Advertisement
SKIP THIS

मनोज गजुरेलदेखि रेखा थापासम्म ‘बा-आमा घर’को सहयोग अभियानमा


काठमाडौँ: हाँस्य कलाकार मनोज गजुरेलदेखि नायिका रेखा थापासम्म वेवारिसे बृद्धबृद्धाहरुको लागि निर्माण हुन लागेको ‘बा-आमा घर’को सहयोगमा जुटेका छन। सडकपेटीमा कोहि पनि बेवारिसे भएर मर्न नपरोस भन्ने उधेश्यले समाजसेवी बिनयजंग बस्नेतले आफ्नै जग्गामा निर्माण गर्न लागेका ‘बा-आमा घर’ को लागि सहयोगार्थ हाँस्य व्यंग्यात्मक सांस्कृतिक साँझमा मनोज गजुरेल, नायिका रेखा थापा, गायक इश्वर अमात्य, बुद्धिकृष्ण लामिछाने जस्ता बिश्ष्ट कलाकारहरुको उपस्थिति संगै विभिन्न रोचक प्रस्तुति समेत हुनेछ।
वडादशैंको अवसरमा सुभकामना आदानप्रदान तथा विशिष्ट व्यक्तिको सम्मान सहितको बृहत सांस्कृतिक कार्यक्रम यहि असोज २२ गते साँझ ५ बजे ललितपुरको इमाडोलस्थित इन्द्रेणी फुडल्याण्डमा हुन लागेको हो। समाजसेवी बस्नेतले बेवारिसे लाश तथा बेसहारा बेवारिसेहरुको आफ्नै पहलमा सद्गत तथा व्यवस्थापन गर्दै आएका छन।
चर्चित उद्घोषक नरेश भट्टराईले संचालन गर्ने कार्यक्रमा बाआमा घरको निर्माणार्थ सहयोगको अपिल समेत गरिनेछ । केहि समयअघि मात्रै ‘बा-आमा घर’को शिलान्यास माननीय महिला बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले गर्नुभएको थियो। कार्यक्रममा लागुपदार्थ दुर्व्यसनी सम्बन्धि जनचेतनामुलक डकुमेन्ट्री ‘नदेखिएका आँशु’को प्रोमो समेत सार्वजनिक गरिनेछ।
‘एक सोचले मानिसको जीवन परिवर्तन हुन्छ अब यी बेवारिसेहरुको हामि हुनुपर्छ’ भन्ने मूल नाराका साथमा बस्नेतको अध्यक्षतामा एक्सन फर सोसल चेन्ज संस्थाले बिगत ३ बर्ष देखि काम गर्दै आइरहेको छ। समाजमा बेवारिसेहरुलाई तल्लो स्तरमा तिरस्कार गरेको अवस्थामा टिकाथलीका समाजसेवी बिनयजंग बस्नेत भने अस्पतालमा रहेका बेवारिसे सबहरूलाई घाटमा लागि आफ्नै हातले दागबत्ती दिएर ससम्मान दाहसंस्कार गर्ने गर्दछन्। उनले अहिलेसम्म ११५ बेवारिसे शबलाई आफ्नै हातले दाहसंस्कार गरिसकेका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • सौलमा चलचित्र ‘रिमै’ नोभेम्बर २ मा, फेरी दयाहाङ र रिश्मा एकसाथ पर्दामा
  • एभरेष्ट एफ सीद्वारा आयोजना हुने भनिएको एभरेष्ट कप स्थगित
  • गैर आवासिय नेपाली संघ दक्षिण कोरियाका महासचिव अजय सोडारी बर्खास्त
  • नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको प्रवास संगठनबीच एकिकरण
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...