Advertisement
SKIP THIS

फाेनिज काेरियाले दक्षिण काेरियाका जातीय संस्थाहरूसँग पहिचान संवाद श्रृङ्खला गर्याे


नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) दक्षिण कोरियाले पहिचानको आन्दोलनमा प्रवासमा जातिय संस्थाहरुको भूमिका विषयक ‘पहिचान संवाद श्रृङ्खला’ कार्यक्रम गरेकाे छ । आइताबार सउल दोङदेमुनको दर्शन नमस्ते रेष्टुरेण्टको सभा हलमा यहाँ रहेका बाह्रा जातिय संघ संस्थाहरुको अध्यक्षहरुलाई राखेर खुल्ला संवाद गरेको हो ।
संवादमा फानिजका सल्लाहकार यम श्रीस् मगरले फोनिजले गरेका काम र फाेनिज काेरिया न्युज पोर्टलबारे संक्षिप्तमा जानकारी गराएका थिए । कार्यक्रममा स्वागत तथा कार्यक्रमबारे फोनिजका सचिव सिमा लामाले छोटकारीमा जानकारी दिएका थिए ।
संवादमा नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष युगेल तेन्टुप शेर्पा, नेपाल मगर संघ दक्षिण कोरियाका अध्यक्ष सिपी मगर, तमु धीं दक्षिण कोरियाका अध्यक्ष जीत गुरूङ, नेपाल तामाङ संघ, दक्षिण कोरियाका अध्यक्ष मेघप्रसाद वाइबा तामाङ, किरात रार्इ यायोख्खा दक्षिण कोरियाका अध्यक्ष बाल कृष्ण बान्तवा, किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाका अध्यक्ष सुन्दरदिप आङदेम्बे, थारू कल्यानकारिणी सभा दक्षिण कोरियाका उपाध्यक्ष शिव शंकर महतो थारू, ह्योल्मो सेवा समाज दक्षिण कोरियाका अध्यक्ष बाबु ज्याबा ह्योल्मो र नेपाल शेर्पा संघ दक्षिण कोरियाका महासचिव थुप्तेन ग्याल्जी शेर्पा वक्ताका रूपमा उपस्थिति थियो । सहजिकरण भने फोनिजका अध्यक्ष गोकुल थोकरले गरेका थिए ।

संवादमा नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष युगेल तेन्डुप शेर्पाले अहिले नेपालका विभिन्न जातजातिहरुले विगतमा राज्य सत्ताले एकात्मक ढाँचले खोसिएको पहिचान खोज्ने आजको आन्दोलनको औचित्य रहेको प्रष्ट पारे । उनले खासमा लोकतन्त्रको व्यवस्थामा पनि आम मानिसले जातिय पहिचान बारे स्पष्ट नबुझेका बताए ।
संवादमा आफ्नो पहिचानको निरन्तर रुपमा विभिन्न साँस्कृतिक तथा राजनैतिक तरिकाले अघि लम्किरहेको बताएका छन् । उनीहरुले आदिवासी जनजातिहरुले कुनै समयमा पहिचानको मुद्धा जित्ने बताएका छन् भने त्यसको समय ढिलो चाँडो हुने मात्रै रहेको बताए । नेपालमा बहुजातिय, बहुभाषिक, बहुसाँस्कृतिक भएको देश रहे पनि अहिलेसम्म राज्य सत्ताका शासकहरले दमन, भेदवाभ गरिरहेका अवस्था रहेको अध्यक्षहरुको भनाई थियो । उनीहरुले आदिवासी जनजातिहरु जहाँ रहेपनि साँस्कृतिक, सामाजिक, भाषिक, भेषभुषा तथा साँगीतिक तवरले पहिचानलाई संरक्षण र प्रबद्र्धन गर्दै आएको बताए । अबको दिनमा प्रवासमा सांगीतिक मनोरञ्जन कार्यकक्रम मात्र होइन, सैद्धान्तिक तरिकाले मूलधारको विषयमा कार्य गर्दै जाने अध्यक्षहरुले बताएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...