पत्रकारितामा नेवार महिला पत्रकारको अवस्था:  नेतृत्व तथा चुनौति


पत्रकारिताको इतिहासमा नेपालको पर्दापन विक्रम संबत १९५५ मा भयो । सुधासागर म्यागजीनबाट सुरु भएको नेपाली पत्रकारितालाई गोरखापत्रले साप्ताहिक र दैनिक हुंदै निरन्तरता दियो प्रजातन्त्रको पुर्न बहाली सम्म । यस बीचमा शारदा दैनिक लगायत थुप्रै पत्रिकाहरु निकले पनि पत्रकारितामा महिलाको खासै भुमिका रहेन । तर २००७ सालको क्रान्तिमा महिला नेतृत्वको समेत निणार्यक भुमिका रहे पश्चात महिला नेतृहरुकै पहलमा उत्साह र रहरको उपजका रुपमा विक्रम संवत २००८ सालमा मुलुकको पहिलो महिला पत्रिका “महिला” मासिक प्रकासित भयो । साधना प्रधानको सम्पादकत्वमा प्रकाशित सो पत्रिका नेपालमा महिलाहरुले पहिलो पटक भोट हाल्न पाउने अधिकार प्राप्त भएको खुशियालीमा प्रकासित भएको थियो तर सो एक मात्र महिला पत्रिका पनि कालान्तरमा बन्द भयो । जे होस नेपाली पत्रकारिताको इतिहासमा महिला पत्रकारको जन्म “महिला” मासिकबाट सुरु भयो । जसले कालान्तरमा महिलाहरुलाई यस क्षेत्रलाई पेशा बनाउन एउटा ऐतिहासीक प्रेरणा दियो ।

परिवार, समाज तथा राष्ट्र विकासका लागि महिला विकास अनिवार्य छ । वैदिक कालमा समेत महिला विकासका लागि नीति तथा व्यबहारहरु निमार्ण भएका थिए । हाम्रा धर्म ग्रन्थ तथा पुराण मा समेत “यत्र नारी पुज्यते तत्रे रम्यते देवता” श्लोक मार्फत समाजले महिला वर्गलाई सम्मान गर्न आहन गरेको छ ।

वर्तमान विश्वमा विश्व शान्ति तथा विकासका लागि संयुक्त राष्ट्र संघले महिला विकासलाई आधार स्तम्भ मानेको छ । मानव विकासका लागि महिला विकास अपहिार्य पक्ष हो भने महिला विकासका लागि एउटा पक्षधरको रुपमा महिला पत्रकारको अस्तित्वलाई स्वीकार्नु आवश्यक छ । कारण विकासका आधारभुत पक्षको रुपमा शिक्षालाई मानेको अर्थमा महिला विकासका लागि आवश्यक शिक्षा सचेतना तथा सुचनालाई प्रत्याभुति दिलाउन महिला पत्रकारको भुमिका सहजकर्ताको रुपमा रहन्छ । तर जनसंख्याको हिसावले ५१ प्रतिशत ओगटेको महिला वर्गको उपस्थिति राज्यका अन्य निकायमा न्युन रहे झै यो वर्गको उपस्थिति पत्रकारितामा पनि समेत अत्यन्त न्युन छ । यसमा तुलनात्मक रुपमा आविासी जनजाति महिला तथा तीनै माझ रहेको नेवार समुदायका महिला पत्रकारको संख्या तुलनात्मक रुपमा अझै न्युन रहेको अवस्था छ ।

नेपालमा नेपाल भाषाको पत्रकारिता

नेपाल भाषाको पत्रकारिताको सुरुवाट विक्रम संबत १९८२ (सन् १९२५ ) मा बुद्ध धर्म व नेपाल भाषा भन्ने पत्रिका (म्यागेजिन) बाट भयो । धर्मादत्त धर्माचार्यद्धारा प्रकासित उक्त पत्रिका नेपालको राणा शासन कालीन निरंकुश व्यस्थाका कारण भारतको कलकत्ताबाट प्रकाशन गरिएको थियो । शुरुमा पत्रिकाको थालनी बुद्ध धर्म नामबाट भए पनि कालान्तरमा बुद्ध धर्म व नेपाल भाषा नाममा प्रकाशित हुन थाल्यो । बौद्ध धर्म बारे थुपै्र लेखहरु प्रकाशित त्यस म्यागजिनले धर्मको प्रचार संगै नेपाल भाषाको समेत विकास गर्ने काम ग¥यो । त्यस्तै विदेशबाट (कालिंगपोंग, भारत) कालान्तरमा धर्मोदय नामक म्यगजिन प्रकाशित भयो । कालान्तरमा “थौं कन्हे”, “झी”, “सितु” लगायतका म्यागजिनले निरन्तरता लियो ।

