भीख माग्ने नयाँ अभियान, चुहिने कटौरामा अर्बौं दान

सज्जनकुमार सिंह ‘लामगादे’
मागेको रोटीले मेरो पेट भरिन्न
खोसेको धोतीले मेरो लास छोपिन्न
तर कोहि अगाडि यी हात जोडिन्न-गोपाल योन्जन ,
भारतमा भीख मागेर मान्छेहरु करोडपति भएका घटनाहरु केहि छन । काठमाडौंमा पनि भिख मागेर चारतले घर बनाएको खबर एक महिनाअघि सार्बजनिक भएकै हुन् । सायद यस्ता खबरहरुले सरकार र मन्त्रीलाई छोएको हुनुपर्छ | नेपाल सरकार पनि भिख मागेर देशको नया निर्माण गर्ने दाउमा छ । ४ सय अर्ब देशको नया ऋण र भीख माथिको कसका के के दाउ छन हेर्दै जाउला तर नेपाल निर्माणमा सहयोग गर्ने छिमेकि देशलाई हामिले धेरै धन्यवाद दिन्छौं | यहाँभने मति बिग्रेका नेता र नेतृत्वको मागेर पेट भर्ने शैली अनि उनीहरुको नक्कली देश देश प्रेमको नौ टंकीलाई लेख्न प्रयास गरेको छु ।
बालकृष्ण समले लेखेको एउटा कविताको हरफहरु उल्टाए,सुल्टाई धेरै सम्झे । सायद दस कक्षातिर पढेको हो क्यारे उनको त्यो इच्छा कविता । कविताका एक हरफमा कवि बालकृष्ण समले नेपाली गण्डकिको तिरमा नेपाली श्रीखण्ड र चन्दनले जल्न पाउ , अर्को जन्म पाए भने नेपाली भएर जन्मिन पाउ भन्ने इच्छा जाहेर गरेका छन । सीयोदेखि मर्दा बेरिने कात्रेा र दाग बत्ती दिने श्रीखण्ड ,चन्दन पनि बिदेशबाट मगाउनु पर्ने हाम्रो अवस्था छ । यो अबस्था हुनु केवल समका इच्छा कविता माथि मात्र होइन हामिले देखाउने राष्टियता माथि नै ठूलो हिर्काइ हो । भुकम्पमा परि निधन भएका सिन्धुपाल्चोक , गोरखा र रसुवाका धेरै नेपालीले एउटा हरेराम कात्रो पनि पाएनन् ,समले भने जस्तै गण्डकिका बगरमा श्रीखण्ड र चन्दनमा जल्ने उनिहरुको पनि इच्छा हुदो हो तर उनिहरुको मृतक शरिरले ,पाच फिटको खाडल पाएनन्,श्रीखण्ड र चन्दन त परैका कुरा । हुन त मरेपछि फुलमाला र चन्दनमा जल्नुको अर्थ होला नहोला तर यसको साकेतिक अर्थ हामिले मरेका शरीरहरु पनि ब्यबस्थित तरिकाले गाड्न सकेनौ । बाचेकाहरु पेट भर्न पाएनन,मरेकाहरुले खाल्डो पाएनन । हामी बाच्दा र मर्दा पनि निरीह बन्यौ । हामिले हाम्रा लागि पाच फिट खाल्टो पनि बनाउन सकेका रहेनछौं । खाल्टो खन्न पनि विदेशि आए हामी हेरीरह्यौं मुखदर्शक बनेर । बिदेशिले दुइचार, वटा त्रिपाल दिए ,मानबीयता सम्झेर उनिहरुले सक्ने दिए ,कुहेका चामल हुन या फाटेका कपडा जे दिए पनि त्यो ठुलो सहयोग बन्यौ हाम्रा लागि । मरेका नागरिकको लास , आफन्तको रोदन देखाएर हात पसारेर थापेको भिख पनि बाडिचुढि,लुकाइवरि खानसम्म भ्याए । 25 करोड भ्रष्टचार भो पालमा मात्र । तै पनि हामी स्वाभिमानी नेपाली भन्न छाड्दैनौं हामी राष्टवादि नेपाली भन्दै ओठे राष्टवादको अलाप रट्न छाड्दैनौ ।हामी भिख माग्न पनि त कहाँ झाड्छौ र । हामी स्वतन्त्र,सम्वृद्द नेपाल भन्न छाड्दैनौ । अझै उनिहरु जसले अरुले दिएको एक थान पाल र भुजाका गेडामा राजनिति गरे ,भ्रष्टचार गरे । दाताले दिने ४ सय अर्बमा कति गर्लान र कति होला भ्रष्ष्टचार ??
