Advertisement
SKIP THIS

तमु धीं दक्षिण काेरियाले गर्ने चौथो रोधी सांगीतिक सौगात कार्यक्रमको तयारी तीब्र


तमु धीं दक्षिण कोरियाले छुसकको दोस्रो दिन अर्थात सेप्टेम्बर १३ मा गर्ने चौथो रोधी सांगीतिक सौगात कार्यक्रम तयारी तिब्र रुपमा भैरहेको आयोजकले जनाएका छन् । आइतबार सउलमा भएको पत्रकार सम्मेलनमा सो कुरा जानकारी गराएका हुन् ।
‘हामीले सबै कलाकारको डकुमेन्टहरु पठाई सकेको छौं । हामीले ल्याउँछाै भनेकाे सबै कलाकार कोरिया आउनु हुन्छ ।’ तमु धीं दक्षिण कोरियाका अध्यक्ष जीत गुरुङले भने । ‘कार्यक्रम भव्य बनाउने प्रयासमा छौं । यसकाे लागी दक्षिण काेरियामा रहेका सबै नेपालीले अार्थिक, भाैतिक र नैतिक सहयाेग गर्नु हुन्छ भन्ने अाशा लिएका छाै । हाम्राे  कार्यक्रम हुने हल पनि दिङदेमुन देखि एक स्टेशन मात्रै टाढा  छ ।’ उनले थपे ।
तमु धीं दक्षिण कोरियाका संरक्षक भीम गुरुङले विगतलाई सम्झदै तमु धीं पुरानो संस्था भएको र धेरै सामाजिक काम गरेको सुनाए । ‘पहिले संस्था सुरु गर्ने समयमा हामीले गुरुङ दाजुभाइ दिदी बहिनी सँग भेटेर परिचय गर्नलाई सुरु भएको हो । साथीभाइ नै थिएनन । भएका एकदमै टाढा टाढा थिए ।’ उनले भने । ‘अहिले संस्था ठूलो भएको छ सामाजिक कामहरु पनि भएका छन् । यसरी नै गर्ने सांस्कृतिक कार्यक्रमहरुबाट उठेको पैसाबाट नै सामाजिक कार्य गर्ने हो । त्यसैले सबैले सहयोग गर्नु हुन्छ भन्ने हामीले ठानेका छौ ।’ उनले थपे ।
नेपाली सम्पर्क समितिका वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ र नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष युगेल शेर्पाले पनि कार्यक्रम सफलताको शुभकामना सहित कार्यक्रम बाँडफाँडमा आफ्नो संस्थाले खेलेको भुमिकाका बारेमा प्रष्ट पारेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...