Advertisement
SKIP THIS

जिउँदो छ त एनआरएनए कोरिया ?


 पाखुरीको गोलाइ र छातीको चौड़ाई नापीनापी मापदण्ड वनाउदै पुर्वका राइ,लिम्वु र पश्चिमको मगर,गुरुंगलाई लगेर आधुनिक विश्वमा आधिपत्य जमाउन खोजेको वेलायत। अनि त्यसैको पिडामा छटपटाउदा छटपटाउदै देशको वारेमा सोच्न नसकेको हाम्रो प्रवासी पुस्ताको विचमा करिव १६ वर्स पहिले नेपालमा निंरकुस व्यवस्था रहदा देशलाइ अव वनाउनु पर्छ भनेर कम्मर कस्ने र एनआरएनएको अवधारणा ल्याउने तमाम व्रिटेन लाहुरे दाइहरुप्रती सम्मान व्यक्त गर्दछु।छिटो आकर्षक रुपमा फैलिएको एनआरएनए यति लोकप्रिय भयो सिनेमाका आकर्षक संवाद देखी चिया चमेनाका चुस्की संगै गरिने गफहरु विना एनआरएनएको विसय अपुरै हुनलागे। ठुला ठुला दर्सन र सिद्धान्तले राज्य वनाउछौ भन्दै विगुल पिट्ने दलका नेताहरु नतमस्तक हुदै अवको देश निर्माण विदेशिएको युवा सिप र जागरणले वन्छ भन्न विदेश जानै परेन ।संसद भवनमै कुर्लन लागे अथवा एनआरएनको भुमिका दिनको घामजत्तिकै स्विकारीयो।संवैधानिक व्यवस्था तत्त वमोजिम वने एनआरएनले मन्त्रालय समान कामगर्न सक्ने व्यवस्था थपियो।
 समयक्रम संगै जुन रफ्तारमा विकास भयो एनआरएनको भुमिका । त्यो रफ्तारमा नतिजा देखिएन ।अनि फेरी थोपरियो एनआरएनमा नेपाली राजनिती मौजूदा भयो।मानौ यो देशविकास हुन नसक्ने रामवाणी जो जहाँ प्रहार गरेपनी हुन्छ त्यसको समिक्षा गर्न पर्दैन।अथवा कुनै एनआरएनएको प्रगती प्रतिवेदन किन कार्यन्वयन भएन किन वैठकका एजेन्डा पानीको फोकाझै भए त्यो समिक्षा एनआरएनकर्मीको हैन।अव सवाल रह्यो केहो त एनआरएन? एनआरएन कर्मीको एजेन्डा केवल अवको निर्वाचनमा कुनदेशले अध्यक्ष जित्ने कस्ले महासचिव,कस्ले रेमिट्यान्स धेरै पठायो भनेर गाड कोराकोर गर्ने।नजिकिदै गरेको एनआरएन अधिवेसन र अमेरिकी च्यानल डिसी नेपालको अनलाइन प्रसारण हेर्दा अवत केही लेख्न करै लाग्यो।
अलिकती युकेका लाहुरेहरुको पिडालाइ सापटी लिदै अलिकती आफ्नै प्रवासको पिडालाई निचोर्दै केही विसयहरु उठान गर्न आवश्यक ठानेको छु।विशेस तत्काल आफु रहेको देशको एनआरएनएवाटै परिवर्तन गर्न जरुरी छ मेरो व्रमाको अन्तर्य।
 महजोडीले( ईश्वर तिम्ले जगत वनायौ)गित संगै कोरियाली नेपाली समाजमा गाडिदिएको एनआरएनको जरो ।अवैधानीक हुन्डीकारोवारीको व्यवसायिक वक्र हेराइमा जरै कुहिएर निस्पट तोंदेमुनको कुनै गल्लिमा लडिरहेको छ भन्दा सायदै मैले धेरै शोचिरहन नपर्ला।किन यति कमजोर स्थिति भयो यस्को लेखाजोखामा रमाउने र खरानीको महोत्सव मनाउने छुट अव कुनै कोरियाली नेपाली समाजको सदस्यलाई छैन।छत केवल यस्लाई हुर्काएर कसरी लैजाने र नतिजामुखी वनाउने ?प्रतिक्रियाको लागी हामी धेरै माहिर छौ पक्कै क्रियाको निमीत्त त्यतीकै उदासीन।धेरै गहिरो र पहाडे खस्ने वा कसैलाई आत्मासम्मान गिर्ने कुराले परिवर्तन दिदैन।
करिव डेढ वर्स अगि भोट हालिएको एनआरएन किन आज जिउदै छैन?पक्कै चित्त दुख्नसक्छ एनआरएनकर्मीहरुमा तर विधानसभावाट पारित हरेक वर्स साधारण सभा गर्नुपर्ने कार्यसम्म गर्न नसकेपछी कम्तिमा म जत्तिको चेतले जिउदो भन्न मिल्दैन। फेरी भित्र भएका निर्णय र त्यसका माइनटहरु त मैले अन्दाज़ मात्र गर्न सक्छु।मानौ एनआरएन लौ वरिलै मा हराएको छ।कता कति आक्कल झुक्कल अध्यक्षले ईलिगल मजदुरको वारेमा कड़किएर वोलेको पनि सुने स्वभाविकै हो ।तर एनआरएनले कुनै देशको संविधानको वारेमा टिप्पणी गर्ने हैसियत राख्दैन ।चाहे त्यो नेपालको कानुन होस वा सम्वन्धीत रास्ट्रको ।मेरो अध्यक्ष दुतावासले इलिगल मजदुर हेरेन भनेर कुर्लनुहुन्छ।एनआरएनको लक्ष्य उदेश्य स्पस्ट संविधानमा उल्लेख छ।देशको कानुनको अधिनमा देश विकासमा योगदान दिने अव यस्ले अधिकार माग्ने हैसियत कहाँ राख्छ। नेपालको संविधान र कोरियाको संविधान विपरीत गरिने सवै कार्यहरु आत्मारतिको सफलता वाहेक केही हैनन एनआरएनको हकमा।यो प्रती कम्तीमा अव वन्ने एनआरएन कोरियालाई जानकारि गराउनु हरेक कोरियाली नेपाली समाजका सदस्यको कर्तव्य हो।
