‘विद्यार्थीहरुको लागि परिणाममुखी कार्य गर्नेछु’, सोनसिक सभापतीका उम्मेद्वार रमेश परियार 


कोरियामा अध्ययरत नेपाली विद्यार्थीहरुको संगठन, नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) को १५ औॅ साधारण सभा यहि सेप्टेम्बर १ र २ मा तारिखमा हुदै छ । १५ औॅ साधारण सभा नजिकिदै गर्दा कोरियामा अध्ययनरत नेपाली विद्यार्थी, बुद्धिजीवी तथा सम्पूर्ण नेपालीहरुबिच अबको नेतृत्व कस्तो हुने भन्ने बारे चर्चा चल्दै गरेको छ । यहि सेरोफेरोमा सोनसिकको १५ औॅ साधारण सभामा सभापतिको उम्मेद्वारको रुपमा चर्चामा रहेका छन् रामेश परियार । विभिन्न लेख रचनाको माध्यमबाट आफ्नो स्वतन्त्र विचार राख्दै आएका, परियार बिगतमा सोनसिक समितिको विभिन्न तहमा रहेर काम गरिसकेका छन् । वोनखोङ्ग विश्वविद्यालयमा पि.एच. डि. अध्ययनरत रमेश परियारले यसपटकको सोनसिकको सभापतिका लागि औपचारिक घोषणा नगरे पनि सभापतिका दावेदार उमेदवारको रुपमा देखिएका छन, उनै दावेदार रमेश परियारसँग फोनिज कोरियाले गरेको कुराकानी:

सोनसिकको १५ औॅ साधारण सभामा सभापतिको रुपमा तपाईको चर्चा छ उम्मेद्वारी किन अहिले सम्म घोषणा नगर्नु भएको ?

सोनसिकको विधान अनुसार औपचारिक रुपमा उम्मेद्वार घोषणा चुनाव कै दिन हुने हुदा अहिले नै औपचारिक उम्मेद्वारको घोषणा नगरेको हो ।  तर अग्रजहरु र साथीहरु बिचको कुराकानीमा आफु पनि उम्मेद्वार हुने इच्छा राखेर आवश्यक सुझाब, सल्लाह माग्दैछु ।

सभापती मै उम्मेद्वारी दिन लाग्नुको कारण ?

विगतमा लामो समयदेखि सोनसिकका क्रियाकलापहरुमा सक्रिय रहदै आएको छु । सोनसिकको कार्यसमितिमा रहेर अथवा सोनसिक कार्यसमिति भन्दा बाहिर रहेर एक्लै पनि बिद्यार्थिहरुको हितमा आफुले सकेको काम गर्दै आएको छु । यो अन्तरालमा मलाई विद्यार्थीहरुको लागि देखिने गरि परिणाममुलक काम गर्नको लागि टिममा बसेर काम गर्नु पर्छ भन्ने अनुभव भयो । सोनसिक भनेको सबै बौद्धिक मानिसहरुको संगठन भएको र यदि म सभापति भएको खण्डमा सबै सँग सहकार्य गरेर धेरै परिणाममुखी कार्य गर्न सकिन्छ भन्ने विश्वासले मैले मैले उम्मेद्वारी दिन लागेको हो ।

तपाईका चुनाबी एजेन्डाहरु के के रहेका छन् ?

सोनसिक स्थापना हुँदाको परिवेश र अहिलेको परिवेश ज्यादै फरक छ । हामीले अब अहिलेको समय अनुसार सोनसिकका कार्यशैलिहरुलाई परिमार्जन गर्न सकेनौ भने सोनसिकप्रतिको विद्यार्थीहरुको विश्वास गुम्दै जान्छ । जसले गर्दा विद्यार्थीहरु बिचको सहकार्य र एकतामा नकारात्मत असर पर्न सक्छ । तसर्थ हामी विद्यार्थीहरु बिचको एकताको केन्द्रको रुपमा रहेको सोनसिकलाई एक ढिक्का बनाएर समय सापेक्ष सुधार गर्ने र कोरियामा रहेका अबसरहरुको अधिकतम प्रयोग गरेर विद्यार्थीहरुको चौतर्फी विकास कसरी गर्न सकिन्छ भन्ने कुरालाई केन्द्रमा राखेर मैले आफ्नो एजेन्डाहरु प्रष्ट रुपमा बनाएको छु । ति सबै एजेन्डाहरु म आगामी साधारण सभामा प्रस्तुत गर्ने छु ।

तपाईलाई आफु विजय हुन्छु भन्ने आधारहरु के के हुन. त ?

