Advertisement
SKIP THIS

स्याङ्जा परिवारको १०औं केन्द्रिय अधिवेशन सेप्टेम्बर २५ मा हुने 


स्याङ्जा परिवार दक्षिण कोरिया १०औं अधिवेशन यही २५ सेप्टेम्बर २०१८ मा सउलस्थित दुर्गा रेष्टुरेन्टमा हुने भएको छ ।

९औं केन्द्रिय कार्यसमितिको सफलतापूर्वक कार्यकाल पूरा भएर आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई उच्च प्राथमिकता राख्दै १०औं केन्द्रिय अधिवेशन गर्न लागिएको हो । कोरिया स्थित विभिन्न संघ-संस्था, समूह र ग्रुपहरुसँग महत्वपूर्ण सहकार्य र समन्वय गर्दै आईरहेको यस परिवारले सन् २०१६ र २०१७ मा किम्हे/बुसान र थेगु क्षेत्रमा दुईवटा शाखा विस्तार गरिसकेको छ । विशेषत: कोरियामा विभिन्न पेशा, व्यवसायमा आबद्व र ईपियस प्रणाली मार्फत विभिन्न कार्यमा संलग्न स्याङ्जाली दाजुभाई, दिदीबहिनीहरुको हरेक सुख दुःखको साझा चौतारी र सितल छहारी बन्दै बलियो र समुन्नत संस्थाको रुपमा परिचित छ । यस प्रवासी भूमि कोरियामा विरामी, दुःख परेका वा विभिन्न कारणले दिवंगत व्यक्तिहरुको परिवारलाई राहत/सान्तवना स्वरुप सहयोग संकलन अभियान चलाएर सहयोग गर्दै आईरहेको छ ।

आफ्नो गृह जिल्ला स्याङ्जामा स्वास्थ्य क्षेत्र अन्तर्गत दुईवटा एम्बुलेन्स, एक्स रे मेशीन, कम्प्यूटर सेट लगायत अन्य थुप्रै सामाजिक सेवामा यस संस्थाले प्रत्यक्ष टेवा र सहयोग गर्दै आईरहेको छ । यस संस्थाले समाजसेवाको दायरा फराकिलो बनाउँदै विगतका दिनहरुमा नेपालका छिमेकी जिल्लाहरुमा समेत आगलागी र भुकम्प प्रभावित/पीडित ठाउँहरुमा आर्थिक तथा अन्य सहयोग वितरण गरेको थियो/गर्दै आईरहेको छ । यसका साथै सउलको दोङ्देमुन स्थित सेल्टर व्यवस्थापक नरेन्द्र गुरुङको संयोजकत्वमा स्याङ्जा आवास गृह “सेल्टर” विगत ५ वर्ष देखि सञ्चालनमा ल्याएर सेवा दिईरहेको छ । साँस्कृतिक, सामाजिक र नैतिक क्षेत्र, विविध मनोरञ्जनात्मक, साथै खेलकुदको पाटोमा (विशेष गरेर भलिवल), हरेक सुख दुःखमा आफ्नो सक्रियतालाई फराकिलो र उच्च बनाउँदै संस्थागत साख बचाउन अब्बल स्याङ्जा परिवार दक्षिण अब्बल साबित भईसकेको छ ।

कोरियन चाड छुसकमा हुने लामो विदाको अवसर पारेर यस संस्थाको १०औं केन्द्रिय अधिवेशनको सम्पूर्ण तयारी सकिएको छ । यस अधिवेशनलाई सभ्य र भब्य रुपमा सफल बनाउन केन्द्रिय, किम्हे/बुसान शाखा, थेगु शाखाका अध्यक्ष एवं कार्यसमिति, संस्था सम्बद्ध सल्लाहकार ज्युहरु, विभागीय प्रमुख ज्युहरु, खेल संयोजक, टिम क्याप्टेन, सम्पूर्ण खेलाडी, बुद्विजीवी, समस्त स्याङ्जाली सक्रिय व्यक्तित्वहरु र शुभचिन्तकहरुलाई बाक्लो उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।

तपसिल :

मिति : २०१८ सेप्टेटम्बर २५ तारिक मंगलबार ।
समय : बिहान ठीक ११:०० बजे ।
स्थान : दुर्गा रेष्टुरेन्टको दोश्रो तला ।
जाने तरीका : सउल स्थित ट्रेन लाईन नं. ५, यईउदो स्टेशन गेट नं. ३ बाट बाहिर नजिकै ।

सम्पर्क :
धर्म गुरुङ : 01094297321
वाई.बि. राना मगर : 01059407392
पूर्ण गुरुङ : 01058367960
बोम्जन गुरुङ : 01028698505

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा ३१ औं विश्व आदिवासी दिवस तथा नेपाल महोत्सव मनाइने
  • ‘अञ्जिला’ प्रदर्शनबाट चुम्लुङ कोरियाद्वारा अञ्जिला तुम्बापोलाई १६ लाख रुपैयाँ हस्तान्तरण
  • माङ्गेन्ना इन्टरटेनमेन्ट र बहुसाँस्कृतिक आप्रवासी सहायता केन्द्रबीच सम्झौता
  • ‘अगस्ट २ साँझ ‘समर रक पार्टीले ‘ झुमाउने भो कोरिया
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...