Advertisement
SKIP THIS

ईपीएस प्रणाली खारेजीको माग गर्दै राष्ट्रपति भवन अघि धर्ना


दक्षिण कोरियामा रहेका विदेशी कामदारहरुले सउलको ख्वांगह्वामुनमा रहेको राष्ट्रपति निवाश अगाडी धर्ना दिदै संयुक्त राष्ट्रसंघबाट मनाउने १८ औ अन्तराष्ट्रिय प्रवासी मजदुर दिवस आइतबार मनाएको छ । प्रवासी मजदुर युनियन (एमटियु)ले आयोजना गरेको कार्यक्रममा सउल आसपासका विदेशी कामदारको समभागिता थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै एमटियुका अध्यक्ष उदय राईले कोरियामा रहेका विदेशी कामदारहरुले ईपीएस प्रणाली मार्फत कामदार बनेर आउँदा धरै दुःख भोग्न परेको बताए । ‘न कामदारले चाहेको अनुसार कम्पनी फेर्न सकिन्छ न चाहे अनुसारको कम गर्न । त्यसैले यो इपिएस सिस्टमलाई परिमार्जन गर्दै नयाँ र बैज्ञानिक शैली अपनाउनु पर्छ ।’ उनले भने । ‘१६ देशका बिदेशी कामदार छौ । हामीले सबै देशमा पनि यहाँको अबस्थाको बारेमा जानकारी गराएका छौ । तर सम्बन्धित देशहरुले समेत खासै वास्ता गर्दैनन् ।’ उनले थपे ।
हाल ईपीएस प्रणालीमा प्रवासी श्रमिकहरुले स्वइच्छाले कम्पनी परिबर्तन गर्न नपाउने, तलब सुबिधा भने जस्तो नहुने जस्ता समस्यालाई लिएर एमटियुले लामो समय देखि आन्दोलन गर्दै आईरहेको हो । अहिले कोरियामा सरकारले तलब बढाए पनि कम्पनीहरुले काम घटाउने क्रम जारी छ ।
प्रवाशी मजदुरहरुले खानेबस्ने खर्च सम्बन्धि निर्देशिका खारेज गर्नु पर्ने, कम्पनी ब्यबसायीले प्रबासी श्रमिकको तलब घटाउन गरिएको माग फिर्ता लिनु पर्ने, इपिएस अन्तर्गतको श्रमिकले थेजिकम कोरियामै पाउनु पर्ने, ३ बर्ष पछि थप गरिने १ बर्ष १० महिनाको भिषा कम्पनी मालिकको अनुमति बिना थप गर्न पाउनु पर्ने, श्रमिकले आफ्नो परिवार कोरियामा झिकाउन पाउनु पर्ने जस्ता माग एमटियुले राख्दै आएको छ ।
पाँच बर्ष भन्दा बढी अवधिसम्म काम गर्नु पाउनु पर्ने, कम्पनी परिबर्तन गरेको श्रमिकले पनि कमिटेड श्रमिकको रुपमा आउन पाउनु पर्ने, कृषि क्षेत्रमा कार्यरत श्रमिकलाई भेदभाब गर्ने मजदुर कानुनको धारा ६३ खारेज गर्नु पर्ने, कृषि क्षेत्रको श्रमिकले पनि उत्पादन क्षेत्रमा काम गर्न पाउनु पर्ने, प्रवासी श्रमिक र परिवारको अधिकार रक्षाको निमित्त संयुक्त राष्ट्र संघबाट जारी कन्भेन्सनलाई कोरियन संसदबाट अनुमोदन गर्नु पर्ने लगायतका माग पनि एमटियुको रहेको छ ।
राष्ट्रपति भवन अघि बिरोध सभा गर्न पहिले विरोध र्याली सउलको बिभिन्न भागमा परिक्रममा गर्दै राष्टपति भवन अघि पुगेको थियो । सो धर्नालाई कोरियाका सञ्चार माध्यमले माध्यमहरुले प्राथमिक्ताका साथ प्रत्यक्ष प्रशारण गरिएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा ३१ औं विश्व आदिवासी दिवस तथा नेपाल महोत्सव मनाइने
  • ‘अञ्जिला’ प्रदर्शनबाट चुम्लुङ कोरियाद्वारा अञ्जिला तुम्बापोलाई १६ लाख रुपैयाँ हस्तान्तरण
  • माङ्गेन्ना इन्टरटेनमेन्ट र बहुसाँस्कृतिक आप्रवासी सहायता केन्द्रबीच सम्झौता
  • ‘अगस्ट २ साँझ ‘समर रक पार्टीले ‘ झुमाउने भो कोरिया
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...