Advertisement
SKIP THIS

कोरियामा रहेका तामाङहरूको ह्याङला रिमठीम वनभोज कार्यक्रम सम्पन्न


नेपाल तामाङ संघ दक्षिण कोरिया र तामाङ समाज ख्यङ्साङ्नाम्दो बुसानको संयुक्त आयोजनामा भएको ह्याङ्ला रिमठीम वनभोज कार्यक्रम सम्पन्न भएको छ ।

जुलाई २७ र २८ मा भएको उक्त कार्यक्रममा ३ सय जना भन्दा बढीको सहभागी रहेको कार्यक्रम संयोजक गोकुल थोकरले जानकारी दिए। कार्यक्रममा अन्य समुदायबाट पनि बाक्लो उपस्थिति रहेको थियो भने कोरियाका विभिन्न संस्थाको प्रतिनिधिको समेत उल्लेख्य सहभागीता थियो ।कार्यक्रममा उपस्थिति जनाएर सफल पारेकोमा सहभागी सबैलाई संयोजक थोकरले धन्यवाद ज्ञापन गरेका छन । “हामीले चाहे जस्तै कार्यक्रम भो । सहयोग गर्नु हुने र सहभागी सबैलाई मनै देखि आभार प्रकट गर्दछु ।” उनले भने ।

भोजमा सहभागी हुदै

छुङ्छाङनाम्दोको छुङ्नाम खुम्सानगुनमा रहेको सेधेसान ड्रीम रेसोर्टमा भएको उक्त वनभोज कार्यक्रममा सहभागीहरुले प्राकृतिक दृश्यावलोकन र चिसो पानीमा पौडीको आनन्द लिएका थिए भने विभिन्न सांस्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन गर्ने अवसर पाएका थिए । अनौपचारिक सांस्कृतिक कार्यक्रमको क्रममा तामाङ समाज ख्याङ्सङनाम्दोको तर्फबाट तामाङ समाजमा प्रचलित चारदाम(चार ताम पनि भन्ने गरिन्छ ।)को प्रस्तुति पनि गरेका थिए ।

तामाङ समाजमा बिवाहा हुने बेलामा माइती पक्षले आफ्नो छोरी/चेलीलाई केटा पक्षको अभिभावकको रोहवरमा जिम्मा लगाउदाको परम्परागत विधि नै चारदम हो । यस विधिको एउटा महत्त्वपूर्ण पक्ष भनेको आफ्नो चेलीको भरण पोषण गर्ने जिम्मा केटा पक्षलाई दिएपनि चेलीको हड्डीको अधिकार चाहिँ माइती पक्षमै सुरक्षीत रहने परम्पराको बारेमा तामाङ समाज ख्यङ्साङ्नाम्दोको उपाध्यक्ष मानकुमार तामाङले दिएका थिए । “यसको अर्थ भविस्यमा चेलीको जुनसुकै कारणले मृत्यु भएपनि माइती पक्षको उपस्थिति बिना कसैले केही गर्न नपाइने हो । अर्थात मृत्यु संस्कारको कुनै पनि कार्य हुनु अघि माइती पक्ष उपस्थित भएर उसको अनुमति अनिवार्य हुन्छ ।” तामाङले भने । यदि माइती पक्षलाई मृत्यु अस्वभाविक लागेमा सामाजिक वा न्यायीक छानबिनको माग समेत गर्ने अधिकार सुरक्षीत रहने मान्यता रहेक छ ।

दोङदेमुन बाट वनभोज तर्फ जाने बसमा सहभागीहरु

साँस्कृतिक कार्यक्रममा कोरियामै रहेर आफ्नो सांगीतिक यात्रा पनि गरिरहेका गायकहरु ज्ञान लामा, राज ब्लोन, मनिराज घलन र सुर्य रुम्बा लगायतले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए भने सन्जिका लोप्चन, सुजता तामाङ, जुलिफा तामाङ लगायतले आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।

त्यस्तै विभिन्न खेलहरु खेलेर पनि सहभागीहरुले मनोरञ्जन लिएका थिए । मादलको तालमा म्युजिकल चियर, तातो आलु, एक खुट्टे दौड लगायतको खेलमा विजेताहरुलाई पुरस्कारको समेत वयवस्था गरेको थियो ।

वनभोज कार्यक्रममा सहभागी भएका एनआरएनकी अध्यक्ष लक्ष्मी गुरुङ लगायत

वनभोजको अन्तिममा औपचारिक कार्यक्रम समेत आयोजना गरेका थिए । नेपाल तामाङ संघ दक्षिण कारिएको अध्यक्ष मेघप्रसाद वाइवाको सभापतित्व र जनजाति महासंघ कोरियाको अध्यक्ष युगेल तेन्डुप शेर्पाको प्रमुख आतिथ्यमा भएको यसक्रमको क्रममा छुसकमा हुने विभिन्न कार्यक्रमहरुको पोस्टर तथा ब्यानर समेत सार्वजनिक गरेका थिए । त्यस्तै तमाङ समाज ख्यङसाङ्नाम्दोको कार्यवाहक अध्यक्ष सुजित घिसिङ, एनसिसिको अध्यक्ष अन्जु केसी लगायत जातीय तथा क्षेत्रीय संस्थाको प्रतिनिधिहरु अतिथिको रुपमा रहेका थिए ।

थप तस्वीरहरु

मादलको साथमा सहभागीहरु

तामाङ संघ द. कोरियाकी बरिस्ठ उपाध्यक्ष स्नेह लामा र तामाङ पत्रकार संघ द. कोरियाकी अध्यक्ष सिमा लामा

तामाङ संघ द. कोरियाका अध्यक्ष मेघप्रसाद वाइबा, आदिवासी जनजाती महासंघ द. कोरियाको अध्यक्ष युगेल तेन्टुव शेर्पा र तामाङ समाज ख्यङ्साङ्नाम्दोका का. अध्यक्ष सुजित घिसिङ

दोसल्लाले सम्मान पश्चात् कलाकार

कार्यक्रम सफलतामा विशेष योगदान दिने चेलीहरु सम्मान पश्चात्

फोटोसेसन गर्दै सहभागीहरु

भोजमा सहभागी हुदै

चिसो पानीमा पौडी खेलेर मज्जा लिदै सहभागीहरु -तस्वीर बिबि स्याङतान

खेलमा सहभागी हुँदै

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...