पदम राईद्वारा एनआरएन कोरियाको यूवा संयोजकमा उम्मेद्वारी घोषणा
गैरआवासीय नेपाली संघ दक्षिण कोरियाको यूवा संयोजक पदमा पदम राईले उम्मेद्वारी दिने भएका छन्। हाल किरात राई यायोक्खाका सचिव समेत रहेका राईले फोनिजसँग कुरा गर्दै आसन्न एनआरएन कोरियाको अधिवेशनका लागि यूवा संयोजकमा उम्मेद्बारी घोषणा गरेको जानकारी गराएका हुन्।
करिब ४ वर्ष अघि कोरिया प्रवेश गरेका राई सामाजिक कार्यहरुमा सक्रिय छन्। सहयोगी र मिलनसार स्वभावका कारण यूवाहरुमाझ राई लोकप्रिय छन्। कोरियामा रहेका यूवाहरुलाई भावनात्मक एकतामा बाँधी सामाजिक कार्यहरूमा अग्रसर गराउने राईको मूख्य योजना रहेको छ भने एनआरएन कोरिया र यूवाहरु बीच समन्वयकारी भूमिका निर्वाह गर्नेमा प्रतिबद्ध रहने बताएका छन्।
आउँदो सेप्टेम्बर २१/२२ मा हुन गइरहेको एनआरएन कोरियाको ७ औँ अधिवेशनमा आफूलाई अत्याधिक मत दिएर विजय गराईदिनको लागि कोरियाबासी नेपाली दाजूभाई तथा दिदीबहिनिहरुमा हार्दिक अनुरोध गरेका छन्।