नेपाल भाषाको पहिलो पत्रिका “नेपाल भाषा पत्रिका” सन् १९५५ को सेप्टेम्बर २८ मा फत्ते बहादुर सिंहको सम्पादकत्वमा भयो । तर सो पत्रिका सन १९८३ मा बन्द गराइयो भयो । कालान्तरमा “पासा”, “राजमति”, “इनाप” जस्ता पत्रिकाहरु प्रकासित हुने र बन्द हुने क्रमले निरन्तरता लियो । त्यस्तै “विश्वभुमि” (पहिलो सन्ध्याकालिन दैनिक, सम्पादक अशोक श्रेष्ठ) जसले तत्कालिन पंचायति व्यबस्थाबाट प्रजातन्त्रको अवतरणका लागि मिसनको रुपमा काम ग¥यो । ब्रेकिंग न्युजका लागि चर्चित सो पत्रिका पनि कालान्तरमा बन्द भयो । हाल ५ दैनिक, १२ मासिक लगायतका पत्रिकाहरु प्रकाशित भई रहेका छन् । “हेटौडा वापा”ै बाहेक सवै पत्रिकाहरु काठमाडौबाट प्रकाशित छन् ।

नेपालमा सर्व प्रथम नेपाल भाषामा रेडियोको प्रशारण सन् १९५१ मा विराटनगरबाट भयो । नेपाल भाषाको पहिलो समाचार वाचन गर्ने काम श्री गजाधर भक्तबाट भयो । विदेशबाट नेपाल भाषाको समाचार गीत लगायतका प्रशारण श्री लंकाबाट सन् १९८३ मा श्री लंका ब्रोडकास्टिंग कर्पोरेशनबाट भयो तर कालान्तरमा सो बन्द भयो । भारतबाट अल इन्डिया रेडियोले नेपाल भाषामा गीत प्रशारण गर्ने काम ग¥यो । कालान्तरमा सो पनि बन्द भयो । हाल नेपाल टेलिभिजन लगायत प्रायः सवै टेलिभिजनहरु, रेडियो नेपाल लगायत सवै एफ एम स्टेशनहरुले नेपाल भााषामा कार्यक्रम तथा समाचार प्रशारण गर्ने गरेको छ भने नेपाल मण्डल टेलिभिजन पुुर्ण रुपमा नेपाल भाषाबाट प्रशारित भई रहेको छ । नेपाल भाषाका प्रकाशन तथा प्रशारणहरुले सम्पुर्ण नेपाल भाषि नेवार समुदायलाई संगठीत बनाउने काम त गरेको छ नै यसले नेवार समुदायको गौरव तथा पहिचान जोगाउन समेत सघाएको छ ।

