Advertisement
SKIP THIS

कोरियामा दुई दुई पटक मानार्थ नागरिककाे सम्मान पाउने प्रो.डा. भानु श्रेष्ठ


साैल महानगर पालिकाले हरेक बर्ष प्रदान गर्दै आएकेा मानार्थ नागरिककेा सम्मान यस बर्ष २०१८ मा नाेवेम्बर १५ तारिख प्रदान गरेकेा थियेा। बिदेशी मानार्थ नागरिक दिवसकाे ६०औं बार्षिकीको अवसरमा सौल महानगरपालिकाबाट सौलको छबी उच्च पार्ने २२ जना बिदेशी मध्येमा मानार्थ नागरिकको सम्मान पाउने नेपालीमा प्रेा डा. भानु श्रेष्ठ र समाज सेबि भजिन्द्र क्षेत्री रहेका थिए।

नेपाल कोरिया फ्रेन्डशिप सोसाईटीका अध्यक्ष समेत रेहेका प्राेफेशर श्रेष्ठले नेपाल कोरिया बीच संस्कृतिआदान प्रदान र शिक्षा तथा खेलकुद जस्ता क्रियाकलापमा सक्रिय भूमिका निभाए बापत यस बर्षकेा मानार्थ नागरिककेा सम्मान प्रदान गरिएकेा हेा। यस बाहेक २०१२ मा पनि संगबुक गुछङग बाट मानार्थ नागरिकके सम्मान पनि पाएका थिए।

दोलखा जिल्ला गौरी शंकरमा जन्मेका श्रेष्ठ सानै देखि तिक्ष्ण प्रतिभाका थिए ।भीम मा.बि बाट एल एस सी सके पछि उच्च शिक्षा अध्ययन लागी राजधानी प्रबेश गरेका थिए। पाटन साइन्स क्याम्पसको अध्ययन पुरा गरि थप उच्च शिक्षा हासिल गर्नका लागी सन १९९२ मा कोरिया प्रबेश गरेका थिए। १९९२ मा कोरियन भाषाको अध्ययन गरि १९९३काे अन्तमा नेपाल फर्केका थिए।

पुन. १९९४ मा इलेक्ट्रोनिक ईञ्जिनॆरिङ्ग बिसय लिई स्नातक (Bachelor’s Degree),  अध्ययन गर्न काेरिया प्रबेश गरेका थिए। कन्कुक युनिभर्सिटिबाट स्नातक,(Bachelor’s Degree), स्नाकोत्तर(Master’s Degree) एबम पि.एच.डि (Doctorate in Engineering)  अध्ययन पुरा गरे।अन्तत सन २००८ को फेब्रुअरीमा रेडियो फ्रिक्वेन्सि (सेमि कंडक्टर चिप डिजाइन) बिषयमा अनुसन्धान गरि पि .एच. डि केा उपाधि प्राप्त गरेका थिए।

२००८ मा विद्यावारिधि गरे संगै एडजन्ट प्रोफेसर ३वर्ष, आस्सिस्टेण्ट प्रोफेसर ५वर्ष पुरा गरि हाल एसोसियट प्रोफेसरको रुपमा काम गर्दै आएका छन्।आधार भूत रुपमा अनुसन्धान गरेर शोधपत्र लेख्नु अनि  पढाउने मुख्य  काम श्रेष्ठकेा रहेकेा छ।

नयाँ प्रबिधिको बिकास गर्नका लागि तथा बिश्वब्यापी रुपमा नयाँ अनुसन्धानका बिषय आदान प्रदान गर्नका लागी ICT- ADVANCED ENGINEERING SOCIETY संस्था स्थापना गरेका छन्। जुन संस्थाको उपाध्यक्षको जिम्मेवारीमा काम गर्दै आएका छन्। यो संस्था कोरिया सरकारको बिज्ञान ICT तथा भबिष्य योजना मन्त्रालय अन्तर्गत पर्दछ। यो संस्थाले अन्तराष्ट्रिय स्तरको कन्फेरेन्स गर्दै आएकोछ। २०१९ को जनवरी ८ देखि १२ सम्म काठमाण्डौंमा दोश्रो अन्तराष्ट्रिय कन्फेरेन्स गर्दैछ। त्यस्तै तेश्रो अन्तराष्ट्रिय कन्फेरेन्स २०१९ जुलाई ११ देखि १३ सम्म कोरियाको छेजुदोमा आयोजना गर्दैछ।

