एनआरएनए कोरियाको केन्द्रिय अधिवेशन र स्यालको कथा


लोक कथा  भर्सेस फटाहा कथा । लोक कथा,  मतलव परापुर्व कालदेखी श्रुतिको मध्यामबाट नया पुस्तामा हस्तान्तरण हुदै लोकमा चलेका कथा । ठ्याक्कै परिभाषा चाही के हुन्छ अनविज्ञ नै छु । त्यस्तै एउटा लोक कथा र त्यसको आबरणमा बनेको अर्को कथा बताउदै छु । स्यालको हुइ्यासग जोडिएका दुइ वटा लोक कथाहरु छन् । एउटा लोक कथा अर्को लोक कथा सगै जोडेर बनाईएको फटाहा कथा । दुइ वटै कथामा बैज्ञानिक तथा सामाजिक पुष्टी पनि पाइदैन तैपनी यदा कदा कथाहरु प्रसङ्गमा आइरहन्छन ।
दिउसो सिकारको सिलसिलामा छुट्टिएका स्यालका झुण्डहरु रातचाही समुह मै बिताउन चाहान्छन । त्यहि छुट्टिएका स्यालहरुले साझमा साथीलाई बोलाउन समुहको एउटा स्यालले ह्वा गरेर आवाज निकाल्छ अनि टाढा भएका स्यालहरुले त्यहि आवाजलाई पच्छाएर ह्वा ह्वा गरिदिन्छन । यहि साझमा हुने स्यालहरुको ह्वा सग आधारित पहिलो कथा ।
कथा यस्तो छ । स्यालको राजाले साझमा ह्वा गरेर म राजा हु भनेको रे त्यो सुनेर अरु स्यालहरुले चाही ह्वा ह्वा गरेर हो हो भनेको रे । थाहा छैन त्यो पहिला कराउने राजा हो कि होइन  अनि त्यो पछी कराउने प्रजा हो कि होइन । तर, कथा निरन्तर चलिरहेको छ । ठ्याक्कै यहि कथामा जोडेर आउछ अर्को फटाहा कथा । कथा यस्तो छ । त्यो सुरुमा कराउने राजा स्यालले ह्वा गरेर म राजा हु भन्दा त्यसको दुई वटा सिंग निस्किन्छ रे । त्यही बेलामा फ्याक्क हानेर झार्न सक्यो भने स्यालको सिंग भेटिन्छ रे । त्यसको मुल्य करोडौ हुन्छ रे । बनझाक्रिको हड्डि , गाईको गौलोचन , नागमणी जस्तै ठगहरुको बजारमा स्यालको सिंड पनि एउटा गतिलो नाम हो ।
पहिलो कथा जसले बालबालिकाहरुलाई मनोञ्जन प्रदान गर्ने काम गर्दछ तर हानी पुर्याउदैन । अनि अर्को कथा जसले मान्छेहरुलाई लोभमा पारेर ठग्ने काम गर्दछ । अब प्रसंग जोडौ एन आर एन ए कोरियाको केन्द्रिय अधिवेशन अनि त्यसका प्रत्यासीहरुको चुनाबी प्रतिबद्धताको । उमेरद्धवारका प्रतिबद्धताहरु हेर्दा लाग्छ उनिहरुले जिते भने भोली नै स्यालको सिगं झार्ने छन् । अझ रमाइलो कुरा त के छ भने पुरानो कार्यसमितीमा बसेर केही थान फ्यानह्विइजम वाला राम्यान चपेस्टिक भाच्न नसकेकाहरु त झन अगराखकै मुडा भाच्ने प्रतिबद्धता जारी गरेको गरै छन । यस्तो बेलामा कोरियामा रहेका नेपाली समुदायले सच्चिकै नै एन आर एन ए लाई बलियो र नेपालको बिकासमा योगदान पुर्याउने पुल बनाउन कोशिष गर्ने हो भने उमेरद्धवारी घोषणा गर्नेहरुको प्रतिबद्धता सगै तिनीहरुको बिगतलाई पनि ध्यान दिएर निर्णय गर्नु पर्ने देखिन्छ किनकी मोही मथेर घिउ निस्दिैन ।