नेपालमा महिला पत्रकार तथा नेवार महिला पत्रकार

पत्रकारितामा महिला पत्रकारहरुको योगदान सर्वप्रथम विक्रम संवत १९७१ मा बनारसबाट प्रकासित हुने चन्द्र मासिकमा प्रकासित “स्त्री शिक्षा” (सुकेसी) तथा “बीर पत्नीको साहस” –कादाम्विनी ) नामक लेखहरुबाट भयो । त्यस्तै क्रममा विक्रम संवत १९८३ मा देहरादुनबाट प्रकासित गोरखा साप्ताहिकमा दिव्य कुमारी देवि कोइरालाद्धारा लिखित “स्त्री शिक्षाको महत्व” शीर्षक अन्तर्गतका लेखहरु बाट निरन्तरता लिंदै गयो (राजभण्डारी अमात्य, २००३) विक्रम संवत २००८ साल मा मुलुकको पहिलो महिला पत्रिकासाधना प्रधानको सम्पादकत्वमा “महिला” मासिक प्रकासित भयो । संभवत नेपाली पत्रकारिताको इतिहासमा साधना प्रधान पहिलो नेवार महिला पत्रकार हुन जसले सम्पादक तहबाट पत्रकारिता सुरु गरिन् । तर यो अझै खोजको विषयको रुपमा रहेको छ । महिलालाई पनि पुरुष सरह समान भोट हाल्ने अधिकार प्राप्त खुसियालीमा प्रकासित सो पत्रिका पनि कालान्तरमा बन्द भयो । महिलाहरुको घर परिवार समाज प्रतिको दायिव लगायत सो पत्रिकाका समपादक मण्डलहरु समेत राजनैतिक पृष्ठभुमिका रहेका कारण सो पत्रिकाले निरन्तरता लिन सकेन भने साधना प्रधान राजनीतिबाट समेत ओझेलमा परीन् कालान्तरमा । परिवार, समाज तथा राष्ट विकासका लागि महिला विकास अनिवार्य छ । वैदिक कालमा समेत महिला विकासका लागि नीति तथा व्यबहारहरु निमार्ण भएका थिए । हाम्रा धर्म ग्रन्थ तथा पुराण मा समेत “यत्र नारी पुज्यते तत्रे रम्यते देवता” श्लोक मार्फत समाजले महिला वर्गलाई सम्मान गर्न आहन गरेको छ ।

वर्तमान विश्वमा विश्व शान्ति तथा विकासका लागि संयुक्त राष्ट्र संघले महिला विकासलाई आधार स्तम्भ मानेको छ । मानव विकासका लागि महिला विकास अपहिार्य पक्ष हो भने महिला विकासका लागि एउटा पक्षधरको रुपमा महिला पत्रकारको अस्तित्वलाई स्विकार्नु आवश्यक छ । कारण विकासका आधारभुत पक्षको रुपमा शिक्षालाई मानेको अर्थमा महिला विकासका लागि आवश्यक शिक्षा सचेतना तथा सुचनालाई प्रत्याभुति दिलाउन महिला पत्रकारको भुमिका सहजकर्ताको रुपमा रहन्छ । तर जनसंख्याको हिसावले ५१ प्रतिशत ओगटेको महिला वर्गको उपस्थिति राज्यका अन्य निकायमा न्युन रहे झै यो वर्गको उपस्थिति पत्रकारितामा पनि समेत अत्यन्त न्युन छ । यसमा तुलनात्मक रुपमा आविासी जनजाति महिला र सो समुदायमा पनि नेवार महिला पत्रकारको संख्या अत्यन्त न्युन रहेको छ । नेवार समुदाय बन्द समाजको कारण पनि पत्रकारिरता लगायत का क्षेत्रमा उपस्थिति कम छ । एक महिला पत्रकारको भनाई छ हामीलाई सानै देखि छोरी मान्छे भएर ठुलो स्वर गर्न हुन्न भन्ने सिकाईयो, त्यही संस्कारको कारण हामीमा तनाव बेहोर्ने र जोखिम लिने पवृक्ति कम छ । म आफैलाई पनि स्वतन्त्र रुपमा आफनो व्यवशायलाई नै गुणस्तर बढाउने तिरै ध्यान दिन मन लाग्छ । राजनीति मेरो क्षमता भन्दा बाहिरको कुरा हो जस्तो लाग्छ ।

नेतृत्वमा पत्रकार र नेवार महिला पत्रकार

नेपाली पत्रकारिताको इतिहासमा २००८ साल जेठमा सत्यनारायण बहादुर श्रेष्ठ सभापति र भोजबहादुर सिँह न्यौपाने सेक्रेटेरी रहेको नेपाल पत्रकार संघको स्थापना भयो । २००९ साल वैशाख २२ गते आर्यसमाज मन्दिर भोटाहिटीमा दोस्रो सभा गरी पत्रकार संघको नेतृत्व विस्तार र पुनर्गठन गरिएको थियो जसमा सत्यनारायण बहादुर श्रेष्ठ (सभापति), प्रेमराज शर्मा (उपसभापति), भोजबहादुर सिँह न्यौपाने (सेक्रेटरी), रामहरि जोशी (ज्वाइन्ट सेक्रेटरी, रामराज शर्मा (कोषाध्यक्ष तथा सदस्यमा नारायणप्रसाद उपाध्यक्ष, देवेन्द्रराज शर्मा, भीमभक्त जोशी र प्रकाश टन्डन रहनु भएको थियो । स्थापनाको केही बर्ष बित्दानबित्दै नेपाल पत्रकार संघ निष्कृय जस्तै हुन पुगेको अवस्थामा २०१२ चैत्र १६ गते आयोजित भेलाले नेपाल पत्रकार संघ (२००८) को नेतृत्व पुनःगठन गरी सभापतिमा कृष्णप्रसादउपाध्याय (भट्टराई) (सम्पादक –नेपालपुकार) र उपसभापति फत्तेबहादुर सिँह (सम्पादक – नेपालभाषा पत्रिका) चयन भएको थियो ।

