Advertisement
SKIP THIS

तमु धीं ख्याङ्साङ्नाम्दो बुसान शाखाको प्रथम अधिवेशन सम्पन्न : अध्यक्षमा अनिस गुरुङ चयन


ख्याङ्साङ्नाम्दो बुसान क्षेत्रका गुरुङ समुदायलाई समेटेर तमु धीं दक्षिण कोरियाले ख्याङसाङनाम्दो बुसान शाखा गठन गरेको छ । किम्हेमा आइतबार भएको प्रथम अधिवेशनबाट अनिस गुरुङको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति गठन भएको छ ।
संस्थाका केन्द्रिय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष एक गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रममा ख्याङ्साङ्नाम्दो बुसानका समाजसेवी गोपाल गुरुङ, संस्थाका थेगु शाखाका सचिव बिल गुरुङ, केन्द्रिय कार्यसमितिका वरिष्ठ सल्लाहकार तथा कार्यक्रमका प्रमुख अतिथि गुप्त गुरुङ लगायतले तमु (गुरुङ) एकतासँगै हरेक क्षेत्रमा अझै निरन्तर अघि बढ्नुपर्ने खाँचो औंल्याउँदै अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
अधिवेशन उद्घाटन सत्र र बन्द सत्र गरि दुई चरणमा भएको थियो । पहिलो चरणमा केन्द्रिय कार्यसमिति सउलका अध्यक्ष जीत गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो । केन्द्रिय वरिष्ठ सल्लाहकार गुप्त गुरुङको प्रमुख आतिथी र अतिथिहरु केन्द्रिय सल्लाहकारहरु सुरज गुरुङ, अमृत गुरुङ, प्रितम गुरुङ, बिल गुरुङ तथा गोपाल गुरुङ रहेका थिए । कार्यक्रममा बुसान (किम्हे र गजेदो आसपासका तमु बुद्धिजीवी, अग्रज तथा सक्रिय महानुभावहरुको बाक्लो उपस्थिति रहेको थियो । दुवै सत्रको कार्यक्रम केन्द्रिय महासचिव लेसन गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।
बन्द सत्रका लागि निर्वाचन मण्डलमा संस्थाका केन्द्रिय अध्यक्ष जीत गुरुङ संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो । यस अघि तमु धींको पहिलो शाखा गत २९ अप्रिलमा थेगुमा गठन भएको थियो ।
ख्याङ्साङ्नाम्दो बुसान क्षेत्रको प्रथम अधिवेशनलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न कार्यक्रममा उपस्थित समस्त तमु (गुरुङ) दाजुभाइ, दिदीबहिनीहरुलाई तमु धीं दक्षिण कोरिया केन्द्रिय कार्यसमिति सउल र नवगठित ख्याङ्साङ्नाम्दो बुसान शाखाले संयुक्त रुपमा धन्यवाद र आभार व्यक्त गरेको छ ।
ख्याङ्साङ्नाम्दो बुसान शाखाको प्रथम अधिवेशनबाट उपाध्यक्षमा जिना गुरुङ, फिलिप गुरुङ सचिवमा बिरु गुरुङ, सहसचिव जीवन गुरुङ, कोषाध्यक्ष बिक्रम गुरुङ, सहकोषाध्यक्षमा दीपक गुरुङ चयन भएका छन् । सदस्यहरुमा हेमन्त गुरुङ, प्रवेश गुरुङ, मेघराज गुरुङ, सुनिता गुरुङ, प्रिती गुरुङ, बुद्धि गुरङ, कर्ण गुरङ, दिल गुरङ र बल बहादुर गुरङ रहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा ३१ औं विश्व आदिवासी दिवस तथा नेपाल महोत्सव मनाइने
  • ‘अञ्जिला’ प्रदर्शनबाट चुम्लुङ कोरियाद्वारा अञ्जिला तुम्बापोलाई १६ लाख रुपैयाँ हस्तान्तरण
  • माङ्गेन्ना इन्टरटेनमेन्ट र बहुसाँस्कृतिक आप्रवासी सहायता केन्द्रबीच सम्झौता
  • ‘अगस्ट २ साँझ ‘समर रक पार्टीले ‘ झुमाउने भो कोरिया
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...