हाम्रो शरिरका छाला,मासु र ,रगतमा नेपालीपन छ । सामसुङ मोबाइलमा एउटा ब्याट्रिमा लेखेको थियो ,फिनिसिङ चाइना मेड इन कोरिया यसै प्रसङ्गमा जोडेर भन्न मन लाग्छ , हामी नेपाली पनि फिनिसिङ नेपाल मेड इन इन्डिया,साउदि,कतार र अन्य ।
देशले नेपाली पन एउटा शरिर खाने मुख र हातखुट्टा दिए पनि देश मै नंग्रा प्रयोग गर्ने अबस्था बनाउन हामी चुक्यौ । हाम्रो नेतृत्व चुक्यौं र सरकार चुक्यो । स्वीजरल्याण्ड बनाउछु भन्नेहरु पनि चुके । हाम्रो शरिर , मन ,मुटु र भावना नेपाली छ, तर कालो पक्ष शीर देखि पाउसम्म सियोदेखि कात्रोसम्म हामी अरु कै प्रयोग गर्छौं र गर्न बाध्य छौं । अझै मागेका त्रिपाल र कात्रोमा पनि भ्रष्टचार गरेर नयाँ नेपालको बाटाहरु खोल्ने काम गरे अधिकांसले ।
सोध्न मन लाग्छ आफैलाइ,उनिहरुलाई र आम स्वाभिमानको भजन गाउनेलाई , मर्दा बेरिने कात्रोसम्म आफ्नै देशमा बनाउन नसक्नु के हाम्रो स्वाभिमानता हो ?? सधै मरुभुमिको बालुवामा सुइया सुस्केरा फेर्दै पसिना बेच्नु? बिदेशि गल्लिमा कुकुर सरह हिड्नु,स्वाभिमान हो ?? या त सुर्यचन्द्र अंकित झण्डा झुकाएर विदेशीसंग दान माग्नु स्वाभिमान हो ?? छात्ती पोल्दो हो यो स्वाभिमानको पनि । बिलाप गर्दो हो हाम्रो राष्ट्रबाद । कटौरा थापेर नया नेपाल बनाउछु भन्नेलाई पनि लाज लाग्दो हो ।
राष्टियता कै प्रसंगमा एउटा घटना याद आयौं नेपाली झण्डा छातिमा टासेर देशका इज्जत राख्न आएका ,खेलाडि जो कोरिया साफ गेममा लुके , छिन भरमै उनी मिडियामा छाए । उनका एक जना भाइ ,रहेछन उनी मेरो साथि थिए गुरुङ थरका ती साथीले मसंग भने खेलाडि बनेर आउन धेरै पैसा खर्च भा छ काम खोज्न सहयोग गर्नु पर्यौं ,भर्खरै बिबाह गरेकि श्रीमती छ सारै गरिव छ ल सर यतै लुकाउने कुरा गरे उनले । मैले नेपालीको साझा फेसबुकमा लेखिदिए ल भागेको खेलाडिका लागि काम आवश्यक छ ,उसलाइ कतै काम भए खबर गरिदिनु होला । केही छिन मै सयौं कमेन्ट आए ,खेलाडिले गरेको राष्टिय बेइज्यतको आक्रोश म संग पनि पोखे खासमा मैले यो बिषयमा सबैको धारणा बुझ्न नै त्यसो गरेको थिए । के यहि हो हाम्रो राष्टियता? ,शिरमा देशकेा जिम्मेवारिको दर्जानी पाएका, मन्त्री ,कर्मचारि,सेना प्रहरी देशको न कानुन जुत्ताको तलुवामा बाधेर जिम्मेवारी बिर्सनु राष्टियता हो ? झण्डाकेा स्कट बनाएर -याम्पमा हिड्नु राष्टियता हो ।? सोच किताब लेखेर फेवातालको जग्गा अतिक्रमण गर्नु राष्टियता हो ?? गुण्डा मर्दा ,हत्यारा मर्दा रुदै ,बिलाप गर्नु र सति जान खोज्नु तर सिन्धुपाल्चोकमा एउटा कात्रो पनि नपाएर खाडलमा पुरिएका नेपाली दिदिबहिनीको तस्बिर हेरेर
त्यिनका आखा नरसाउनु के यहि हो राष्टियता ?बाहिरा झण्डा बेर्नेहरु,बाहिरा नेपालको फ्रेम बोकेर विदेशलाइ देश जिम्मा लगाउनेहरु नै बढि राष्टवादि छन यहाँ ।
