Advertisement
SKIP THIS

कोरियामा फेरी एक नेपालीको हृदयघातका कारण निधन


कोरियामा फेरि एक नेपाली युवाको उपचारको क्रममा बिहिबार निधन भएकोछ । चुङ्गनाम प्रान्तको होङसङ गुन स्थित एक बङगुर फार्ममा कार्यरत ३४ बर्षे युवा योगेन पयाँगु लिम्बुको निधन भएकोछ। तेह्रथुम म्याङलुङ नगरपालिका १० निवासी लिम्बु ३० महिना अघि ईपिएस मार्फत कोरिया आएका थिए।

मृतक लिम्बु केहि महिना देखि नै डाइबिटिजको औषधि खादै दिए । केहि दिन देखि सास फेर्न केहि गाह्रो, पिसाब पनि हल्का रातो र दिशा पनि केहि कालो देखिएपछि स्थानिय अपस्तालमा देखाउदा अल्लि ठुलो अस्पताल होङ्गसनमा रिफर गर्यो । होङ्गसङबाट पनि हिजो बुधबार छनान स्थित एक अस्पतालमा रिफर गर्यो । रगत दिशा पिसाब एमआरआइ सबै चेक गर्दै गर्दा आज बिहान इमरजेन्सीबाट साधारण वार्डमा सारेको थियो । सामान्य नै थिए । अचानक थरर काप्नु भयो ढल्नु भयो । केहि समय पछि मुटुले काम गर्न छोड्यो । मृत्य भयो भने डाक्टरले । संगै काम गर्ने पवन लिम्बुले फोनिज कोरियालाई बताए ।

मृत्युको दुखद खबर नेपाली दुताबास कोरियाका श्रम सहचारी डिल्लीराम बास्तोलालाइ जानकारी गराइ सकेको संगै काम गर्ने साथी पवन लिम्बुले बताएका छन् ।

घटनाको जानकारी प्राप्त भएकोछ । कन्सुलर बिभाग, इपियस शाखा र परिवारलाई पत्र मार्फत जानकारी गराई सकेको श्रम सहचारी डिल्लीराम बास्तोलाले बताए । आवश्यक प्रक्रिया पुरा गरि छिटो भन्दा छिटो मृतकको लाशलाई नेपाल पठाइने श्रम सहचारी बास्तोलाले बताए।

मृतक लिम्बु बिबाहित तथा एक छोरी समेत रहेको बुझिएको छ। केहि समय पछि छुट्टिमा नेपाल जाने तयारी गरेका लिम्बुको दुखद मृत्यु भयो । अहिले मृतकको लाशलाई होङ्गसङ्गको लाश घरमा राख्नको लागी लगिदै गरेको कुरा पवन लिम्बुले बताए।

दक्षिण कोरियामा आत्महत्या, सुतेकै अवस्थामा मृत्य हुने, औधोगिक दुर्घटना र बिभिन्न रोगका कारण मृत्यु हुने दर बढि रहेकोछ। बिभिन्न सचेतनामुलक कार्य गर्दा पनि मृत्यु दर घटाउन नसकिएको गुनासो श्रम सहचारी डिल्लीराम बास्तोलाले बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...