नेपाल मगर संघ दक्षिण कोरियाले "परदेशी" चलचित्र प्रदर्शनीको दिन १० लाख वोन सहयोग गर्ने


सुब्बा राना मगर- सौल 
नेपाल मगर सङ्घ दक्षिण कोरियाले नेपाल आदिबासी जनजाती महासङ्घ दक्षिण कोरियाको पहलमा पोखरामा अध्ययन गरिरहेका ३ जना डोल्पेली बालबालिकाको पढाई तथा आवास खर्चको लागी १०  लाख वोन(करिब १ लाख रुपयाँ  ) सहयोग गर्ने निर्णय गरेकोछ |नेपाल मगर संघ कोरियाका अध्यक्ष खड्ग थापा मगरका अनुसार यस अघि २०१२ मा पनि मगर सङ्घ दक्षिण कोरियाले उक्त बालबालिकाहरुका लागि  १६ लाख वोन  सहयोग गरेको थियो |
पहिलो पटक नेपाल मगर सङ्घ कोरियाले आयोजना गर्न लागेको नेपालका असहाय तथा अनाथ बालबालिकाहरुको सहयोगार्थ नेपाली मौलिक चलचित्र परदेशी प्रदर्शन गरिने  (२०१५ डिसेम्बर ६ तारिख) दिन प्रमुख अतिथी कोरियाका लागि नेपाली महामहिम राजदुत कमान सिंह  लामा ज्युबाट हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। उक्त दिन चलचित्र प्रदशनीको साथै नेपालकै चर्चित बहुप्रतिभाशाली कलाकार, सङ्गीतकार तथा  “परदेशी” फिल्मका निर्माता एबम निर्देशक नारायण  रायमाझीबाट  स्थानीय लाइभ बाधबादनको साथमा आफ्नो चर्चित गीतहरुको एकल प्रस्तुती रहनेछ ।
नेपाल मगर सङ्घको वरिष्ठ उपाध्यक्ष  हिक्मत पुलामी मगरका  अनुसार कार्यक्रमको चिठी पत्र निमन्त्रणा कार्ड एबम टिकट सम्बन्धित संघसँस्था भातृ सँगठन ब्यबसायी,तथा सम्पुर्ण ब्यक्ती बिशेषहरुलाइ पठाइएको भएपनी प्राबिधिक कारणले पत्र तथा निमन्त्रणा प्राप्त गर्न असर्मथ हुनु हुने सम्पुर्ण महानुभाबहरुलाइ यसै  सुचना मार्फत निमन्त्रणालाई स्विकार गरि कार्यक्रमको शोभा बढाइ दिनु हुन हार्दिक अनुरोध गरिएकोछ। साथै मगर  संघका उपाध्यक्ष  बिक्रम रानाका  अनुसार उक्त चलचित्र प्रदर्शनी कार्यक्रमको सम्पुर्ण  तयारी पुरा भएको छ |
 
“तपाइँको सानो सहयोग भविष्यको कर्णधारको आधार, हाम्रो सामाजिक कामको लागि पुर्बाधार ”
कार्यक्रम हुने स्थान : दोङ्देमुन डोट्टा शपिङ्ग सेन्टर पछाडि NRNA कोरियाले चुनाब गरेको हल(चुङ्गु खुमिन ह्वेग्वान)
जाने तरिका :दोङ्ग्देमुन स्टेशन गेट नम्बर ६,७,८  बाट करिब ५  मिनेट पैदल
मिति :२०१५  डिसेम्बर ६  तारिख
समय : दिनको ठिक १२  बजेदेखि

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नेपाल बौद्ध परिवार  कोरियाको अध्यक्षमा कुसङ शेर्पा
  • नेपाल गोरखा परिवार कोरियाको अध्यक्षमा दिपक श्रेष्ठ
  • नुवाकोट समाज कोरियाको अधिवेशन अक्टोवार १५ मा हुने
  • घेदुङ कोरियाले ‘गोतोजि छोर्तोजि’ शृङ्खला गर्दै, पहिलो शृङ्खला संस्कार सम्बन्धी
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...