आफूखुसी संस्कृतिक कार्यक्रमलाई सहयोग नगर्न आग्रह
कोरियाली छुसक र सलनालमा सन २००९ देखि आपसी समझदारीमा पालैपालो सांस्कृतिक कार्यक्रम गर्ने परम्परा तोडेको भन्दै नेपाली सम्पर्क समिती, नेपाल आदिवासी जनजाती महासंघ, तमु धीं, प्रदेश नम्बर ३ एकता समाज र सुदरपश्चिमाञ्चल समाजले संयुक्त विज्ञप्ति निकालेका छन् ।
विज्ञप्तिमा कोरियामा रहेका ‘केहि संघ संस्थाहरुले आफुखुशि बिभिन्न बहानामा सिंगो नेपाली समाजलाई नै आतंकित र भाडभैलो हुने गरि सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको खबरले बिगत देखि कार्यक्रम बाडफाड गर्दै आएको संस्थाहरु नेपाली सम्पर्क समिति र नेपाल आदिवासी जनजाति महासंघ कोरियाको गम्भिर ध्यानाकर्षण भएकोछ।
बिगतका बर्षहरुमा पनि यसरी बिभिन्न बहानामा कार्यक्रम आयोजना गरि ब्यक्तिगत लाभ लिन सक्रिय त्यस्ता समुहहरुले आयोजना गर्ने कुनै पनि कार्यक्रमहरुलाई सहयोग नगर्न सम्पुर्ण कोरियाबासी नेपाली समुदाय तथा संघ संस्थाहरुलाई हार्दिक अनुरोध गरिन्छ भनिएको छ ।’
कुन कुन संस्था ले आफूखुसी कार्यक्रम गर्न लागेको चाहिँ नखुलाएको भए पनि पूर्वाञ्चल सरोकार समाज अन्तर्गतका दुई जिल्लाले सेप्टेम्बर १२ र १३ मा सांस्कृतिक कार्यक्रम गर्दैछन् भने १३ मै आपातकालीन राहतकोष स्थापना गर्ने भन्दै छुट्टै सांस्कृतिक कार्यक्रम आयोजना हुँदैछ ।