हामीले हरेक उमेरद्धारलाई प्रस्न गर्न हिच्किचाउनु हुन्न । कोहिले तपाईसग भोट माग्दै गर्दा तपाईलाई भोट किन ? तपाईले जित्दा एन आर एन कोरियाले नया नेता मात्र पाउछ कि ? नेपाली समुदाय र नेपालले पनि केही पाउछ ? आम नेपालीको पैसाले उठाएको नेपाल हाउसलाई मन्द बिष पिलाएर ब्रमनालमा सुताउने को हो ? अब त्यसलाई के गर्नु हुन्छ ? एन आए एन ए को ब्याच लगाएर नेपाली कै पैसा खाएर फरार हुने अपराधीको बिरुद्धमा बोल्न एन आर एन ए को मुखमा कसले मुखमा पिडालु अड्काएको थियो ? केहि लेख्न कसले हात समातेको थियो ? सत्यको वकालत गर्न आफु सत्यमा रहनु पर्छ । आफु झुटको खामो माथी चडेर तल हेर्दामा अग्लो हुन सकिएला तर सत्यको पथमा रहन सक्दैन ।
हामीलाई पनि थाहा छ , यहा सबै ब्यबसाय तथा काम गर्न केही पढ्न आएका नेपाली छन् । घास खाएर बाच्ने घोडाको दोस्ती घास सग हुनै सक्दैन । यदि भयो भने घोडा मर्छ । ब्यापारको धर्म हो नाफा । नाफा भएन भने ब्यापार जिवित रहन सक्दैन तसर्थ ब्यापारीहरुले आफ्नो ब्यापारलाई लक्षित गरेर कुनै क्रियाक्लाप गर्छ भने त्यो उसकोब्यापारी धर्म भित्र रहने कुरा हो । तर कुनै संघ सस्थाहरुलाई ब्यापार बढाउने उदेश्यका साथ संचालन गरियो भने ब्यापारीलाई त फाइदै होेला तर सस्था चाही मर्दाे रहेछ त्यसको नमुना नेपाल हाउस काफी छ ।
यो पत्तिकारले केही एन आर एन ए का प्रत्यासी हरुसग कुरा गर्दा के पाए भने अधिकांसले त बिधान पनि हेरेका रहेनछन भने एन आर एन ए स्थापना गर्नु को मुल उदेश्य थाहा पाउने कुरै भएन । एन आर एन ए स्थापना गर्नु को मुल उदेश्य भनेकै बिदेशमा रहेका नेपालीको सिप ज्ञान र पुजी नेपालमा लगाई देशको बिकासमा योगदान पुर्याउने भन्ने नै हो । त्यसको लागी एन आर एन ए ले नेपाल सरकार र बिदेशमा रहेका नेपाली बिच पुलको काम गर्ने हो । नेपालको आर्थिक बिकासमा टेवा पुर्याउने सभा सम्मेलन अन्तरक्रिया र अनुसन्धान गर्ने हो । नेपालमा लगानीको लागी अनुकुल क्षेत्रहरुको बारेमा नेपाल सरकार सग समन्वय गरि बिदेशमा रहेका नेपाली समुदायलाई जानकार गराउने र नेतृत्व गर्ने हो । प्रश्न गर्नु पर्ने ठाउ यो हो , प्रतिबद्धता खोज्नु पर्ने ठाउ यो हो । यता तिर धेरै प्रत्यासीहरुको नत प्रतिबद्धता देखीन्छ न त त्यस्तो बुझाई नै । अन्तयामा एन आर एन ए सस्था नेपालीकै सस्था हो । यसलाई बलियो बनाउन हामी सबै लागौ । सहि नेतृत्व चयन गर्न सहयोग गरौ । फेरी पनि दोर्याउछु स्यालको सिगं हुदैन वा निस्किदैन । स्यालको सिगं समात्न कसैले प्रेरित गर्ला , याद गरौ एन आर एन ए कोरियालाई बलियो बनाउन आफ्नो पुर्ण स्वबिवेक प्रयोग गरौ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...