भोजपुर परिवारका कार्यबाहक अध्यक्षले सचिवमा उमेदवारी दिने
फोनिज कोरिया संवाददाता
सोल – भोलि हुन् गईरहेको एनसीसी अधिवेशनमा भोजपुर परिवारका कार्यबहाक अध्यक्ष राम कुमार भट्टराईले सचिव पदमा उमेदवारी दिने घोषणा गरेका छन् |
एनसीसी कोरियाकै पुरानो संस्था भएता पछिल्लो चरणमा खासै उल्लेखनिय काम गर्न नसकेको आरोप खेपिरहेको बेला ” हाम्रालाई होईन् राम्रालाई चुनौ’ भन्ने नाराका साथ कोरियामा रहेका सबै संघ संस्थाहरुलाई एकताबद्ध ढंग अगाडी बदाउदै लैजानको निम्ति सचिव पदमा उमेदावारी दिन लागेको बताए | कोरिया रहनु हुने सम्पूर्ण नेपाली समुदायलाई सहयोग गर्न पनि भट्टराईले आग्रह गरेका छन् |