Advertisement
SKIP THIS

दक्षिण कोरियामा मृत्यू भएका परिवारलाई थारु कल्याणकारिणी सभाले गर्यो आर्थिक सहयोग


केही समय अघि आफ्नै होस्टलमा सुतेको बेलामा मृत्यु भएका कैलालीका २८ वर्षीय प्रमोद चौधरी र सडक दुर्घटनामा परि उपचारको क्रममा मृत्यु भएका पर्साका पर्सागढी नगर पालिकाका ४५ वर्षीय ओम प्रकाश चौधरीका परिवारलाई थारु कल्याण कारीणी सभा दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ । मंगलबार काठमाडौमा एक कार्यक्रम आयोजना गरेर थाकस दक्षिण कोरियाका निबर्तमान अध्यक्ष पुष्प चौधरीले सो सहयोग परिवारलाई दिएका हुन् ।
‘हामीले परिवारलाइ केही होस भनेर थोरै सकेको सहयोग गरेका हौ ।’ थाकस दक्षिण कोरियाका अध्यक्ष शिव चौधरीले भने । ‘सहयोग हामीले प्रमोद चौधरीको श्रीमती सरीता चौधरीलाई १ लाख ८० हजार ८३८ रुपैयाँ र अर्का मृतक ओम प्रकाश चौधरीका छोरा विश्व प्रताप चौधरीलाई १ लाख ९६ हजार ९५ रुपैयाँ सहयोग गरेका हौ ।’
थाकसले आफ्नो कोषबाट तीन लाख वन र बाँकी संस्थाका सदस्य तथा शुभचिन्तकहरुबाट उठाएको सहयोग भएको बरिस्ट उपाध्यक्ष शिबशंकर महतोले बताए । ‘परदेशमा मृत्यू भएका परिवारको लागि सानै भए पनि हामीले मिलेर सहयोग गर्यो । यो राम्रो कुरा हो । सबै साथीभाइको सहयोगले यो काममा सफल भयौ ।’ उनले भने ।
थारु कल्याणकारीणी सभा दक्षिण कोरियाले यस अघि पनि दक्षिण कोरियामा थाइराइडका विरामी भएका चितवन बछौलीका जीतबहादुर महतोलाई १ लाख ४० हजार सहयोग गरेको थियो । त्यस्तै नेपालमा गत बर्ष बाढी पीडितका लागि न्युज २४ का सिधाकुरा जनतासंग कार्यक्रम संचालक रवि लामिछाने मार्फत १ लाख ५ हजार ५०० रुपैयाँ सहयोग गरेको थियो । त्यस्तै चितवनका सन्जीत महतोको उपचारका लागि १ लाख ५ सय, शुद्धोदन गाउँपालिका वडा नं. २ गोपालपुर रूपन्देही मुटु रोगी रिमा थारूलाई १ लाख १५१ र वैदेशिक रोजगारीको क्रममा साउदी अरेबिया गएका चितवनका मिर्गौला पिडित हरेराम महतोलाई ८० हजार आर्थिक सहयोग गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वी नेपाल समाजले दीपावली विशेष शुभकामना आदानप्रदान एवम देउसी भैलो आयोजना गर्दै
  • नेपाल कोरियाको साँस्कृतिक मेलमिलाप दर्शाउने तेक्वान्दो प्रदर्शन
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • नवौं रेसुङ्गा भलिबल कप २०२५ उपाधी गुल्मीको पोल्टामा, उपविजेता सुदुरपश्चिम समाज
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...