'कर्म ब्याण्ड लाईभ कन्सर्ट' को तयारी तीब्र


सोल -कोरियाली पर्व छुसकको दोस्रो दिन, २७ सेप्टेम्बरमा हुने ‘रोधी सांगितीक भाग–३’ (कर्म ब्याण्ड लाईभ कन्सर्ट) को तयारी तिब्र पारिएको छ । आयोजक तमु धीँ दक्षिण कोरियाले कार्यक्रम मिति नजिकिँदै गर्दा तयारी तिब्र बनाएको हो ।
संस्थाका अध्यक्ष एवं कार्यक्रम संयोजक सुरज गुरुङ्ले दिएको जानकारी अनुसार अहिले व्यापाक प्रचार प्रसार तथा टिकट बितरण कार्यक्रमलाई तिब्र पारिएको छ । प्रचारप्रसारको लागि सोलको नेपाली शहर दोङ्देमुन, योङ्दम्फु, वेजम्बु, सुवन, आन्सान, फारान, छनान्, फेन्तेक लगायतका स्थानहरुमा पोस्टरिङ् गरिसकिएको बताईएको छ ।
त्यस्तै अन्य क्षेत्रहरु थेगुमा अन्नपूर्ण समाज थेगु, खजेदोमा इन्द्र गुरुङ्, मोक्पोमा बिक्रम गुरुङ, किमेमा अनिस गुरुङ, थान्जिनमा गुप्त गुरुङ, बुवानमा दिलिप गुरुङ्, थेजनमा मोहन गुरुङ् र बुसानमा रोहित गुरुङ्ले प्रचार प्रसार तथा टिकट बितरणको जिम्मेवारी दिईएको छ । अन्य क्षेत्रमा भने मूल आयोजक समितिले नै प्रचार प्रसार तथा टिकट बितरण गर्ने बताईएको छ ।
टिकट बितरणकै लागि कोरियामै स्थापित सम्पूर्ण जातीय र क्षेत्रीय संघ संस्थाहरुलाई अनुरोध गरिएको छ । त्यस्तै कार्यक्रमको लागि कोरियामा रहेका व्यावसायी, ब्यापारी तथा अन्य बुद्धिजीबिहरुलाई समेत निमन्त्रणा पत्र पठाईसकिएको छ ।
सोलको हुक्सक योक नजिकै ‘वन बुल्क्यो सउल ह्वागन’ को हलमा आयोजना हुने लाईभ कन्सर्टको लागि साउण्ड सिस्टमको ब्यावस्थापन भईसकेको छ । साउण्ड सिस्टमको लागि यसअघि हामी नेपालील आयोजना गरेको लाईभ कन्सर्टले लिएको साउण्ड सिस्टमसँग सम्झौता भईसकेको आयोजकले जानकारी दिएको छ ।
कर्म ब्याण्डको लाईभ प्रस्तुतीसँगै रोधी सांगितीक सौगात भाग–३ मा सुगम संगितकी एक तारा अन्जु पन्त र चर्चीत लोकदोहोरी गायिका कृष्ण गुरुङ्को बेजोड प्रस्तुती रहने बताईएको छ ।
त्यस्तै कोरियाका चर्चीत नृत्यकारहरुको नृत्य समेत समावेश गरिने बताईएको छ । जसको लागि कलाकारहरु शतिस गुरुङ्, अनिमा सिं, सबिन गुरुङ्, मेनुका गुरुङ्, सरिता गुरुङ् लगायतका कलाकारहरु अभ्यासमा ब्यस्त रहेको छ ।
कार्यक्रम स्थलसम्म पुग्नलाई दर्शक दिर्घको सुविधाको लागि लाईन नम्बर.९, हुक्सक योकको गट नम्बर.१ बाट बाहिरिने बित्तिकै एरो सहित शंकेतिक चिन्ह राखिने आयोजकले जानकारी दिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • क्यान्सर रोगीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न नेपालमा बस्न चाहान्छु – टेरिसा तामाङ
  • मकवानपुर म्यूजिकल शो स्थगित
  • कोरियन एयरको उडान प्रतिबन्ध ल्याउने तयारी
  • बा
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...