सोजु गफ: दाइ भनेको दाइ हो …..


सोजु गफ: भाग १

दाइ भनेको दाइ हो ……….पल्लो कुनाको टेवलबाट अलि चर्कै आवाज आयो ।
शनिबारको एक साझ, नेपाली रेष्टुरेण्टको कुना काप्चातिर नेपालीहरुले आफ्नै संसार तयार पारी सकेका थिए । जाहा जाहा नेपाली त्याहा त्याहा नेपाली रेष्टुरेण्ट भन्ने चाही नेपाली समुदायको प्रमुख ब्यवसायिक नारा हो जस्तो लाग्छ । जती पनि नेपाली जुन देशमा गएर पनि ब्यवसाय गरेको समाचार सुन्दा लाग्छ अपवाद छोडेर सबैले गर्ने चाही रेष्टुरेण्ट नै रहेछ । जसका भित्री अनेक पाटाहरु होलान् आज त्यता तिर नजाउ । म कोरियाको कुरा गर्दै छु । हुन पनि अहिले दश बीस जना नेपाली जम्मा हुने ठाउमा नेपाली रेष्टुरेण्ट नभएको सायद कोरियाको कुनै शहर छैन होला । त्यही कुनै शहरकोे कुनै रेष्टुरेण्टको कुनामा हामी पनि जमाएर बसी सकेका थियौ । रातको १० बज्न लागी सकेको थियो । नेपालीलाई रातको दश वजे त दिउसै हो जस्तो लाग्ने , त्यो पनि किम्हेमा । किम्हे कोरियाको यस्तो शहर हो कि त्यसमा पनि सिजाङ (बजार) वरिपरी घुम्दा बाग बजार तिरै छु जस्तो लाग्छ । अलि अलि कोरियन धेरै बिदेशी देख्दा यस्तो पनि लाग्ने कि कति धेरै कोरियन चाही याता घुम्न आएका । फेरी रेष्टुरेण्ट तिरै जाऊ । कोही कोही भख्खर भित्र छिर्दै छन । सबैको फरक फरक जिबन शैली फरक फरक भाव भंगी खानपान तर कुरा गर्दै जादा अन्तिममा राजनिती । राजनितीले देश बिग्र्याे भन्ने कुरामा चाही सबको एक मत तर देशलाई बिकासको दिशामा निर्देशित गर्ने पनि राजनितीले नै हो भन्ने चाही हेक्का नराख्ने जमात झनै ठुलो । झन त्यतो हुलमा राजनितीको बिकल्प पनि राजनिती नै हो भनिदियो भने बादबिबाद नपर्ने संभावन कमै रहने ।
फेरी त्यही कुनाको सोजु गफमा कान ठोकियो । सोजु गफ (सोजु मतलब कोरियन रक्सी) समुन्द्रको किनारमा छाल सगै आउने फोका जस्तै ,जसको शुरु र अन्तिमको कुनै पत्तै नहुने । आज त्यतै गफ लेख्दै छु ।
हो के हो अब चुप लाग त ………..
दाइ भनेको दाइ नै हो हामीले कहा भाइ भनेको छ त ?
हा हा हा …………. । ( हासोको फोहोरा छुट्यो )
फेरी दाईले उडाउनु भो …………..।
ल यसलाइ पनि लागेछ , ठाउको ठाउ मान्छे उडाउन सक्ने भएको भए १४ घण्टा कोरियामा घण्टाको फलाम घोटेर बस्थे ? सिधै सस्तो वायुसेवा नै सुरु गर्थे नि ।
एअरवस र बोइङ सब फेल खान्थे । कोरियाका गोर्खेहरु सरर दाइको वायुसेवामा । तलाइ चाही टिकट काट्ने दलाल बनाई दिन्थे , फिक्स ल ।
हा हा हा……………….. । ( फेरी हासोको फोहोरा छुट्यो )
ह्या हास्दा हात चलाउनु त पर्दैन नि ! सब पोखी दियो । कपडा भरी लाग्यो ………. ।
…….. बहिनी यो टेवल एक पटक सफा गरिदिनु त ।
होइन के सिबी दाई तपाई त झन् बुझ्ने मान्छे भन्यो सिरियस कुरा गर्दा पनि उडाइदिनु हुन्छ के । मैले दाइको किन सर्पोट गरेको भने नि सिबी दाई । सबै ग्रुपको केटाहरु दाइको सर्पाेटर हो के दाइ म पनि त्यही ग्रुपमा छु , त्यही भएर हो के तपाई त बुझ्नुस् । त्यस्तो राम्रो राम्रो काम गरेको छ यिनिहरुलाई केही था छैन के , जे भने पनि बिल्ला गर्छन ।
उ लर्रबराउदै बोल्दै थियो ।
फेरी कसले के भन्यो त्यो चाही बुझिएन ।
हा हा हा भस्मे ……………..
हा हा हा भस्मे …………..
सहि भनेको हो यार तैले , यसले चाही दाईको बखानमा समय खेर फाल्नु भन्दा अभिनय तिर लागे हुन्छ ल । भख्खर ठाउको ठाउ भष्मेको अवतार देखाइदियो । भस्मे अर्थात कुनै नेपाली फिलिमको एउटा पात्र ।
तिमीहरु जे भनेनी भन केटाहरु हो । आफु चाही राम्रो काम गर्ने मान्छेको समर्थन सधै गरिन्छ । बरु एक्लै हिडिन्छ , एक्लै गरिन्छ …………….. ।
सहि हो ………. अर्कोले थप्यो ।
……… एक्लै पनि गर्ने कुरा धेरै छन । कहा सबै कुरा फुटबल खेले जस्तो समुहमा गरिन्छ त …………।
हा हा हा …………………..
हास्दा हात चाही नचला न के ……… । फेरी , झण्डै पोखिदिएको ….।
ठिक हो ठिक हो राम्रो काम गर्नेको समर्थन गर्नु पर्छ । राम्रो नराम्रो चाही के गरि छुट्टाउने नि , पवन कुमार ? । कि तलाई मात्र तेरो दाइले सुटुक्क राम्रो पनि राम्रो , नराम्रो पनि राम्रो देख्ने मेशिन आखामा फिट गरिदिएका छन् ?
अर्काले प्रती प्रश्न तेर्साइ हाल्यो ।
हा हा हा ……………………. पवन कुमार ………………….. हाहाहा
क्या सहि नाम दिनुभयो दाई , पवन कुमार , पवन कुमार ………

