Advertisement
SKIP THIS

फ्री भिसा फ्री टिकट असार २१ देखि


फोनिज कोरिया संवाददाता

काठमाडौ- श्रम तथा रोजगार मन्त्रालयले मलेसिया र खाडी मुलुकको लागि ‘फ्री भिसा र टिकट’ को निर्णय असार २१ देखि लागू गर्ने भएको छ । मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले सोही दिनदेखि फ्री भिसा र टिकट उल्लेख भएका मागपत्रलाई मात्र पूर्वस्वीकृत दिनेछ । सोही स्वीकृतिका आधारमा म्यानपावर व्यवसायीले कामदार भर्ना गरी विभागबाट अन्तिम स्वीकृत लिएर नि:शुल्क रूपमा पठाउनु पर्नेछ ।

कानुन मन्त्रालयले राजपत्रमा सूचना निकाल्न नपर्ने भनेपछि श्रम मन्त्रालयले सूचना निकालेर असार २१ देखि निर्णय लागू गर्ने भएको श्रम राज्यमन्त्री टेकबहादुर गुरुङका कानुनी सल्लाहकार केशवराज जोशीले बताए । श्रम राज्यमन्त्री स्तरीय जेठ २६ गतेको निर्णयअनुसार मलेसिया र खाडीका कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमन र कुवेत जाने कामदारलाई भिसा र दुई–दुई हवाई टिकट नि:शुल्क हुने निर्णय गरेको थियो ।

‘फ्री भिसा, फ्री टिकट’ को व्यवस्थाअनुसार कामदारलाई आतेजाते हवाई टिकट र भिसाबापत् लाग्ने खर्च रोजगारदाता कम्पनीले व्योहोर्नुपर्छ, कसैले पनि कामदारसँग त्यसको खर्च उठाउन पाउँदैन । निर्णय लागू भएपछि श्रम मन्त्रालयले ०६० वैशाख २४ गते मलेसियालाई ८० हजार, खाडीका मुलुकलाई ७० हजार रुपैयाँ लागत शुल्क खारेज हुनेछ । कतारमा नि:शुल्क टिकट र हवाई शुल्क कानुनमै उल्लेख भएपछि ०६२ देखि सरकारले कतारलाई २० हजार रुपैयाँ लागत शुल्क तोकेको थियो ।

नयाँ व्यवस्थाअनुसार रोजगारीमा जाने कामदारले बिमा, स्वास्थ्य परीक्षण, अभिमुखीकरण तालिम, कल्याणकारी कोषको रकम भने आफैं तिर्नुपर्नेछ । यसका लागि करिब ८ हजार रुपैयाँ खर्च हुन्छ । निर्णयमा रोजगारदाता कम्पनीले म्यानपावर कम्पनीलाई कमिसन शुल्क नदिएको प्रमाणित भए कामदारसँग १० हजार रुपैयाँ सेवा शुल्क भनेर लिन सक्ने र त्यसको रसिद दिनुपर्ने भनिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...