पत्रकारका हक अधिकारका सवालमा आवाज उठाउन र पत्रकारको क्षमता अभिवृद्धि लगायतका सवालमा काम गर्न स्थापित नेपाल पत्रकार महासंघको पुनःस्थापनाले निरन्तरता लिई रहेको छ । तर महासंघको नेतृत्व तहमा महिला पत्रकारको सहभागिता विगतदेखि वर्तमान सम्म न्युन अवस्थामा रहेको छ । अझ नेवार महिला पत्रकारको सहभागिता केन्द्रमा सुन्य अवस्थामा छ । वर्तमान अवस्थामा जिल्लागत हिसावमा भने केही जिल्लामा नेवार महिलाको नेतृत्व कार्य समिति सदस्यमा सहभागिता रहेको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघको केन्द्रिय समितिमा एक महिला सचिव सजित ४ सदस्य रहेको छ । जम्मा २७ सदस्यको कार्य समितिमा जम्मा ५ जना मात्र कार्य समितिमा रहनु संख्याको हिसावले कम हो । काठमाडौ शाखामा ११३ मा जम्मा २९ नेवार पत्रकारमा १५ महिला १४ पुरुष रहेको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको ४४ जिल्ला शाखामा जम्मा ३२ जना मात्र महिला रहेको तत्कालिन तथ्यांकले देखाएको छ । भक्तपुर जिल्लामा जम्मा ११ सदस्य कार्य समितिमा ३ नेवार महिला पत्रकार रहेका छन् भने ललितपुरमा नेवार महिला पत्रकारको संख्या सुन्य रहेको छ । यसरी नेवारको बाहुल्य रहेको उपत्यकाको शाखामा समेत नेवार महिला पत्रकारको उपस्थितिको न्युनताले नेतृत्वमा महिला पत्रकारको पहुंच र रुचीको समेत कमी देखाउंछ । पत्रकार शर्मिला सुवालको अनुभवमा नेवार महिला पत्रकारहरुमा स्वतन्त्र रुपमा काम गर्न चाहने र थप बोझ लिन नचाहने मनोविज्ञान नै प्रमुख कारक रहेको बताउछन् । नेतृत्व तहमा आउन एक त राजनैतिक ज्ञानको आवश्यकता चाहिने र त्यसका लागि खासै उत्पादन तयार भई नसकेको अवस्था त्यस माथि घर परिवार समाज र नेवारी परम्परागत संस्कृतिलाई समेत धान्नु पर्ने वाध्यताले नेवार महिला पत्रकारको संख्या र नेतृत्व तथा उनीहरुको काम गराईमा विविधता मा न्युनता रहेको सुवालको भनाई रहेको छ (सुवाल, २०७३) । खासगरी र्चचामा आउने र चिनिने क्षेत्र भनेको राजनीति रहेको राजनैतिक बीटमा काम गर्न खासै रुची नराख्ने भए बाट पनि नेवार महिला पत्रकार नेतृत्व तहमा आउन नसकेको देखिन्छ ।

