नेपाली कथानक चलचित्र "परदेशी" किम्हे शहरमा पनि भब्यताका साथ सम्पन्न
सौल – सुब्बा राना मगर
नेपाल मगर संघ कोरियाको पहलमा नेपालका अनाथ तथा असाहय बालबालिकालाई सहयोग गर्ने प्रतिबद्धता सहित चलचित्र परदेशी सउल को अपार सफलता पछि दक्षिण कोरियाको किम्हे शहरमा पनि गत आइतबार १३ डिसेम्बर २०१५ मा भब्यताका साथ सम्पन भएको छ।
नेपाल मगर संघ कोरिया किम्हे/बुसान/थेगु शाखाका अध्यक्ष श्री राज कुमार आले मगरको सभापतित्वमा नेपाल मगर संघ कोरिया अध्यक्ष खड्क थापा मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रम नेपाल मगर संघ कोरिया थेगु/किमे/बुसान शाखाका सचिब छबिन रानाले सन्चालन गरेका हुन् । नेपाल मगर संघ थेगु/किमे/बुसान उपाध्यक्ष भिषण पुर्जा मगरको स्वागत मन्तब्यबाट शुरू भएको उक्त कार्यक्रममा करिब ३५० जना भन्दा धेरै दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो।
चलचित्र प्रदर्शनको पुर्ब सन्ध्यामा नेपालबाट यसै चलचित्रको प्रिमियर शोको लागि आएका बहुप्रतिभाषाली कलाकार चलचित्र “परदेशी”का निर्माता तथा निर्देशक नारायण रायमाझीको अत्यन्त लोकप्रिय आधुनिक तथा लोकगीतको अनुपम प्रस्तुतीले दर्शक हरुलाई छमछमी नचाईदिएका थिए । नमुछे आमा दहिमा टीका. भन्थ्यौ आमा.. फुलबुट्टे चोलिमा .. सान्नानिले झुक्क्यायो मलाइ… जस्ता आधि दर्जन भन्दा बढी गीतहरुको प्रस्तुतीले चलचित्र हल सँगीतमय भएको थियो भने डान्सिङ्ग गीतले “वान्स मोर” को माहोल सृजना भएको थियो । उक्त कार्यक्रममा कलाकार तथा निर्माता निर्देशक नारायण रायमाझीलाई नेपाल मगर सङ्घ किम्हे/ बुसान/ थेगु शाखाले खादा तथा सम्मानपत्र प्रदान गरि सम्मान गरेको थियो । दक्षिण कोरियामा परदेशी सफलता पुर्वक सम्पन्न गरि सोमबार नै नारायण रायमाझी नेपाल फर्की सकेका छन् | साथै रायमाझीले कोरियामा रहेका सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदीबहिनीहरुमा हार्दिक आभार प्रकट गर्नु भएको छ ।
कार्यक्रम सफल पारि दिनु हुने बिभिन्न संस्थाको प्रतिनिधीज्युहरू नेपाल मगर संघ कोरिया शाखालाई आर्थिक भौतिक सहयोग गर्नु हुने बिभिन्न महानुभावहरू लगाएत कोरियामा रहि फिल्म हल सम्म आएर सहयोग गर्नु हुने सम्पुर्ण महानुभाब हरुलाइ नेपाल मगर संघ कोरिया क्षेत्रिय शाखा थेगु/किमे/बुसानले धन्यबाद ब्यक्त गरेको छ ।