो ‘कबड्डी’, यो तेश्रो सिक्वेल हो जसले दर्शकहरूलाइ पूर्ण मनोरन्जन दिएकाेछ।  कोरियामा यसले ब्यापक सफलता प्राप्त गरेकाेछ।” मगर संघ थेगु शाखाका संरक्षक नगेन्द्र मगरले बताए ।

टिकट स्पाेन्सर गर्ने दुर्गा रेष्टुरेणट ख्यङशान यङनाम्दे र हल स्पाेन्सर गर्ने हिमालयन रेष्टुरेण्ट थेगु  लगायत हातेमालाे गर्ने संघ संस्था, नेपाल मगर संघ काेरिया केन्द्र, किम्हे शाखा, थेगु नेपाली मञ्च लाइ नेपाल मगर संघ थेगु शाखाका अध्यक्ष गर्वुजाले बिशेष धन्यबाद ज्ञापन गरेका छन्।

रामबाबु गुरुङ निर्देशित सिनेमा बासुरी फिल्मस् र सिनेमा आर्टको प्रस्तुतिमा निर्माण भएको यस “कबड्डी-३” चलचित्रमा स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्द रहेको सिनेमामा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, कर्मा शाक्य, विल्सन विक्रम राई, विजय बराल बुद्वि तामाङ, लुनिभा तुलाधर, विजय बराल लगायतका कलाकारहरूको अभिनय छ ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...