Advertisement
SKIP THIS

नेपाली सम्पर्क समितिले आउदो छुसकका लागि सांस्कृतिक कार्यक्रम बाँडफाँड गर्यो


हरेक बर्ष जस्तै यस बर्षको छुसकका लागि पनि नेपाली सम्पर्क समिति कोरियाले सांस्कृतिक कार्यक्रम बाँडफाड गरेको छ। आइतबार सउलको नेपाल हाउसमा भएको कार्यक्रमबाट ३ संस्थालाई सांस्कृतिक कार्यक्रम आयोजना गर्न दिने निर्णय गरेकोछ।
छुसककाे पहिलाे दिन सेप्टेम्बर १२ तारिख सिन्धुपाल्चोक,दाेलखा र रामेछाप सम्पर्क समितिले, सेप्टेम्बर १३ तारिख तमुधिं कोरिया र सुदुर पश्चिम समाजले कार्यक्रम गर्ने भएका छन्। सांस्कृतिक कार्यक्रम गर्न मधेशी काेरिया समाज र भक्तपुर समाजले पनि आबेदन हालेकाे भए पनि अर्को पटक सांस्कृतिक कार्यक्रम आयोजना गर्दा सहयोग आदानप्रदान गर्ने सहमतिमा निबेदन फिर्ता लिएका थिए।
नेपाली सम्पर्क समिति कोरियाकी अध्यक्ष अञ्जु केसीकाे संयोजकत्वमा गठित निर्णायक मण्डलले उक्त निर्णय गरेको हो। निर्णायक मण्डलमा सदस्य चित्र मोक्तान, युगेल तेण्डुप शेर्पा, डा. अग्निराज कोइराला, रञ्जनराज कुंवर, श्रीप्रशाद श्रेष्ठ र किशोर ब्लोन रहेका थिए।
एनआरएनए एसिया प्यासिफिक उपसंयोजक बिनोद कुंवरको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा नेपाली सम्पर्क समितिकि अध्यक्ष अञ्जु केसीको अध्यक्षतामा कार्यक्रम बाँडफाड भएको हो। उपस्थित सम्पुर्ण अतिथिहरुलाइ एनसिसिका बरिष्ठ उपाध्यक्ष श्रीप्रशाद श्रेष्ठले स्वागत मनतब्य राखेका थिए । त्यस पछि दक्षिण काेरियाकाे बिभिन्न संघसंस्थाका प्रतिनिधिले सम्बाेधन गरेका थिए भने सचिब सुन्दर पन्थीले कार्यक्रम संचालन गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दोश्रो नेपाल सुपर कपको सम्पूर्ण तैयारी पूरा – नेपाल फूटबल महासंघ कोरिया
  • नोभेम्बर १६ तारिख सुवनमा चलचित्र ‘मैझारो’ प्रदर्शन हुँदै
  • चुम्लुङ कोरियाले डिसेम्बर ७ तारिख सौलमा चासोक तङनाम मनाउँदै
  • नेफिन कोरियाको अध्यक्षमा शुभराज भोम्जन, वृहत आदिवासी भेला गर्ने उदघोष
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...