Advertisement
SKIP THIS

हलेसी रनिङ कप जुलाई १२ मा, १६ टिम भिड्दै


भरत तुलाचन

सोल-खोटाङ सेवा समाज कोरियाले खेलकूद बिकास तथा आपतकालिन राहत कोष निर्माण सहयोगार्थ आगामी जुलाई १२ तारिख आईतबारको दिन आयोजना गर्न गई रहेको हलेसी रनिङ कप २०१५ को टाईशीट सार्बजनिक गरेको छ ।

 

गत २८ तारिख आईतबारको दिन राजधानी सोलको तोङदेमुन स्थित लक्ष्मी रेष्टुरेण्टमा सम्पन्न गोलाप्रथा कार्यक्रममा उपस्थित सहभागी १६ टीमकै प्रतिनिधिहरुको उपस्थितिमा खेल टाईशीट तयार गरिएको हो ।

 

पूर्ब सूचना र नियमानुसार जुन ५ तारिख आईतबारको दिन आयोजना गरिनुपर्ने उक्त आयोजना हल ब्यबस्था लगायत कोरियामा फैलि रहेको महामारी रोग मर्सको कारण एक हप्तापछि अर्थात जुलाई १२ तारिखको दिन सारिएको जानकारी प्राप्त भएको छ । खोटाङ सेवा समाजका अध्यक्ष अमृत राईले दिएको जानकारी अनुसार कूल १६ टीमले सहभागिता जनाएको यस आयोजनामा समय अभाव हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै बिहान ठीक ९ बजेदेखि खेल संचालन गरिने छ । टाईशीट अनुसार आयोजनाको पहिलो खेल आयोजक टीम खोटाङ सेवा समाज र गुल्मी सम्पर्क समिति बिच प्रतिष्प्रर्धा हुने छ भने दोश्रो खेल पर्वत प्रवासी सेवा समाज र स्याङजा परिवार बिच प्रतिष्प्रर्धा हुने छ ।

 

यस आयोजनामा समाबेश गरिएको भाग्यशाली चिट्ठामा लेखिएको मिति जुलाई ५ तारिख भएको भएता पनि उक्त चिट्ठाको नतिजा खोटाङ हलेसी रनिङ कप २०१५ आयोजना दिन अर्थात जुलाई १२ तारिख खोलिने छ । खेलकूद बिकास तथा आपतकालिन राहत कोष निर्माण गर्ने लक्ष सहितको यस आयोजनामा कोरियामा रहेका सम्पूर्ण संघ संस्थाहरु, बुद्दीजिवी ,ब्यापार व्यवसायीहरु, बिधार्थी ,पत्रकार लगायत सम्पूर्ण प्रवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई उपस्थित भई भब्य रुपमा सफल पारि दिनु हुन हार्दिक अनुरोध गरिएको छ ।

 

स्थान:

헤화 여자 고등 학교 서울

( Hyehwa Girls` High School )

मिति: १२ जुलाई २०१५

समय: बिहान बिहान ९ बजे देखि ।

हलमा जाने तरिका: ट्रेन लाईन नम्बर ४ को सुयु स्टेशनको ५ नम्बर गेटबाट अगाडी १० मिनेट हिंडेर पुगिने ।

वा तोङदेमुनको ३ नम्बर गेट निरको बिचबाट १५२, १२ र १४४ नम्बरको बस चढ्नु भएमा बसको लास्ट स्टेशनमा झरेर पनि आयोजना स्थल पुग्न सकिन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वी नेपाल समाजले दीपावली विशेष शुभकामना आदानप्रदान एवम देउसी भैलो आयोजना गर्दै
  • नेपाल कोरियाको साँस्कृतिक मेलमिलाप दर्शाउने तेक्वान्दो प्रदर्शन
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • नवौं रेसुङ्गा भलिबल कप २०२५ उपाधी गुल्मीको पोल्टामा, उपविजेता सुदुरपश्चिम समाज
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...