नेपालमा आदिवासी जनजाति नेवार समुदाय तथा आदिवासी जनजाति लगायत नेवार महिला पत्रकार

विश्वमा आदिवासी जनजाति समुदायको संख्या ३७ करोड रहेको छ । यो जनसंख्या विश्वको कुल जनसंख्याको ४.४ प्रतिशत हो । नेपालमा कुल जनसंख्याको जनसंख्याको ३७.२ प्रतिशत रहेकोआदिवासी जनजातिहरुमा पुरुषको जनसंख्या ५२.२ प्रतिशत र महिलाको संख्या ३६.२६ प्रतिशत रहेको छ । जममा ५९ समुदाय रहेका आदिवासी जनजातिमा पछिल्ला दिनमा १६ थप समुदायलाई पनि समावेश गर्ने पहल भई रहेको छ । नेवार समुदायको संख्या कुल १३ लाख २१ हजार नौ सय तेंतिस रहेको छ । जुन कुल जनसंख्याको ५ प्रतिशत हो । तर आर्थिक सामाजिक, राजनैतिक र शैक्षिक क्षेत्रमा पिछडिएको कारण आदिवासी जनजाति समुदायको उपस्थिति राज्य संयन्त्रको नीति निणर्य तहमा अत्यन्त न्युन रहेको छ । त्यस्तै राज्यको चौथो अंग पत्रकारितामा समेत यस समुदायको उपस्थिति अत्यन्त न्युन छ ।

नेपाल पत्रकार महासंघको श्रोत अनुसार नेपालमा ९ हजार आठ सय ५५ पत्रकारमा जम्मा १ हजार पांचसय आदिवासी जनजाति पत्रकार रहेका छन् (आर्थिक वर्ष २०६९÷७० ) । यसमा पनि आदिवासी जनजाति महिला पत्रकारको संख्या अत्यन्त न्युन २७७ मात्र छ । त। यसमा नेवार महिला पत्रकारको संख्या कति छ भन्ने अनुसन्धानकै दायरामा छ । त्यस्तै नेपाल आदिवासी जनजाति पत्रकार महासंघको श्रोत अनुसार आदिवासी जनजाति पुरुष पत्रकारको संख्या १००७ र आदिवासी जनजाति महिला पत्रकारको संख्या ४८३ रहेको छ । जसमा नेवार महिलाको संख्या मात्र ३२ रहेको छ । आदिवासी जनजाति पत्रकार महासंघको यो संख्यामा प्रतिशतका हिसावले ३२ प्रतिशत ओगटेको आदिवासी जनजाति महिला पत्रकारको संख्यालाई सरहाना गर्न सकिन्छ । तर काठमाडौ मुल थलो रहेको र शिक्षाको पहुंच समेत सहज भएको नेवार समुदायका महिलाहरु पत्रकारितामा आउन र अझ पत्रकारिता क्षेत्रको नेतृत्वमा आउन नसक्नु कारण एक त उनीहरुको अभिरुची नै नरहेको थप जाखिम मोल्ने संस्कार नेवार समुदायका महिलामा मनोवैज्ञानिक रुपले नै नभएको पाइयो । थप नेतृत्वमा आउन र ल्याइनका लागि पहुंचकै कमी भएको पनि सो क्षेत्रमा काम गर्ने नेवार महिला पत्रकारहरुको रह्यो ।

नेपालमा पत्रकारहरुको राष्ट्रिय छाता संगठनको रुपमा रहेको नेपाल पत्रकार महासंघको वर्तमान कार्य समितिमा आदिवासी जनजाति महिला पत्रकार समेतको अत्यन्त न्युन उपस्थिति मात्र १ जना रहेको तथ्यांकले देखाउंछ । अर्को तर्फ कुल आदिवासी जनजाति महिला पत्रकारको न्युन उपस्थिति रहनाले भविश्यमा समेत यसको कार्य समिति लगायतका संचार संवद्ध राज्य संयन्त्रका निर्णायक तहमा आदिवासी जनजाति महिला पत्रकारकोे उपस्थितिलाई तगारो बनाउने संभावना त छ नै झन नेवार महिला पत्रकारको संभावना अत्यन्त झिनो देखिन्छ ।

