अनेसासको काव्य सुधाकाे श्रृखलामा छन्द कविता वाचन सम्पन्न
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) दक्षिण काेरिया च्याप्टरद्वारा काव्य सुधाकाे श्रृखलामा छन्द कविता वाचन सम्पन्न भएको छ ।
दक्षिण काेरियाकाे राजधानी सउलकाे दाेङ्देमुन स्थित सुवेच्छा नेपाली रेष्टुरेण्टकाे हलमा भएकाे उक्त कार्यक्रममा करिब तीन दर्जन सर्जकहरूकाे उपस्थिति भएकाे थियाे ।
छन्द सरिता नाम दिइएकाे उक्त कार्यक्रममा चार जना छन्द कविहरू गाेपीकृष्ण लामिछाने, सराेज सर्वहारा, जनक सन्याल र प्रमाेद सारंगकाे विशेष वाचन रहेकाे थियाे भने कृष्ण रिजाल, कमल बाछिटे, अार एन , सुमन तिमिल्सिना, संजय, सुनिल दिप्त राई, जीवन खत्री, अनिल किराती, लगायत दुई दर्जन स्रष्टाहरूले रचनावाचन गरेका थिए ।
कवि जीवन खत्रीकाे प्रमुख अातिथ्यतामा सम्पन्न कार्यक्रममा सुमन तिम्सिनाले स्वागत मन्तव्य राखेका थिए भने लाेकराज न्याैपानेले सञ्चालन गरेका थिए l