दक्षिण काेरियामा रहेका नेपालीकाे दशै


दशै नेपालीका लागि ठूलो चाड । देशमा हुनेले त आफन्त, मान्यजन र साथीभाइसँग भेटे । आर्शिबाद लिए । रमाइलो गरे । विदेशमा भएका नेपालीका बाध्यता आफ्नै छन् । भनेको बेला छुट्टि मिल्दैन आफ्नो छुट्टि भएको बेला साथीभाइको हुँदैन । रमाइलो गरौ भन्दा भन्दै यस्ता चाडवाड सकिन्छन् । मनमा गाउँघर र आफन्तबाट टाढिनुको पीडा त हुन्छ नै तै पनि कसरी रमाइलो गर्छन् त विदेशमा भएका नेपालीहरु चाडबाडको बेला ? हामीले दक्षिण कोरियामा रहेका केही नेपालीहरुको दशै कसरी बित्यो भनेर कुराकानी गरेका छौ ।

तारा नारायण राजभण्डारी
परदेशमा भए पनि घटस्थापना कै दिन जौ,मकैको जमरा बिधि अनुसार नै राखियो । फुलपातिमा दाइ दिदी र साथीहरूसँग बेलुका बसेर भोज खाई रमाईलो गरियो । अष्ठमीको दिन पनि रमाइलो भो । नारायणी प्यालेसमा साथीभाइ मिलेर नाचगान गरियो ।
दशै टिकाको दिन विहान भगवान दुर्गा माता पुजा गरि रेस्टुरेण्टमा दाइ उत्तर राजभण्डारीको हातबाट म मेरी श्रीमती निर्मला र नेपालबाट दशैको बिदामा यता आएका भतिज उत्सभ राजभण्डारी मिलेर टीका ग्रहण गरियो । साथै काम छोडेर सेल्टरमा बसेका भाइहरू र बाहिरबाट आउनु भएको गेस्टहरू गरि लगभग २५ जना लाई मैले नै टिका लगाइ दिएँ । मलाई पनि परिवार संगै दशै मनाएको अनुभव भयो । बिदेशमा भए पनि हाम्रो नेवारी परम्परा अनुसार भोज र सेल रोटी खायौ ।


गोपाल भन्डारी
गाउँ घरमा भएको भए छुट्टै रमाइलो हुन्थ्यो । पीङ हालिन्थ्यो । साथीभाइ देश विदेशबाट आउने हुँदा भेटघाट हुन्थ्यो । अलि अलि तास पनि खेलिन्थ्यो । चार बर्ष भो बिदेश लागेको । अब चाहि दशै जस्ता चाड सम्झनामा मात्र छन् । यसपाली अरु दिन काम नहुने कम्पनीमा दशैको बेला नै पुरै नाइट ट्युटी गर्नु पर्यो । काम नगरौ कति पछि काम चलेको कम्पनीमा, गरौ हाम्रो चाडबाड । आइतबार सम्मै नाइट ड्युटीको काम गरियो । त्यसै बित्यो यो बर्षको दशै । अब राम्रोसँग चाडबाड मनाउने भनेको देशमै गएर होला ।


सुमन केसी
चाडबाडको बेला घरपरिवार, आफन्त, इष्टमित्रको याद आउने नै भयो । कोरियामा साथीहरु छन् । परिवारको यादलाई भुलाउन पनि साथीभाइसँग घुम्नै पर्यो । यो दशैमा पोछनस्थित नेपाली रेष्टुरेण्टमा दशै नाइट डिजे पार्टी थियो । सबै साथीभाई जम्मा भई त्यही दशैको टिका लगायौ । रमाइलो भो ।
टिकाको दिन भिडियो कलबाटै बुवा आमासँग कुराकानी भो । भिडियो कलबाटै टिका र आशिर्वाद थापेँ । परिवार सम्झेर भाबुक पनि भएँ । गाउँघरको याद खुब आयो । साथीभाइ पनि सम्झिएँ । यस्तै हो विदेश भनेर आफैले आफैलाई सम्झाएँ ।

जनक कुँवर
विदेशको दशैको कुरा के गर्नु ? दक्षिण कोरियामा विद्यार्थी भिजामा छु । काम गर्नु पर्यो, पढ्नु पनि पर्यो । व्यस्त छ जिन्दगी । दुःख छ । देशमा दशै नमनाएको पनि सात वर्ष हुनै लाग्यो । सधै विदेश तिरै हुने । यस पटक साथीभाइ मिलेर खसीको मासु मगायौ । घरमै पकायौ खायौ । कलेजका साथीभाइ मिलेर देशै कार्यक्रम गरेर रमाइलो गर्यौं । दाइहरुले टिका लगाइदिए । विदेशमा भए पनि निधार खाली बसेन ।

उषा रानामगर
दशै भन्ने वित्तिक्कै नयाँ लुगा र दक्षिणा सम्झन्छु । सानी हुँदा ठूलाले टिका लगाए पछि दिने दक्षिणाको कम्ता महत्व थिएन् । पैसा थोरै हुन्थ्यो । खुशी धेरै हुन्थ्यो जस्तो लाग्छ । विदेशी आएपछि नेपाली चाडपर्व धेरै याद आउने रहेछ । घरमा सेतो टिका लगाउछौ । अरु नेपालीको घरमा जस्तै परिकार पाक्छन् । घरमा मासुका परिकार बन्छन् । तर मासु बाहिरबाट किनेर ल्याउने चलन छ । कुनै काटमार गरिदैन । कोरियामा आएको दुई बर्ष भयो । दुबै दशै खासै रमाइलो भएन । साथीभाइसँग रमाइलो गरौ भन्दा पनि मिलेन । कम्पनीमै बित्यो दुबै दशै ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...