आफ्नो देशको उत्पादन भन्ने केछ ?? हामी स्वाभिमानी र स्वाबलम्बि हु भन्नलाइ ।नेपाली नामका अभागि मान्छेहरु उत्पादित छन मात्र उत्पादनमा । यहि माटो छ हाम्रो भन्ने यहि माटो पनि प्राकृतिक बिपत्तिले छेदबिच्छेद बनाउदै छ । असुन्दतम,हिमाल ताल दसनीया छन तर यी हुनुको पनि अर्थ भएन , भएको अर्थयुक्त बनाउन सकिएन । लिपु र अन्न ठाउमा देश अतिक्रमण भएको छ । हुन पनि किन नस ,हाम्रो देशको छाति विदेशिलाइ परेड खेल्ने अनुमति दिएका छौं । हामी हिउँ सुक्दै गएका , पर्यटक पर्खिएका सगरमाथा, कन्चञ्जंघाहरु र फेवातालहरु हेरेर ,झण्डा र खुकुरि हेरेर,पुर्खाका इतिहासका फोटो हेरेर नाक फुलाउछौं तर यथार्थ राष्टवादि हामी बन्न सकेनौ ।हामी देशलाइ माया गर्दैनौं । हामिलाइ राष्टियता भन्ने नै थाहा छैन ।
देश मरे पनि म बाचि राखु ,हामिमा हुर्किदै गएको यहि हो राष्टवाद । राष्टबादि कवि कालीप्रसाद रिजालको गीत उल्टाउदा खिन्न लागिरहेछ , । यहि गीत सुन्दा छाति असिमित राष्टवादको उक्साहटले ढक्क फुलेर आउंथ्यो र भन्थे ,म मरे पनि मेरो देशबाचि राखोस । तर त्यसो भएको हेर्न पाइएन आखा अभागि भनौ कि हामी अभागि केवल सत्ता र शक्तिमा भएका उनिहरु बाचिराखे,हासि राखे देश मरिरह्यो र रोइरह्यो ।
चन्द्र सुर्य टागिएको रातो र निलो झण्डामा फर्फरिरहेको मेचि महाकालि यहि झण्डामा समाहित भएका २ करोड ७० लाख नेपाली हेा, राष्टवाद के हो ? नेपाली स्वाभिमान र हामिले देशलाइ गर्ने माया के हो ? देशलाइ सच्चा माया गर्न केके गर्नु पर्छ ?? के हो हामिले देशका लागि आफ्नो क्षेत्रबाट दिन सकिने योगदान ??
बिदेशी चुरोट , रसियन रक्सिले देश ढाकिएको छ ,उत्पादन विदेशि धुवा नेपालमा तर हाम्रा किसानले उत्पादन गरेको दुध कुहिन्छ । पहिलेा कुरा हामी उत्पादन गर्दैनौ ,मरिमरि उत्पादन गरेको सामाग्रिलाइ विदेशि सामाग्रिले किच्छ । हामी राम्रो सामान प्रयोग गर्न,उपभोक्ता स्वतन्त्रताका नाममा नेपाली बस्तु र सेवालाइ सिदै निषेध गर्छौं ।परिपाटि कस्तो बनाइयो भने ,लाभांस र नाफाका नाममा विदेशि सामाग्री भित्राउने देशमै उत्पादन हुन सक्ने र बल्ल बल्ल उत्पादन गरिएका सामान पनि कुहिने,राख्दा राख्दै । हामिलाइ अधिकार छ बिदेशि सामान प्रयोग गर्ने ,गर्नु पनि पर्छ , तर सकिन्छ भने देशको माया छ भने उस्तै सामान जो नेपालमा उपलब्ध छन ती सामान देश बिकासका लागि प्रयोग किन नगर्ने?
हामिलाइ ती नेपाली उत्पादनमा घृणा लाग्छ ,कमअसल लाग्छ । महंगो राम्रो भन्ने सोचले हामि ग्रसित ,विदेशमा बनेको गुणस्तरिय भन्ने हाम्रो सोच छ । बर्सेनि देशले अर्बौ व्यापार घाटा बेहोरेको छ । गत दशैमा नेपाल जादा नेपालमा उत्पादन भएको बोका प्रयोग बारे चर्चा चल्यो | हाम्रा गाउका शिक्षकले चाइनिज च्यान्ग्रो नै ढाल्ने बोकाले नहुने भनेर इन्कार गरे | हुनसक्छ बोका र र च्याङ्ग्राको स्वाद फरक होला तर उस्तै चिज देश मै छ भने राष्टका लागि हामिले त्यसलाई प्रयोग गर्न किन हिचकिचाउने ? त्यसलाई सदुपयोग गर्ने वातावरण किन नबनाउने ?
