Advertisement
SKIP THIS

कारण यस्तो रहेछ पुरुष भन्दा महिला बढी बच्नुको !


विभिन्न तथ्याङ्कहरुले यसअघि नै महिलाहरु पुरुष भन्दा लामो समय बाँच्ने देखाइसकेको छ । अमेरिकामा मात्र औसतमा पुरुषहरु ७६ वर्षसम्म बाँच्छन् भने अर्कोतर्फ महिलाहरुको आयु चाहिँ ८१ वर्ष रहेको हालैको सीडीसी डाटाले जनाएको छ । यति मात्र नभएर महिलाहरुले पुरुषको तुलनामा जिउने अतिरिक्त वर्ष, स्वस्थ समेत हुने गरेको पाइएको छ ।

विश्व स्वास्थ्य संगठनको हेल इन्डेक्सले महिला र पुरुषहरु कुनै पनि ठूलो रोग वा दुर्घटनाबिना कति समय बाँच्छन् भन्ने तथ्याङ्क निकाल्ने गरेको छ जसमा अमेरिकी पुरुषहरुले कुल ६७ वर्ष स्वस्थ अवस्थामा जिउने र महिलाहरुले भने जीवनभरमा ७० वर्ष स्वस्थ रुपमा बिताउने गरेको पाइएको हो । यसरी महिला र पुरुषको औसत आयुमा दखिएको अन्तर वैज्ञानिकहरुका लागि कुनै नौलो कुरा होइन । किनकि यसअघि नै सबै जाति, सबै क्षेत्रका महिला र पुरुषको आयुमा यही तथ्य लागु हुने गरेको साबित भइसकेको छ ।

यसको कारणबारे न्यु साउथ वेल्सका प्रोफेसर डाक्टर पर्मिन्दर सचदेव भन्छन्, ‘पुरुषहरुले धुमपान गर्ने, अत्यधिक मदिरा सेवन गर्ने, जोखिमयुक्त काममा संलग्न हुने, अस्पतालको सहयोग लिन ढिलाइ गर्नाले नै यस्तो नतिजा देखिएको हो ।”

त्यस्तै यता दक्षिण कोरियास्थित इन्हा युनिभर्सिटीका प्रोफेसर क्योङ जिन मिनले भने फरक धारणा व्यक्त गरेका छन् । उनी भन्छन्, “पुरुषहरुको सेक्स हर्मोन, टेस्टोस्टेरोनका कारण पनि यिनको जीवनआयु महिलाको तुलनामा छोटो हुन पुगेको हो । किनकी सो हर्मोनले शरीर भित्रको प्रतिरोघात्मक कामलाई कम गराउँछ र मुटु सम्बन्धि रोगको जोखिम बढाउँछ ।”

२०१२ मा मिन र उनका सहकर्मीहरुले गरेको एउटा अनुसन्धानमा उनीहरुले लिङ्ग हटाएका ८१ कोरियनहरुको पुराना स्वास्थ्य रेकर्डहरु अध्ययन गरेका हुन् । उनीहरुले सानै उमेरदेखि टेस्टोस्टेरोन हर्मोन उत्पादन गर्न छाडेका थिए । यस्तोमा मिन र उनको टोलीले यस्ता पुरुषहरु समान जीवनस्तर भएका अन्य साधारण पुरुष भन्दा १४–१९ वर्ष धेरै बाँच्ने गरेको पत्ता लगाएका हुन् । यसरी टेस्टोस्टेरोनले रोगसँग लड्ने सेलहरुलाई शरीरमा रिलिज हुनबाट रोक्ने गरेको मिनको भनाइ छ । तर अर्कोतर्फ कम मात्रामा टेस्टोस्टेरोन उत्पन्न हुनु पनि पुरुषहरुमा कमजोर शरीरको कारण बन्ने गरेको बतााइएको छ । यस्तोमा यो विषय अझै जटिल रहेको मिन बताउँछन् ।

यता महिलाहरुको हर्मोन एस्ट्रोजेनले रक्षात्मक भुमिका निभाउने र एन्टिअक्सिडेन्टको काम गर्ने भएकाले पनि महिला र पुरुषको औसत आयुमा यस्तो फरक हुने गरेको सचदेव बताउँछन् । २०१३ मा प्रकाशित गरिएको एक अनुसन्धात्मक जोर्नलमा एस्ट्रोजेनले डिएनएमा क्षति पुर्याउँदै रोग निम्त्याउने प्रक्रियालाई रोक्न सक्ने बताइएको हो । साथै सो अध्ययनमा एस्ट्रोजेनले सेललाई स्वस्थ र सामान्य राख्न मद्दत गर्ने गरेको पनि प्रमाणित गरिएको टाइमले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...