  विधान सभा भएन कुनै सदस्यले वुझ्न पाएन एकवर्स कसरी वित्यो।अव कस्ले निर्देशन गर्ने ? आधुनिक संवैधानिक व्यवस्था विपरीत वनाइएको संरक्षकले ? ५ क्लासको विधार्थीलाइ सोधौ संरक्षकको परिभासा। अनि निरन्तर उत्तराधिकारवाल एनआरएनमा यो आवश्यक हो या हैन मतलव अव यो हटाउ।सम्मान भएन मेरो योगदानको क़दर भएन यो तपाइले सोचिरहदा किन एनआरएनए यति कमजोर भयो यो पनि संगै सोचौ।फेरी जस्लाइ एनआरएन कोरियाकाे संरक्षक चाहिने उहाँहरु सवै एनआरएन विश्व,एसिया प्यासाफिकमा हुनुहुनेरहेछ अनि किन तपाइको पदलोलुपतालाई विकासको वाधक वनाउने।सम्मान चाहिनेलाइ सम्मान गरौला। विल्ला चाहिनेलाई विल्ला तर यो जवान र आधुनिक मस्तिस्कवाला उर्जावान कार्यसमितीको ठेकेदार संरक्षक चै वस्ने चेस्टा नगरौ ।यो परिवर्तन गरौ कम्तिमा कोरियनको हकमा।
संवैधानिक प्रावधान चाहिए नेपालको संबिधानको संरक्षक रास्ट्रपती। त्यो संविधानमुताविक वनेको एनआरएनएको संरक्षक संविधान भएन र त्यसको व्याख्याता र धाराहरु कोरिया एनआरएनको संरक्षक हुनसक्छ  व्यक्ती हैन।यो विसय कोरियाको नेपाली समाज र एनआरएनले राम्रो हेक्का राखोस।डेढ वर्स अगि १ महासचिव र दुई सचिवलाइ भोट हालियो अहिले त माइनट लेख्ने विचरो सदस्य कति पिडादायक अवस्था।कति महत्वकांक्षा नेपालीको ।एनआरएनको चुनाव जित्दैमा वा केही वन्दैमा कसैको जिवनको लेखाजोखा हुदैन फेरी हामी त पदलोलुप
नेपाली नेता भनेर थाक्दैनौ। जरुर यहाँ उठाउने विसय यदि कसैको भिसाको अवधी २ वर्स हुदैन भने त्यो एनआरएनको उमेद्वार वन्न लायक हुदैन यो अनिवार्य छ। पक्कै कतिपय ईपियस साथिहरुले चित्त दुखाउनुहोला तर समाज निकासको गति रोक्ने तपाइको महत्वकांक्षालाइ दिइदैन।संवैधानिक रुपमा पद खारेजी कति बेला हुन्छ भने, मान्छे मरेमा,पागल प्रमाणित भएमा वा अदालतले कसुर ठहर गरेमा यस्तै व्यवस्था हुन्छ।अव मेरो कोरियाको उमेर तोकिएको छ ।यो अकल्पनीय हैन। जानाजान कसरी म एनआरएनमा उमेद्वार वन्न सक्छु।यो विसय अव अनिवार्य लागु गर्न जरुरी छ।विधार्थी,मजदुर वा व्यापारी जेसुकै जोसुकै होस तर पुरा कार्यकाल कोरियाको वसाइ अनुमती भए यो अहिलेको समस्या हल हुन्छ।
          एनआरएनको अधिवेसन लाग्यो। डिसी नेपाल देखी,जुनसुकै विदेशी नेपाली होटलमा वहस शुरु भयो। अव के हुन्छ?को के हुने अक्सर कसैलाई सरोकार छैन ।अघिल्लो धुलिखेल वैठकले केके पास गर्यो र कार्यन्वयन कुन चरणमा छ।जटिलता नेपालको राजनितामा मात्र हैन तपाइ हाम्रो खप्परमा बढिनै जकेडिएको छ।अव देशकै सर्वाधिक चर्चा हुने एनआरएन र विदेशीएको नेपाली विना देश वन्दैन भन्ने दर्सनको हेक्का सवै प्रवासी नेपालीले गरौ। पदहरुले क़द वन्दैनन। कुनै पद नलिनेहरु संसार हल्लाएर विदा भएकाछन ।कर्मप्रती विश्वास गरौ।अन्तमा सानो सोचको कोरियन समाजलाई भन्नै कर लाग्याे। म एनआरएनको पदकों आंकक्षी हैन केवल जिम्मेवारीता महसुस मात्र हो।
ठगेन्द्र प्र. न्यौपाने  ,दक्षिण कोरिया

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...