Advertisement
SKIP THIS

कोरियामा कलाकार बाबु साईलाको 'बग्ने आँशु'को विमोचन


सोल –आईतबारको दिन दक्षिण कोरियाका राजधानी सोल नजिकैं रहेको तुंगदेमुनमा प्राय नेपाली भेटिन्छन् ।नेपाली होटेल रेष्ट्रोरेण्टमा प्रायजसो सोजु वा मेक्छुमा रमाउदैं गरेका युवाहरुको जमात भेटिन्छन्,लक्ष्मी रेष्ट्रोरेण्ट एण्ड बारमा भने फरक दृश्य देखियो । युवाहरु जम्मा हुंदैं थिए कोही लक्ष्मी रेष्ट्रोरेण्ट एण्ड बार दाँयापट्टि भित्ता भरि झुन्डयाइएका नेपाली संस्कृति परम्परा भेषभुषा र हिमालका सुन्दर चित्रकलामा नजर घुमाईरहेका थिए । ती युवाहरुको भीडमा कोरियाका लागि नेपाली राजदुत कमानसिंह लामा पनि निक्कैं मज्जाले क्यानभासमा एकोहोरो हेरीरहेका थिए ।
12197028_10205248816841594_539288152_o 12202043_10205248824001773_1791733373_n 12207519_10205248816241579_668540599_o
 
केहीछिनपछि शुरु भयो बाबु साईलाको ‘बग्ने आंशु’को विमोचनको औंपचारिक कार्यक्रम ।मेघप्रसाद वाईबाले कार्यक्रमको सञ्चालन गर्दैं कार्यक्रमलाई अघि बढाए ।विभिन्न संघसंस्थाहरुको प्रतिनिधिहरुको समउपस्थितिमा राजदुत लामाले पानसमा बत्ती बालेर समुदघाटन गरे । त्यसपछि ललितकला मञ्च दक्षिण कोरिया शाखाका संयोजक उमेश लिम्बुले स्वागत मन्त्वय दिए ।
 
कलाकार बाब साईलाको छोटो जीवनी समेटेर अनलाईन वेभ टिभिले निर्माण गरेको बायोग्राफी प्रस्तुत गरिएको थियो भने त्यसको लगतैं बाबु साईलाको बग्ने आंशु एल्बममा समेटिएको ‘बग्ने आंशु’ शीर्ष बोल रहेको गजलको म्युजिक भिडियो सार्वजनिक भयो ।सो म्युजिक भिडियो प्रस्तुत भैंरहदा दर्शकदिर्घामा भने भावुकता छाएको थियो । प्रेममा धोका खाएको पिडालाई भुलाउन रक्सी सहारा लिई बाँचाीरहेको देखाउन खोजिएको छ म्युजिक भिडियोमा ।
 
 
त्यसपछि अनलाइन वेभ टिभिका प्रमुख तथा फोनिज कोरियाका सहसम्पादक ऐश्वर्य श्रेष्ठले शुभकामना सन्देश दिदैं भने ‘आगामी दिनमा कलाकार बाबु साईला कला र साहित्यमा उतिकैं खारिएर अघि बढून् ।’ बाबु साईलाको कलामा जसरी मानवीय संवेदना छरिएको छ त्यसरी नैं शब्दमा मानवीय पिडालाई उतारेको टिप्पणी गरेका थिए ।
 
 
त्यस लगतैं महामहिम राजदुत कमानसिंह लामाले साईलाको कलाकारिता आफुले यस अघि पनि नियाल्ने मौंका पाएका र यस पटक भने गीतकार रुपमा उनलाई पाउदा हाम्रा कला र साहित्यले कलाकार सात्यिकारसंगैं अन्तराष्ट्रियस्तर पुग्न थालेको बताए ।त्यसैंगरी एनआर एन अध्यक्ष राजु क्षेत्री,एनसिसि उपाध्यक्ष जीत गुरुंग लगायतले बग्ने आंशु एल्बमको सफलताको शुभकामना दिएका थिए ।
 
जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष चित्रबहादुर मोक्तानले व्यंग्य पारामा भने  ‘यो गीतमा बाबु साईलाले धोका खाएको देखिन्छ ।’जे होस बाबु साईला कला र साहित्यमा उतिकैं जम्न सक्ने रहेछन् ,उनको भनाइ थियो ।
सो म्युजिक भिडियो सार्वजनिक समारोहमा नेपालका विभिन्न कलाकार लगायत कोरियामा रहेका बाबु साईला र उमेश लिम्बूको चित्रकला प्रर्दशन गरिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • दक्षिण कोरियामा ‘लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५’ सम्पन्न, सउल नेपाल गुम्बाले बुद्ध जन्जयन्ती कार्यक्रम मे ११ मा गर्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...