दिगो शान्ति तथा महिला पत्रकार को भुमिका

सुचना त्यस्तो शक्ति हो जसले मानिसका अन्र्तमन र भावना समेतलाई सचेत र परिवर्तन गराउंछ । मानव अधिकारको आधारभुत मान्यता लोकतान्त्रिक अभ्यासलाई कार्यान्वयन गराउन सुचनाको भुमिकाको खास पहल हुने गर्छ । दिगो शान्ति विना लोकतन्त्र स्थागत नहुने हुंदा सुचनाका संवाहक पत्रकारिताको भुमिका दिगो शान्ति लगायतका मानव अधिकारका अयवहरु तथा महिला अधिकार तथा महिला विकास र उत्तथानका हरेक सवालमा महिला पत्रकारको भुमिका अर्थपुर्ण रहन्छ । कारण महिला तथा बालबालिकाहरु समाजका सवै भन्दा पिडित वर्गमा पर्दछन् । तर्सथ उनीहरुको विशेष संरक्षण गर्न तथा भेदभाव, हिंसा एवं बहिस्करणबाट उन्मुक्ति दिलाउन महिला पत्रकारहरुले आवाज विहिनहरुको आवाज बनेर समाज र राष्ट्रलाई सही दिशा निर्देशित गर्न सक्छन् । यस अर्थमा महिला पत्रकारको प्रस्तुति र उपस्थितिको अपरिहार्य आवश्यकता रहन्छ । कारण मानवीय संवेग र मानव मनोविज्ञान अनुरुप एउटा महिलाले आफु माथि भएको अन्ययाय, विभेद र हिंसा बारे जानकारी दिन महिलाकै उपस्थितिमा सहजता अनुभव गर्न सक्छन् । त्यसतै अधिकांस आदिवासी जनजाति महिलाहरु शिक्षा, चेतना, पहुंच तथा आत्म विश्वासको कमीका कारण आफना अधिकार का लागि आवाज उठाउन वंचित रहने गरेको सन्दर्भमा  महिला पत्रकार तथा आदिवासी जनजाति महिला पत्रकारको वकालति पहलले ती आवाज विहिन वर्गलाई आफना हक अधिकार प्राप्त गर्न राज्य सरकार र सरोकार वालाहरुसम्म पुलको काम गर्न सक्छन् । अर्को तर्फ विकासकै पुर्वाधारको रुपमा रहेको दिगो शान्तिका लागि समेत महिला पत्रकारको भुमिका अग्रगामी रहन्छ ।

शुशासनका लागि महिला पत्रकार

समग्र राष्ट्र विकासका लागि सामाजिक रुपान्तरण सहितको भ्रष्टाचार मुक्त पारदर्शी राज्यको अवधारणा अनुरुप महिला पत्रकारको भुमिकाले खास महत्व राख्दछ । पत्रकारिता क्षेत्रलाई पनि सभ्य र विवाद रहित बनाउन महिला पत्रकारको योगदान छ र रहन्छ । “महिला पत्रकारहरु आफना काममा निकै संवेदनशिल हुन्छन्, गल्ती नहोस र समाचार भ्रामक नहोस भन्ने विषमा उनीहरु संधै सचेत रहने गरेका छन् । अहिले सम्मको पत्रकारिता जिवनमा महिला पत्रकारले लेखेका प्रस्तुतिमा उजुरी आएको वा खण्डन् छाप्नु परेको अवस्था छैन”(माथेमा,पुष्कर २०१६) । प्रेस काउन्सील नेपालकै अभिलेखमा पनि महिला पत्रकारले लेखेका समाचारमुलक सामग्रीमा व्यावशायिक उल्लंघनका उजुरी परेको छैन । पत्रकारिताले समाजलाई सभ्य र पारदर्शी बनाउने कडीको रुपमा काम गरी रहंदा यदाकदा पत्रकारिता क्षेत्र भित्रबाटै पनि व्ल्याक मेलिंग पत्रकारिता मौलाएका घटनाहरु पनि सार्वजनिक हुने गरेका छन् । तर हाल सम्मको पत्रकारितामा महिला पत्रकारको कलम ती त्यस्ता घटनाबाट अछुतो रहनाले पत्रकारिता क्षेत्र स्वयंममा र पत्रकारिताको तर्फबाट समाज र राष्ट्रमा पारदशीर्ता र सुशासनको प्रत्याभुति दिलाउन पत्रकारिता क्षेत्रमा महिला पत्रकारको उपस्थितिले खास महत्व राख्दछ । नेवार महिला पत्रकारहरुले नेवार महिलाहरुको मुद्धाहरु  तथा उनीहरुका वाजलाई लक्षित वर्गा सम्म पु¥याउन मद्धत गर्छ । नेवारी समाज आफैमा पनि अन्य भन्दा बन्द समाज भएको कारण उनीहरु आफुमाथि भएको अन्यायका विरुद्ध आवाज उठाउन र आफना अधिकार बारे सचेत हुन सकिरहेका हुंदैन । यस र्थमा उनीहरुका आवाज बुलन्द गर्न र न्याय दिलाउन नेवार महिला पत्रकारहरुको खास योगदान रहन्छ ।

