Advertisement
SKIP THIS

न्युयोर्कमा पाचौ ट्राभलिङ किम्फ फेस्टिभल सम्पन्न


अमेरिकाको न्युयोर्कमा पाचौ ट्राभलिङ किम्फ (काठमाडौ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल) फेस्टिभल सम्पन्न भएको छ । हिमाल एशोसिएसनको अायोजनामा र एभरेस्ट टाइम्स फाउन्डेसनको सह-आयोजनामा सो फेष्टिभल गत जुन १६ तारिख आइतबार न्युयोर्कको उडसाइडस्थित धर्म हाउसमा भएको थियो ।
नेपालमा लामो समयदेखि हिमाल एसोसिएसनले आयोजनामा गर्दै आएको किम्फलाई नेपाल बाहिर ट्राभलिङ किम्फको रुपमा विगत पाँच वर्षदेखि अमेरिकामा एभरेस्ट टाइम्सको सहआयोजनामा प्रर्दशन हुदै आएको छ । यस पटकदेखि एभरेष्ट टाइम्सकै नामबाट स्थापना गरेको फाउण्डेसनको सहआयोजनामा नेपालको ग्रामीण भेगको वास्तविक कथा वस्तु समेेटेर बनाइएका विभिन्न उत्कृष्ट चलचित्र र डकुमेन्ट्रीहरु अमेरिकामा देखाउदै आएको छ ।
यस पटक सुपर माङ्क, मरिसकेको मान्छे, तातिनी, माउन्टेन मदर, डोल्पा डायरी र कथा ७२ चलचित्र प्रर्दशन गरिएको थियो । यस पटकको किम्फमा कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुको साथै अन्य मुलुकको दर्शकहरु पनि आएका थिए । एभरेस्ट टाइम्सले हरेक वर्ष आयोजना गर्दै आएको किम्फबाट उठ्ने रकम नेपालको ग्रामीण भेगको विद्यालयलाई सहयोग गदै आइरहेको छ । किम्फ प्रर्दशन गरेर संकलन हुदै आएको रकम एभरेष्ट टाइम्सले शुरुमा सोलुखुम्बु जिल्लाको चाँगेस्थान मावि केरुङ र सेर्गा बागम प्रावि सेर्गालाई, त्यसपछि सिन्धुपाल्चोकको जम्बीयाङ प्राविलाई र गत बर्ष रामेछाप जिल्लाको बाल्दिङ विद्यालयलाई दिएको थियो ।
यस पटक प्रर्दशन हुने किम्फबाट उठ्ने रकम भोजपुर जिल्लाको कुनै दुर्गम विद्यालयलाई दिने योजना रहेको एभरेष्ट टाइम्सले जनाएको छ । ‘प्रवासमा ग्रामीण भेगको मन छुने राम्रो डकुमेन्ट्रीहरु देखाएर नेपालको चिनारी दिनुको साथै यस कार्यक्रमबाट संकलन रकम दुर्गम गाउको विद्यालयलाई सहयोग गर्न पाउदा खुसी लागेको छ ‘ एभरेस्ट टाइम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पाले भने -‘ कार्यक्रममा उपस्थित भएर सहयोग गर्नेहरुलाइ हार्दिक धन्यवाद दिन चाहान्छु ‘ । उनका अनुसार किम्फबाट उठ्ने रकम जिल्लालाई दिने भनेर घोषणा गरेसागै सम्बन्धित जिल्लाका संघसंस्थाहरु तथा व्यक्तिहरुले पनि सहयोग गरिरहेको उनले बताए ।
‘पाँचौ संस्करणसम्म आउदा दर्शकहरुले दिदै आएको माया र साथले हाम्रो यात्रा अझ उज्वल देखेका छौ’ एभरेष्ट टाइम्सको सम्पादक ङिमा पाख्रिनले भने- ‘हामीले नेपाली समुदायहरुको साथै अन्य मुलुकका नागरिकलाइ पनि किम्फको महत्व बुझाउने सोच अनुरुप हाम्रो टिमले गरेको यो सफलता ठानेका छौ’ । पाँचौ किम्फमा सहाभागीहरुको उपस्थितिले खुसी लागेको एभरेष्ट टाइम्सको प्रबन्धक निर्देशक तेम्बा दोङबा हृयोल्मोले बताए । ‘ यसपटक सोचेको भन्द पनि बढि सहाभागीहरुको साथ र सहयोगले हामीलाई उत्साहीत तुल्याएको छ ‘ ।
महोत्सवमा उपस्थित दर्शकहरुले सवै वृतचित्रहरु मन छुने र सन्देशमुलक रहेको बताए । कतिपय दर्शकहरुको आँखा रसाएको बताएका थिए । किम्फमा सम्पादक पाख्रीन सम्मानीत किम्फमा एभरेष्टटाइम्सको सम्पादक ङिमा पाख्रिन पत्रकारिताको साथै न्युयोर्कमा निरन्तर रुपमा किम्फको संयोजन गरेवापत न्युयोर्क सिटिले सम्मान गरेका थिए । उक्त सम्मानपत्र काउन्सीलमेन कोष्टा कोष्टनटिनीदेसको कार्यालबाट प्रदान गरिएको थियो । सम्मान पत्र सम्पादक पाख्रिनलाई न्युयोर्क सिटिको कम्युनिटि ल्याजन जोया चौधरीले प्रदान गरेका थिए ।
‘आफुले न्युर्योकमा गरेको सानो प्रयासलाई न्युर्योकसिटि काउन्सीलले चिनेर सम्मान गरेकोमा एभरेष्ट र न्युयोर्कसिटि काउन्सीललाई धन्यवाद ज्ञापन गर्न चाहान्छु’ सम्पादक ङिमा पाख्रिनले भने- ‘यो सम्मानले मलाई थप जिम्मेवारी बोध गराएको छ‘ । न्युयोर्कमा नेपाली समुदायलाई अरु समुदायसँग चलचित्र तथा बृत्तचित्र प्रदर्शनको माध्यमबाट जोडेर छलफल अन्तरक्रिया गराउँन र नेपाली चलचित्र तथा वृत्तचित्र निर्माताहरुलाई अमेरिकामा परिचित गराउँन पाख्रिनको महत्वपुर्ण योगदान छ । टिमवर्कमा विश्वास राख्ने पाख्रिनले एक्लैले भन्द समूहमा काम गर्दा सफल र सन्तुष्टि प्राप्त हुने बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ती विशेष भेटघाट एवम वनभोज कार्यक्रम’ अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...