हामी गाई पाल्छौं दूध बेचेर बिदेशि रक्सी पिउन्छौ अनि देश बनाउने सपना पनि देख्छौं आलु रोप्ने ठाउँ छैन तर गाजा लाउने ठाउँ हामिलाइ प्रशस्त छ ,हामि गाजा खेति गर्छौं । हुन पनि खराब काम गरेका डाकाहरु चोरहरु फटाहाहरु रातारात करोडपति भएका छन तर मरिमरि आलु उत्पादन गर्ने कृषकहरु आलुको थुप्रो हेरेर हेरेर कन्पारोमा हात लाएर टोलाउन्दै बस्न बाध्य छन् | यस्तेा छ नीति देशको यहि छ देशको यथार्थता । हामी चाइनिज सेतो आलु प्रयोग गर्छौं | चाइनिज स्याउ खोज्छौं तर नेपाली आलु र स्याउ कता फालौं गर्छौं ।
उत्पादन र प्रयोगबारे राष्टिय नीति बनाउनुपर्दछ । बिदेशिले के ,देला भनेर हात थाप्दै मागेर देश चलाउनेहरुले देशका सम्भावना हेरेनन् । सधै परजीवि बनेर देशका नागरिकमा पनि त्यहि रोग सारिदिए । मागेर अरुले दिएर देश कहिलेसम्म चल्छ ??
चोर अघि छ देशमा, गुण्डा अघि छ देशमा ,फटाहा सधै वाहवाह छ देशमा तर राम्रो मान्छे सधै पछि र कम्जोर छ । ,राष्टियता बाहिरा देखाउने तर भित्र देशलाइ छुरा हान्ने प्रचलन बढेको छ । पुर्खाहरुले भोकै बसेर पनि नझुकाएको स्वाभिमान आज झुक्दै गएको छ । रा ष्टियताको खोल ओडेर देश लुट्ने र गेरु बस्त्र लगाएर बलात्कार गर्ने नक्कली साधुहरु जस्तै धेरै छौं हामिहरु ।
देशको नीति,कानुन र योजना सबै जातजाति ,क्षेत्र लिंग र बर्गको लागि समान तथा कम्जोरलाइ अझै माथि उठाउन प्रेरित गर्ने खालको हुनुपर्छ । नेतृत्व साँचो हो जसले ठुला ठुला चिज खोल्न र बन्द गर्न सक्छ ।राष्टिय हित र अहितबारे सबै नीति स्पस्ट हुनुपर्छ ,लागुहुनुपर्छ माथि देखि तलसम्म ।
हामी भ्याट ,कर तिर्दैनौ । हामी ढुंगा र इट्टा चोर्छौँ । सकभर देश लुट्न खोज्छौं । पायल चप्पल पड्काउदा ,नेपालमा बनेको हात्ती छाप पड्काउदा जति राष्टियता छ त्यति राष्टिया एडिडास र क्याटमा छैन भन्ने ज्ञान हामिमा हुनुपर्छ ।नेपालीले नेपालमा बनेको भाद गाउले टोपी र महिलाले पाल्पाली ढाकाको गुन्यु चोली लगाउदा जति राष्टियता झल्किन्छ त्यति राष्टियता अरुमा झल्किन्न ।
झण्डा ओड्नु नेपाली भाषा बोल्नु मात्र नेपाली राष्ट्रियता होइन | देश उठ्न नागरिक उठ्नु पर्छ । देश दौडिन नागरिक जागरुक हुनुपर्छ । अनि बल्ल पो देश बन्छ । अनि बल्ल पेा देश देखेर छाति फुलाउन पाउछौ ।
आफुले जे सहयोग गर्न सकिन्छ त्यो गर्ने हो । ,सानाले साना इट्टा र ठुलाले ठुला ढुंगा उठाउने हो भने एउटा नया निर्माण बन्ने छ । घर बन्ने छ,गाउँ बन्ने छ देश बन्ने छ । पुर्खाहरु मरेर पनि बाचे ,हामी ज्युदा भएर पनि मरेतुल्य छौं । उनिहरु रोएर पनि देश हसाए । तर देश रुदा पनि हामी हासि रह्यौं । बिदेशिले दुई दिन एक पोका चाउचाउ दिए भन्दैमा त्यहि देखाएर लासमाथि मुस्कान छर्ने हाम्रो राष्टियताले पुर्खाको स्वाभिमान माथि धावा बोलेको छ ।