त्यस्तै गोरखा पत्र दैनिकले महिला पत्रकार सुत्केरी पश्चात शिशु स्याहारका लागि शिशु स्याहार केन्द्र सहितको भवन निर्माण्न गर्ने योजना रहेको र त्यसका लागि नेपाल सरकार संग जमिन तथा बजेटका लागि पहल भई रहेको छ ( कोईराला, २०१६ )
निश्कर्ष नेवार समुदायमा जागिर खाने ट्रेण्ड कम छ । वढी व्यापार व्यबशायमा नै केन्दि«त छन् । गरे पनि निजामति सेवा र बैंक वित्तिय संस्थाहरु आईटी, डाक्टर इन्जिनीयर जस्ता पेशामा बढी आर्कशित छन् । पत्रकारितामा आयन नसक्नका कारण भाषगत कमजोरी पनि एक हो । नेपालीमा कमजोर बोल्न र लेख्नमा समेत कमजोर अर्थात ठेट खस क्षेत्रीहरुले जस्तो शुद्ध बोल्न सक्दैनन् । जाति पनि नेवार समुदाय यस क्षेत्रमा छन् र भाषामा पकड छ तिनिहरु पनि मोफसलका र भिन्न समुदायको प्रभावमा परेकाको छ । अर्को तर्फ पत्रकारिता जति बेला पनि हिड्नु पर्ने शुरक्षाको कमी, आर्थिक रुपले निश्चतताको कमीले पनि पत्रकारितालाई व्यावशायिक बनाउन सकिरहेका छैनन् । नेपाल भाषा मै पत्रकारिता गर्ने भएतापनि नेपाल भाषाका पत्रिका र संचार गृहको कमी छ । जति छन् तीमा पनि पुरुष पत्रकारको नै प्रभुत्व रहेको छ । (माथेमा,पुष्कर २०१७) पत्रकारितामा नेवार महिलाको उपस्थितिले नेवार महिलाका एवं आदिवासी जनजाति महिला लगायत महिलाका मानव अधिकारलाई प्रत्याभुति दिलाउन विशेष योगदान रहेतापनि महिला पत्रकारको न्युन उपस्थितिले महिलाका विविध मानव अधिकार प्रति सचेतना दिलाउन समस्या रहेको छ । विशेष गरी महिलाहरु अझ आदिवासी जनजाति महिलाहरुको सहभागिता कृषि जन्य उत्पादनमा, जिविकोपार्जन तथा घरायसी काममै व्यस्त रहनु पर्ने बाध्यता, भाषिक समस्या तथा शिक्षा बाट बंचितिकरणका कारण पत्रकारितालाई व्यावशायिक पेशाको रुपमा अपनाउने को संख्या अत्यन्त न्युन छ । अर्को तर्फ चेतना र आर्थिक अभावका कारण यो पेशामा आकर्षित हुन नसक्नु पनि कारक बनेको छ ।

यस अर्थमा नेवार महिला पत्रकारहरु को उपस्थितिलाई बढाउन राज्य सरकार तथा सरोकारवाला हरुको विशेष पहलकदमीको आवश्यकता पर्दछ । यसका लागि नेवार महिला पत्रकारहरुलाई यस क्षेत्रमा आर्कषित गर्न आवश्यक, सचेतनाकमुलक कार्यक्रम, तालिमको व्यबस्था तथा आर्थिक अनुदान जस्ता विकासमुलक कार्यक्रमको अल्पकालिन तथा दिर्घकालिन योजना बनाउन तथा त्यसको कार्यान्वयन गर्नु अपरिहार्य छ । जसको प्रभावले नेवार महिलाहरु यस क्षेत्रलाई व्यावशायिक पेशा बनाउन प्रेरित हुने छन् भने महिला नेवार नेवार महिला पत्रकारको उपस्थितिले कम पढे लेखेका र ग्रामीण भेगका नेवार महिला लगायत अन्य आदिवासी जनजाति लगायतका महिला हरुमा आफना हक अधिकार प्रति सचेत हुन पत्रकारिता मार्फतका प्रस्तुति तथा वकालती पहलले बल दिने छ । यसले एउटा हिंसा रहित समाजकोे परिकल्पनालाई साकार पार्न सक्षम त हुने छ नै सुशासन अन्र्तगत विधिको शासनको प्रत्याभुति समेत हुने छ । जसले समाज एवं राष्ट्र विकासमा समेत थप योगदान दिदै विश्वमा दिगो शान्तिका लागि पहिचान गरिएका आधारस्तम्भहरु आर्थिक पुनरुत्थान तथा सामजस्यता लगायतका अवयवहरुलाई कार्यान्वयन गराउन महिला पत्रकारको भुमिकाले सकारात्मक परिणाम दिने छ । (लेखिका नेपाल पत्रकार महासंघ, लेखा समिति केन्द्रिय सदस्य  हुन् । लेखिकाले सन् २०१७ को अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौमा भएको एक महिला पत्रकार भेलामा प्रस्तुत गरेको कार्यपत्रको संक्षिप्त अंशलाई प्रकाशित गरिएको हो । )

