Advertisement
SKIP THIS

एक अर्ब वनको ईपीएस कोष स्थापना गर्न माग


 फोनिज कोरिया संवाददाता सोल – ओखलढुंगा सेवा समाज कोरियाले एक अर्ब वनको ईपीएस कल्याण -कोष स्थापना गर्न नेपाली सम्पर्क समितिको ध्यान आकर्षण गरेको छ | १५ अधिबेशनमा जुटी रहेको समितिलाई समाजले एक ध्यान आकर्षण पत्र जारि गर्दै बिभिन्न बुंदाहरुमा ध्यान आकर्षण गराएको हो | समाजका सचिब श्रीराम गुरुङद्वारा जारी गरिएको ध्यान ७ बुँदे ध्यानआकर्षण पत्र निम्न अनुसार रहेको छ |

 

विगत एक महिनादेखि आक्रामक रुपमा फैलिरहेको मर्स भाइरसले मानिसहरुको ज्यान गैरहेको र समग्र कोरिया नै आतंकित बनिरहेको बेला हाम्रो सस्था सहित विभिन्न २१ ओटा सस्थाले स्थगित गर्न गरेको अपिलको वावजुद पनि कोरियामा रहेको नेपालीहरुको छाता सस्था नेपाली सम्पर्क समिति (एनसीसी) यहि २८ जुनमा आफ्नो १५ औ अधिवेशन गर्दैछ | यद्धपि वर्तमान चुनौतिपूर्ण स्थितिको आंकलन गरि हामीले गरेको मागलाइ सम्वोधन नगरीए पनि एनसीसीले जुन २८ मै गर्ने भनेको अधिवेशनमा हाम्रो सक्रियतापूर्वक सहभागिता जनाउने छौं |

 

 

एनसीसीको गौरवपूर्ण लामो इतिहास र नेपाली समुदायहरु बीच स्थापित आफ्नो विस्वसनियताको ख्याल गर्दै हामीले यो निर्णय गरेका हौ | तथापी पछिल्लो समयमा एनसिसिले सलनाल, छुसकमा कार्यक्रम बाडफाड गर्ने बाहेक अन्य अन्य कुनै गर्व गर्न लायक कार्यहरु गर्न नसकेकोले यसको साख क्षयिकृत हुदै गैरहेको कोरियामा रहेका सबै नेपालीहरुबीच गुनासो सुनिन्छ र यस्तो सुनिदै गर्दा सस्थामा पदासिनहरुले मात्रै सबैथोक गर्नुपर्छ र आफ्नो दायित्व र कर्तव्य चै के हुन्न र कसरि सहयोग पुर्याउनु पर्छ भन्ने बारे नि आलोचकहरुले बुझ्न जरुरि हुन्छ | अनि मात्र कुन सस्थाले के गर्यो र के गर्नु पर्थ्यो भनेर आलोचना गर्ने नैतिकता राख्दछ | नेपालीहरुमा नराम्रो रोग के छ भने कुनै पनि सस्था के कसरी चलेको छ त्यसको यथार्थ कुरा नबुझ्ने |

सस्थाभित्र प्रकृया पुरा गरि पसेर जिम्मेवारी लिन नखोज्ने अनि बाहिर बसेर कुरा काट्ने | यस्ता प्रवृतिले पनि सस्थाको सफलत /असफलतामा भूमिका खेलेको हुन्छ | कतिपय भने सस्थाकै पदाधिकारीहरुबाट नि बेइमान भएको कुरा हरु हामीले सुनिरहेकाछौ, देखिरहेका छौ जुन हामी सबै नेपाली हरुको लागि दुर्भाग्य हो | कोरियामा अहिले तातिएको एनसिसिको अधिवेशन संगै विभिन्न पदका आकांक्षी हरुले आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् | सकेसम्म आफ्नो उम्मेदवारीलाई सर्सम्मत गराउने स्वघोषित उम्मेदवारहरुले भनिरहेका छन् र हाम्रो पनि सस्थागत धारणा के छ भने सबै बर्ग,क्षेत्र लिंग,समुदायलाई मिलाएर सर्वसम्मत कार्यसमिति चयन गर्न सके नेपालीहरुमा सामुहिक एकताको राम्रो संदेश जान्छ र सस्थाको उदेश्य हासिल गर्न सहज हुन्छ |

