टीका थेगिमद्वारा एनआरएन कोरियाको यूवा संयोजकमा उम्मेद्वारी घोषणा
गैरआवासीय नेपाली संघ दक्षिण कोरियाको यूवा संयोजक पदमा टीका थेगिमले उम्मेद्वारी दिने भएका छन्। किरात याक्थुङ चुम्लुङ कोरियाका सल्लाहकार तथा निवर्तमान कोषाध्यक्ष र इलामेली सेवा समाजका सल्लाहकार समेत रहेका थेगिमले आसन्न एनआरएन कोरियाको अधिवेशनका लागि यूवा संयोजकमा उम्मेद्बारी घोषणा गरेको जानकारी गराएका छन्।
सन २०१० मा कोरिया प्रवेश गरेका थेगिमले फोनजसँग कुरा गर्दै केही प्रतिबद्धता समेत राखेका छन्। कोरिया कर्मथलो बनाएका नेपाली यूवाहरुमा एकता खोज्दै NRN मा युवाहरुको सकृय उपस्थिति र सामाजिक कामहरु गराउदै जाने साथै केही यूवाहरुको NRN होईनौ भन्ने एक किसिमको जिज्ञासालाई चिर्न NRN को परिमार्जन परिभाषा सबै युवाहरु माँझ पुर्याउन र सूचना प्रबिधिको प्रयोग गर्दै नेपाल भ्रमण बर्ष २०२० लाई ब्यापक प्रचार प्रसार गर्ने रहेको छ।
आउँदो सेप्टेम्बर २१/२२ मा हुन गइरहेको एनआरएन कोरियाको ७ औँ अधिवेशनमा आफूलाई अत्याधिक मत दिएर विजय गराईदिनको लागि कोरियाबासी नेपाली दाजूभाई तथा दिदीबहिनिहरुमा हार्दिक अनुरोध गरेका छन्।