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकको पहिलो दिन धनकुटा साँस्कृतिक सौगातले कोरियामा तहल्का मच्चाउने, तैयारी तीब्र
  • नेफेसो दक्षिण कोरिया सम्बद्ध किरात प्रदेशको संयोजकमा सन्तोष थुलुङ राई
  • उत्तर कोरियाले फेरी गर्यो मिसायल परिक्षण
  • स्व. टुकेन लिङ्दमको परिवारलाई चुम्लुङ कोरिया र इलामेली समाज कोरियाद्वारा आर्थिक सहयोग
  • ईपिएस

    दक्षिण कोरियामा २०२० का लागि न्युनतम तलब वृद्धि

    दक्षिण कोरियामा २०२० का लागि मजदुरको न्युनतम ज्याला निर्धारण गरेको छ । सेजुंग स्थित न्युनतम ज्याला निर्धारण समितिको कार्यालयमा बिहीवार बिहीबार बसेको १२ औ बैठकले मजदुरको ज्याला २.९० प्रतिशात बढाउने निर्णय गरेको हो । निर्णय अनुसार न्युनतम ज्याला २.९०% अर्थात २४० ...

    स्वैच्छिक कम्पनी परिवर्तन गर्न पाउँदा प्रवासी श्रमिकलाई के फाईदा ?

    कोरियामा प्रवासी श्रमिकहरुको संख्या ११ लाख नाघिसकेको छ। हामी प्रवासी श्रमिकहरुलाई कोरिया सरकारले विभिन्न प्रणाली (C4,E1,E2,E3,E4,E5,E6,E7,E9,E10 भिषा) मार्फत ल्याइरहेको छ। यी प्रणालीका समानता(बिशेषता) भनेको प्रवासी श्रमिकहरुले आफुले चाहेको अवस्थामा कम्पनी परिबर्तन र छनोट गर्ने ...

    प्रवासी मजदुरहरुको बसोबास सम्बन्धि नयाँ नियम पारित, जुलाई १६ बाट लागू हुने

    कोरियन सरकारको रोजगार तथा श्रम मन्त्रालय द्वारा प्रवासी मजदुरहरु बस्ने छात्रावास(खिसुक्सा) सम्बन्धि नयाँ नियम पारित गरेको छ । उक्त नियम यहि जुलाई १६ बाट लागू हुने जनाएको छ । यदि नयाँ कानुन अनुसारको छात्रावासको व्यवस्था नभएमा साहूले अनुमानि नदिएपनि प्रवासी ...

    महिला / बालबालिका

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

    कोरियामा आयोजित एक प्रतिस्पर्धामा नेपाली चेलीले प्रथम स्थान हासिल गरी एक करोड वन जितिन

    दक्षिण कोरियाको हाना बैंकद्धारा आयोजित कोरियनसंग विवाह गरेकी महिलाहरुको प्रतिस्पर्धात्मक कार्यक्रममा नेपाली चेलीले प्रथम स्थान हासिल गरी ...

    पत्रकारितामा नेवार महिला पत्रकारको अवस्था:  नेतृत्व तथा चुनौति

    पत्रकारिताको इतिहासमा नेपालको पर्दापन विक्रम संबत १९५५ मा भयो । सुधासागर म्यागजीनबाट सुरु भएको नेपाली पत्रकारितालाई गोरखापत्रले साप्ताहिक ...