आधार नै नभई त कोहि उम्मेद्वार बन्दैन, म विजय हुन्छु भन्दा पनि सबै जनाले मलाई विजय गराउनु हुनेछ भन्ने कुरामा म विश्वास्त छु र यस्तो बिश्वास हुनुको आधार भनेको नै मेरो अहिलेसम्मको सोनसिक प्रतिको लगाव र काम, मैले उठाएका मुद्दाहरु, मेरो नैतिकता र ईमान्दारिता नै हो। म आफु सोनसिकमा हुदॉ र नहुदॉ पनि आफुले सक्ने कार्यहरु निस्वार्थ भावले गर्दै आएको छु। मैले उठाएका एजेन्डाहरु सम्पूर्ण कोरियामा रहेका नेपाली विद्यार्थीहरुको एजेन्डा भएकोले र सोनसिक बौद्धिक मानिसहरुको संगठन भएकोले हाम्रोलाई भन्दा पनि राम्रोलाई विजय गराउनु हुनेछ भन्ने कुरामा म ढुक्क छु ।

चुनाव नजिकिदै गर्दा चुनाबको तयारी कस्तो गर्दै हुनुहुन्छ ?

चुनावको प्रचारप्रसार भन्दा पनि आफुले उठाएका एजेन्डाहरु सम्पूर्ण विद्यार्थीहरुसम्म पुर्याउनु पर्छ भन्ने मेरो मान्यता छ । विद्यार्थीहरु रचनात्मक हुनुपर्छ भन्ने धारणाले पुरानो शैली भन्दा पनि नयाँ तरिकाले आफ्ना कुराहरु सबै सामु पुरेयाउने सोचले सामाजिक संजाल मार्फत लिखित तथा भिडियो संदेशहरु सकेसम्म सबै सामु पुराउने कोसिस गरेको छु । आशा छ तपाइको यो अन्तरबार्ताको माध्यमबाट पनि धेरै सामु मेरो कुराहरु पुग्ने छ । विद्यार्थीहरुले भड्किलो प्रचारप्रसार गर्नु भन्दा पनि आफ्नो एजेन्डा मजबुत बनाउनु पर्छ भन्ने मलाई लाग्दछ। सबैलाई भेटेर आफ्नो कुरा राख्दा राम्रो हुने भए पनि कोरियामा विद्यार्थीलाई यो त्यति सहज नहुने हुदा मैले सामाजिक संजालको प्रयोग गरेको छु । सम्पूर्ण बौद्धिक साथिहरुले यसलाई सहज रुपमै लिनु भएको छ भन्ने प्रतिक्रिया पनि पाएको छु ।

अन्तमा केहिँ भन्न चाहनु हुन्छ ?

कोरियामा अध्ययनरत सम्पूर्ण विद्यार्थी साथीहरु र अग्राजहरुलाई साधारण सभामा उपस्थिति जनाइदिन हुन हार्दिक अनुरोध गर्दछु । सोनसिकलाई सबै विद्यार्थीहरुको साझा थलो बनाएर यस संस्थाको गरिमालाई अझैँ माथि पुराउन सबै मिलेर जानुको विकल्प नभएको हुदा हामी सबै मिलेर हातेमालो र सहकार्य गर्दै अघि बढौं भन्न चाहन्छु । सोनसिकलाई नयाँ धारले अघि बढाउन र मेरा एजेन्डाहरु मन परेमा सुझाब, सल्लाह र भोट गरेर सहयोग गर्दिनु होला भनेर पनि सबैलाई बिनम्र अनुरोध गर्दछु ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...