लामो समय कोरियामा बसेका प्रो डा= श्रेष्ठले धेरै कुरा सिकेका छन्। उनी भन्छन   त्यसम मध्येमा नया प्रबिधिको ज्ञान तथा उपयोग  गर्न, अनुसन्धानको ब्यबहारिक प्रयोग गर्न , प्रणाली अनुसार कार्यन्वयन गर्न , नियममा बस्न , समयलाई ध्यान दिन , धेर्यता गर्न र  ईमान्दार बन्न, आदर गर्न र कुनै पनि कार्य प्रति  झुकाव राख्न सिकेका छन्।

यस्ता कुराहरुको आश गर्न  र रहर मात्र हुन्छ नेपालमा । समग्रमा“मान्छे बन्ने तरिका” मैले सिकेको छु । नेपालमा त्यस्तो बाताबरण देखेको छैन । हाम्रो कोहि संग पनि झुक्ने बानि छैन । किनभने हाम्रो गीतले पनि त्यहि भन्छ, सगरमाथा पनि त्यस्तै छ । तर मैले यहाँ आएर झुक्ने बानि सिकेको छु जसले सकारात्मक मनस्थितिको बिकास हुन्छ। आपसी आदरको बिजारोपण हुन्छ। डा. श्रेष्ठ भन्छन्।

” अझै अर्को रोचक कुराको पनि अनुभव छ उनीमा। अर्को चाखको बिसय केहो भने नेपालमा प्रोफेसर या शिक्षकले बिधार्थीको एक तर्फि मुल्याङ्कन गर्छन्।तर यहाँ काेरियामा दोहोरो मुल्याङ्कन हुन्छ। बिधार्थिले पनि प्रोफेसरको मुल्यांकन गर्छन्।जसले गर्दा एक आपसमा सामिप्यता बढाउछ।

अर्थात प्रत्यक सेमेस्टरको अन्तमा बिद्यार्थीहरुले प्रोफेसरको मुल्यांकन गर्ने प्रणाली छ र मुल्याङ्कनमा निश्चितअंक प्राप्त्र गरेको हुनु पर्दछ। र प्रोफेसरको कमि कमजोरी थाहा हुन्छ अर्को पटक सुधार्न  गर्नको लागि मौका हुन्छ तर नेपालमा एकोहोरो प्रोफेसरबाट विद्यार्थीको मात्र मुल्यांकन गर्ने प्रणाली छ।

अर्को चाखको बिसय भनेको कोरियन बिद्यार्थीहरुले जबसम्म राम्रो बुझेको हुदैन उनिहरुले प्रस्न गर्दैनन् तर नेपाली विद्यार्थीले आफुले नबुझेको अबस्थामा प्रस्न गर्छन । यसको अर्थ के हो भने नेपाली बिध्यर्थिले नपढेर नै बुझ्नको लागि प्रश्न गर्छन भने कोरियनले पढे पछी मात्र नबुझेको प्रश्न गर्छन भन्न खोजेको हो ।

अर्को के कुरा फरक पाए भने पढाइको उद्देश्य बारे  नेपालको पढाइको उद्देश्य उच्च अंक प्राप्त गरेर उच्च अध्ययनको लागि विदेशमा पढ्न जाने  तर यहाँ भने अलि फरक छ । यहाँको चाहि राम्रो अंक प्राप्त्र गरेर चाहेको कम्पनिमा काम गर्ने ।यहाँको पढाइ  Job Oriented छ भने नेपालमा Marks Oriented हुन्छ ।” प्राे.डा. श्रेष्ठले बताए।

मिडियामा आउन नचाहाने प्राे.डा. श्रेष्ठले काेरियामै बसेर प्राध्यापन पेशा, अनुसन्धान र समाजसेवामा समेत निरन्तर लागी परेका छन्। नेपालीकाे शिर समेत उच्च पार्न सफल भएका छन्।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...