Advertisement
SKIP THIS

पर्यटन वर्ष २०२० लाई सफल पार्न काेरियामा नेपाली सांस्कृतिक महामेला २०१९ तथा स्रष्टा सम्मान कार्यक्रमको तयारी पूरा


नेपालको पर्यटन वर्ष २०२० लाई सफल पार्नका लागि राष्ट्रिय संगीतकर्मी संघको आयोजना तथा पर्यटन बोर्डको सहकार्यमा नेपाली सांस्कृतिक महामेला २०१९ तथा स्रष्टा सम्मान कार्यक्रमको तयारी पूरा भएको राष्ट्रिय संगीतकर्मी संघका महासचिव तथा कार्यक्रम संयोजक बिक्रम जङ्ग शाहले जनाएका छन् ।

नेपाली गीत संगीतको संरक्षण, सम्बर्द्धन तथा प्रवर्द्धन गर्ने उदेश्यले विभिन्न सांस्कृतिक क्रियाकलाप गर्दै आएका राष्ट्रिय संगीतकर्मी संघले नेपाल र दक्षिण कोरियाका आआफ्ना संस्कृती एक आपसमा आदानप्रदान गर्ने तथा अत्यधिक मात्रामा कोरियन नागरिकहरुलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गर्ने र साथै नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई भव्य र सभ्य रुपमा सफल पार्ने उदेश्यले नेपाली सांस्कृतिक महामेला २०१९ तथा स्रष्टा सम्मान कार्यक्रम गर्न लागेको राष्ट्रिय संगीतकर्मी संघका उपाध्यक्ष तथा कार्यक्रम प्रबन्धक श्याम धितालले जानकारी गराएका छन् ।

कोरियामा रहेका नेपालीहरुसँग नेपाली सांस्कृतिक महामेला २०१९ तथा स्रष्टा सम्मान कार्यक्रमलाई भव्य बनाउनका निम्ति वरिष्ठ गायक यम बराल, घमेश दुलाल र वरिष्ठ गायिका शर्मिला गुरुङ, हास्यकलाकार सूर्यमान शंकर ९इकु०, हट डान्सर सिर्जु अधिकारी, सन्ध्या सानू, चर्चित गायक अमृत खाती, राम थापा ुशिशिरु, नवराज ढुंगाना, चर्चित गायिका उमा श्रेष्ठ, श्रीदेवी देवकोटा र सेलो चर्चित गायक डि। वि। लोप्चन लगायत कोरियाकै इतिहासमा पहिलो पटक दुई दर्जन भन्दा बढि नेपाली कलाकारहरुको टोली कोरिया आउने भएका हुन् ।

नेपाली सांस्कृतिक महामेला २०१९ तथा स्रष्टा सम्मान कार्यक्रमलाई धुमधामसँग मनाउन नेपाल देखि चर्चित कलाकारहरु ल्याएर यसपालीको नेपाली सांस्कृतिक महामेला २०१९ तथा स्रष्टा सम्मान कार्यक्रम विशेष तरिकाले मनाउन लागिएको आयोजकले बताए । कार्यक्रममा उपस्थित भएर भरपुर मनोरञ्जन लिन कोरियामा रहेका नेपालीहरुलाई विशेष आग्रह गरिएको छ ।

सेप्टेम्बर १५ तारिक दिनको ११ बजे देखि जोङरो खुमीन ह्वयग्वान हलमा आयोजना हुने उक्त कार्यक्रममा जानका लागि ट्रेन लाईन नम्बर १ बाट दोङ्देमुन स्टेसनको ३ नम्बर गेट बाट सिधा ५ मिनेट हिडेर कार्यक्रम स्थलमा पुगिने आयोजकले जानकारी गराए । वरिष्ठ गायक यम बराल, घमेश दुलाल र वरिष्ठ गायिका शर्मिला गुरुङ, हट डान्सर सिर्जु अधिकारी, सन्ध्या सानू र हास्यकलाकार सूर्यमान शंकर ९इकु०ले स्टेजमा धामाका मच्चाउन सक्ने कलाकार भएकाले कार्यक्रम भब्य हुने आयोजकले जनाएको छ ।

साथै कोरियामा अन्य कार्यक्रमहरुमा सहभागी हुँदै आएका विभिन्न विधाका चर्चित कलाकारहरु, व्यवसायीहरु तथा समाजसेवीहरु समेतलाई सम्मान गर्ने कार्यक्रम रहेको आयोकले बताएका छन् ।

स्टार रेमिटको सेवा कार्यक्रममा कोरियामा पहिलो पटक नेपालीको लगानीमा संचालित स्टार रेमिटले स्टार रेमिटको एप दर्ता गर्ने सुविधा राखिएको जनाएको छ । स्टार रेमिटको एप दर्ता गर्दा पहिलो पटक ५ हजार वनको निशुल्क कुपन प्राप्त गर्न सकिने स्टार रेमिटका नेपाल प्रमुख अशोक मैनालीले जानकारी गराएका छन् । अटो डेविट र म्यानुअल दुवै प्रणाली भएकै कारण स्टार रेमिट अहिले कोरियाबासी नेपालीहरुको माझ अत्यधिक लोकप्रिय बन्दै गएको रेमिटेन्स हो । एप दर्ताका लागि एलियन कार्ड, कोरियाको बैंक खाता र पासपोर्ट आवश्यक पर्ने नेपाल प्रमुख मैनालीले जानकारी गराए । सरल, छिटो र सुरक्षित सेवा दिदै आएको स्टार रेमिटको मुख्य कार्यालय दोगंदेमुन ३ नम्बर गेटसँगै रहेको छ । स्टार रेमिट मार्फत पैसा पठाउदा नेपालको जुनसुकै बैंकबाट र जुनसुकै ठाँउबाट नगद भुक्तानी लिन सकिने नेपाल प्रमुख मैनालीले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...