 

कथंकदाचित सर्वसम्मत नभए स्थापित मान्यता अनुसारप्रजातान्त्रिक तरिकाले चुनावमा जानु को विकल्प हुदैन | अधिकतम प्रयास भनेको सर्वसम्मति गराउने नै हुनु पर्छ | विभिन्न उम्मेदवारले आफ्नो घोषणसंगै हामीलाई पनि समर्थन र सहयोग को लागि अनुरोध आइरहेको छ |हामीले यसलाई सहज रुपमा लिएका छौ | यसै साल मात्रै स्थापित हाम्रो सस्थाले एनसीसीमा सुचिकृत हुनका लागि यस अघि नै प्रक्रिया अनुसार निवेदन दिइसकेको छ |सुचिकृत भएको औपचारिक जानकारी सोहि दिन जुन२८ मै दिने बर्तमान अधक्ष्य लोचन राईले हामीलाइ जानकारी दिनु भएको छ | र यो अधिवेशनमा आकांक्षी नेतृत्व तथा पदाधिकारी हरुलाइ हाम्रो ७ बुदे ध्यानाकर्षण छ |अहिलेसम्म घोषित उम्मेदवारहरु यसबारे मौन देखिएको छ | यसर्थ पनि हामीले यो कुरा उठाउन उचित ठान्यौ |

 

१. एक अर्ब वन बराबरको अक्षयकोष स्थापन गरी इपिएस कल्याण कोष (Eps Welfare Fund):-यसको लागि नेपाल र कोरिया दुवै सरकारबाट सहयोग लिने र इ पी एस मार्फत रोजगारीमा आएकाहरुबाट विमा जस्तै मासिक निश्चित रकम जम्मा गर्ने | यसरी स्थापित कोषबाट कोरियामा बिभिन्न जटिल बिरामी हुदा .दुर्घटना, मृत्यु हुदा र नेपालमा सम्वन्धि परिवारलाइ बिभिन्न दैवी प्रकोप आइलाग्दा एउटा निश्चित मापदण्ड बनाइ राहत प्रदान गर्ने |अब आउने नेतृत्वले यो बारेमा पहल गर्न जरुरि छ यसकोलागी कोरियाम रहेका सबै सस्थाहरुलाई परिचालन गरि यस सम्बन्धि नीति नियम तर्जुमा गर्न दुवै सरकारलाई दवाव दिने |

२.नेपाली लोकगीत संगीतलाई कोरियाको कुना कुनामा पुर्याउन हरेक नोरेबांगमा सबै किसिमका नेपाली लोक भाकाहरु(जस्तै सालैजो ,मारुनी, तामांग सेलो,देउडा आदि ) राख्न पहल गर्ने

३.कोरिया र नेपालको दौत्य सम्बन्धलाइ जनस्तरमा व्यापक बनाउने

४.नेपालमा कोरियन लगानी भित्र्याउन पहल गर्ने

५.एनसीसी सहित कोरियाम रहेका सबै सस्थालाई कोरियाको ऐन कानुन अनुसार औपचारिक रुपमा दर्ता गर्ने गराउने

६.हरेक सस्थाको अध्यक्ष सचिव सलग्न गराई एनसीसी परिषद को विधान मै व्यवस्थी गर्ने |

७.कोरियामा बढ्दो नेपालीहरुको आत्महत्या न्यूनीकरण लागि पहल गर्ने |

 

 

आफ्नो घोषण र प्रतिवाद्दतामा यस्ता दूरगामी मुद्दाहरु उठने उम्मेदवारलाई निसन्देह हाम्रो सहयोग र समर्थन हुनेछ | साथै हामीले पनि कार्यसमितिमा एकजना प्रतिनिधि पठाउने निर्णय गरेका छौ | यसअघि ओखलढुंगा सेवा समाजले भूकम्प पिडित राहत संकलनमासहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरु र हमीले कोरियाम प्रदर्शन गरेको नेपाली चलचित्र रेशम फिलिलिको लागि सहयोग गर्नु हुने सम्पूर्ण संघ सस्था तथा नेपाली समुदाय प्रति हार्दिक आभार प्रकट गर्दछौ |

श्रीराम गुरुङ

सचिव,ओखलढुंगा सेवा समाज दक्षिण कोरिया

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...