तिमीहरुले चाहि छ नि हस्पिटल अगाडी बच्चाको नाम राख्ने पसल खोल बबाल चल्छ ।
सब मिलेर मलाइ आज कुन जुनिको बदला लि रहेका छौ ? ……… ।
सुन त केटा हो , यसले आज धेरै चित्त दुखायो यार । म यसको स्तुती गाइदिन्छु ।
जय हनुमान ज्ञान गुन सागर ।
जय कपिस तिहुं लोक उजागर।।
रामदुत अतुलित बल धामा ।
अंजनि पुत्र पवनसुत नामा ।।
ह्या तैले गाएको भएन । यस्तो स्तुती गाएर का हनुमान जि खुशी हुन्छन यार ।
बरु म बजाई दिन्छु ?
कसको आवाजको बजाऊ , शंकर महादेवनको कि सृजय को ?

ह्या सब मिलेर कती ल्याङ ल्याङ गरेको भनेको एउटै माथी ? मेरो भाई पिर नगर , म छु तेरो साथामा खुलेर भन्छु , बरु यो गिलासको पनि अलि घटा न । स्टामिना बडाउनु पर्छ के मेरो भाई अनि हेप्दैनन , अझै हेपे भने तेरो दाई सगै छ के ।
देख्यौ केटा हो । देख्दा देख्दै यसले पनि गुट चेन्ज गर्यौ ।
गुट मात्र हो र ओरिजिनल भष्मे नै पो देखेत । अर्को ले थप्यो
साच्ची ,अब गुटको नाम चाही के राख्छौ त केटा हो ?
“ भस्मे पवन कुमार गुट ।” एउटाले नाम जुराई हाल्यो
“ भस्मे पवनकुमार एउटैको नाम हो नि सम्मानजनक नाम भएन भन्ने बिबाद हुन्छ के भोली फेरी ? ”
“ अहिले ठाउको ठाउ यहि टेवलमा उपहार पाएको नाम न हो दुइटै , भस्मे नाम यसलाई अनुदान दिन्छ नि । याहा पार्टीको अध्यक्ष त बाडेर चलाउने जमानामा । बाटामा भेटेको नाममा के बिबाद गर्नु छ र होइन ? भस्मे पवन कुमार । ” अर्कोले थपि दिन्छ ।
“ होइन हो केटाहरु एउटा काम गर्न लागेपछी त्यसमै फोकस हुनु पर्छ क्या । खान आएको टन्न खाउ अनि जाउ । ”
“ दाईकोे कुरा सुन्दा एउट गीत याद आयो , गाउ ? ”
अब त जाउ क्यारे घर भाले बास्यो उज्यालो भई सक्यो ।
बहिनी , दुईवटा सोजु अनि एउटा पापड साधेको । ल हेर न भष्मेले मगाएको सितन पनि , पापड साधेको रे , त्यो भनेको कस्तो हुन्छ था छ ? पापड त थाहा थियो यो पापड साधेको चाही कस्तो हुने रहेछ । नया आइटम देखे पछी टेष्ट गरौ गरौ भयो के ।
नया आइटम त यसले देख्नै हुन्न नि ।
हो त्यो त ।
अहिले उसलार्ई झनै मन पर्ने नया आइटम त क्याम्बोडियन हो नि ।
के गर्नु यो रेष्टुरेण्टमा छैन ।
हो र ?
फिले आइटम मन पर्छ भन्दै थियो त अस्ती सम्म त ।
यो भष्मेको कुरा छोडौ , आज पापड साधेको मन परेको जस्तै हो के दाई ।
हा हा हा ………………
सधै दाल भात मात्र के खानु ? कहिले काही पापड साधेको पनि खानु पर्छ , होइन भस्मे ?
बल्ल पवन कुमार पनि सोजु गफ तिर प्रवेश गर्यो । हा हा हा …………..।
यो उपलक्ष्यमा के गर्ने दोसल्ला ओडाएर सम्मान गर्ने ?
बहिनी दुइ वटा दोसल्………………….ला
बहिनी अक्कमक्किन्छिन ।
होइन होइन दुइटा सोजु ,
हो गुट मिले पछी कुरा पनि मिल्दो रहेछ ।
