क्रिश गुल्मेली बाबुको 'ओख्खर काँचो छ' पछि 'पैसा' बजारमा आउदै
सोल – ईपिएस प्रणाली मार्फत ५ बर्ष अघि कोरिया आएका क्रिश गुल्मेली बाबुको पहिलो गीत”ओख्खर काँचो छ”को अपार सफलता पछि फेरी दोश्रो गीत “पैसा” बोलको गीत बजारमा आउदै गरेको जानकारी दिए |
क्रिश गुल्मेली बाबुले लेखेको गीतमा स्वर सि डी विजय अधिकारीको रहेको छ भने संगीत कोरियामै बसेर नेपाली संगीत क्षेत्रमा छुट्टै परिचान बनाउन सफल डी आर अटुको रहेको छ | बिष्णु अधिकारीको एरेन्ज रहेको गीतको भिडियोको सबै काम सकिएको र अहिले धमाधम एडिट भईरहेको र चाडै भिडियो बजार आउने बताए |
साहित्य क्षेत्रमा सक्रिय रहेका गुल्मेली बाबुले अब छिट्टै नै कविता संग्रह पनि निकाल्ने तयारीमा जुटेको बताउदै अभिनयमा पनि सोख भएकोले उनको आउन लागेको गीतमा मोडलिङ पनि गरेका छन् |