होइन त पवन कुमार ?
मैले दाइको समर्थन छोडेको भनेर यसलाई नबुझ केटा हो । यो झन् समर्थक बिस्तारको निरन्तरता हो ।
खाली दाइ दाइ कति दाइ दाइ भन्छस् यस्तै भनि रहिस भने त घरकिले पनि छोडेर जाली । नया आवाज सुनियो ।
घरकीले छोडी भने अर्की ल्याउन पाइन्छ भनेर खुशी भएको होला हिही हि ही, अर्कोले थप्यो ।
यो बिषयमा यसलाइ धेरै भर्याङ नलगाउ त केटाहरु हो । त्यसै त बुढीसग राम्ररी कहिल्यै बोल्या देखिदैन ।
के हो बुढीसग संचार गर्न सहयोगी राखेको त छैन नि आज सम्म ,
दाइको शिष्य न पर्यो ।
छैन छैन त्यती सम्म चाही छैन । एउटै कोठा भएकोले त्यती चाही था छ ।
अब यस्तै हो भने चाही राख्नु पर्ने पनि हुन सक्छ । यो फेसबुक र दाइ बाहेक केही देख्दैन । यसो बिदा पाउदा पनि कोरिया भित्रकै फिलिपिन्स र भेयतनाम भ्रमण गर्दामा फुर्सद होइन । बिहे गरेको पनि ७ बर्ष भइ सक्यो । अरुको बाल बच्चा खेल्दा बिचारा बुहारीलाई पनि रहर थियो होला ।
रहर भएर मात्र भएन , सब दाईले गर्छन भने जस्तो गर्छ यो ।
अरुले गरेकोमा वा वा दिएर मात्र पनि हुन्न के कति काम त आफैले गर्नु पर्छ ।
हा हा हा …………
हेर केटाहरु हो तिमीहरुले मलाई भने जस्तो दाइकै अपमान गरेको हो । यती कुरा चाही थाहा पाउ , तिमीहरु त दाइलाई छुन त परै जा नजिक पुग्न नि सक्दैनौ ।
आपपपपपप……….
यसको दाई त एलिएन नै हो कि क्या हो ? साच्ची मंगल ग्रहबाट आएको की चन्द्रमाबाट रे ?
आबुई …….. अनि नि यो चाही कसरी नजिक पुग्यो त ? त्याहा जान त रकेट चडेर जानु पर्छ होईन ?
फेसबुकमा फोटो टासेको देख्छु त ।
ल , एलन मस्कले यनिहरुको टोलीलाइ दाई सग भेटघाट गराउन अन्तरिक्षमा यात्रा गराएको भस्मेलाई त थाहै रहेनछ ।
भस्मेको आधा जिवन खेरै गएछ ? हाहाहा ……………
ल भो अब यो च्याप्टर बन्द । यती बेला सम्म तिमीहरुको रमाइलो गफ चुपचाप सुने मज्जा आयो ।
दिमागलाई ठण्डा बनएर एउटा कुरा सुन भाईहरु , म तिमीहरु सबैको दाई नै हो । जे कुराको पनि अती भत्त हुनु भनेको समाप्त हुनु हो । आगोमा भात पकाउन मात्र खोज्नु पर्छ भाइहरु किस खान होइन ।………………..
साउजी दुइ बोतल सोजु ंं…………….. सुकुटी पिरो पारेर । अनि बिल पनि ।
केटाहरु अन्तिम सर्ट एकै पटक घ्याम्पे ।

हाम्रो पनि उठ्ने बेला भई सकेको थियो । बाहिर निस्केर ट्याक्सि चडे पछि धेरै बेर सोचिरहे । साच्चि यत्रो समय कान थापी थापी सुनेको दाइ चाही हो को ? आफैलाई हाँसो उठेर पनि आयो र मनमा प्रश्न पनि उठ्यो । आधा कुरा सुन्नु केहि नसुन्नु भन्दा पनि घातक हो भन्थे आज त्यस्तै त भएन ?

क्रमस …………………….

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...